७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कटहरिया नगरपालिकाले हटायो ६४ करार कर्मचारी

रौतहटको कटहरिया नगरपालिकाले ६४ करार कर्मचारीलाई हटाएको छ। कटहरिया नगरपालिकाले दैनिक ज्यालादारीमा भनेर सेवामा राखेका ६४ कर्मचारीलाई आवश्यकता नभएको भनी प्रमुख स्तरीय निर्णय गरेर हटाएको हो। 

कर्मचारीलाई कहिलेदेखि नगरपालिकाले कामकाजमा खटाएको हो भन्ने नखुलाए पनि मंसिर १४ को प्रमुख स्तरीय निर्णयले ६४ जना दैनिक ज्यालादारी सेवामा कामकाज गराइरहेको कर्मचारीको आवश्यकता नरहेको हुँदा हटाइएको बताइएको छ। 

कार्यालय प्रमुखले मंसिर १८ देखि निजहरुको आवश्यकता नरहेको हुँदा कामकाजमा नलगाइने निर्णय भएको जानकारी गराएका छन्। नगरपालिकाले कामकाजमा नराख्ने भएपछि ६४ कर्मचारी निराश भएका छन्। कतिपय कर्मचारीले चुनावको समयमा भोट पाउनको लागि राखेको तर चुनाव सकिएपछि हटाएको भन्दै आक्रोश पोखेका छन्।

कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालका पिता ओमप्रकाश जयसवाल प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेका थिए। नगर प्रमुखका पिता चुनावमा प्रभु साहसित पराजित भएपछि करारका कर्मचारीमाथि रिस पोख्दै हटाएको गुनासो हटाइएका कर्मचारीहरूको रहेको छ। 

प्रकाशित: २० मंसिर २०७९ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App