२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्लाहीमा साढे ५७ हजार मत बदर

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी सर्लाहीमा ५७ हजार भन्दा बढी मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीमा ५७ हजार ५७७ मत बदर भएको हाे। 

प्रत्यक्षतर्फ सर्लाहीको क्षेत्र नम्बर १ मा ७५ हजार ४९३ मत खसेको मध्ये चार हजार ११९, क्षेत्र नम्बर २ मा ७४ हजार ४१९ मत खसेको मध्ये तीन हजार ९५०, क्षेत्र नम्बर ३ मा ८० हजार ५६५ मत खसेको मध्ये तीन हजार ३६६ र क्षेत्र नम्बर ४ मा ७२ हजार ८५५ मत खसेको मध्ये तीन हजार ५७२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

यसै गरी प्रतिनिधि सभाको समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा ७५ हजार ४१७ मत खसेको मध्ये तीन हजार ५५४, क्षेत्र नम्बर २ मा ७४ हजार ३७६ मत खसेको मध्ये तीन हजार ९७, क्षेत्र नम्बर ३ मा ८० हजार ९३२ मत खसेको मध्ये तीन हजार ३९४ र क्षेत्र नम्बर ४ मा ७२ हजार ९३७ मत खसेको मध्ये दुई हजार ५८९ मत बदर भएको छ।

यसै गरी प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ (क) मा ३७ हजार ४३८ मत खसेको मध्ये एक हजार ६६३, १ (ख) मा ३७ हजार ९७२ मत खसेको मध्ये एक हजार २५४, क्षेत्र नम्बर २ (क) मा ३४ हजार ९१४ मत खसेको मध्ये एक हजार ३९२ र २ (ख) मा ३९ हजार २०० मत खसेको मध्ये एक हजार ४२३ मत बदर भएको सर्लाहीका जिल्ला निर्वाचन अधिकारी निर्मल पोख्रेलले जानकारी दिएका छन्।

यसै गरी क्षेत्र नम्बर ३ (क) मा ४४ हजार १६९ मत खसेको मध्ये एक हजार ३९४, ३ (ख) मा ३६ हजार २१३ मत खसेको मध्ये ९६१, क्षेत्र नम्बर ४ (क) मा ३८ हजार ८५७ मत खसेको मध्ये एक हजार २९५ र ४ (ख) मा ३४ हजार ४५ मत खसेको मध्ये एक हजार १३३ मत बदर भएको छ।

प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा ७५ हजार १५७ मत खसेको मध्ये पाँच हजार २६२, क्षेत्र नम्बर २ मा ७४ हजार ४१५ मत खसेको मध्ये चार हजार ७१४, क्षेत्र नं ३ मा ८० हजार ८६३ मत खसेको मध्ये चार हजार ९०७ र क्षेत्र नम्बर ४ मा ७३ हजार २०७ मत खसेको मध्ये चार हजार ५३८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदाता शिक्षा प्रभावकारी हुन नसक्नु तथा मतपेटिकाको सङ्ख्या चार ओटा हुनुले बदर मतको परिमाण अधिक हुन पुगेको स्थानीयको बुझाइ रहेको छ।

प्रकाशित: १५ मंसिर २०७९ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App