१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मतदातालाई धन्यवाद दिन गाउँ अभियानमा हिँडे सांसद शाही

प्रतिनिधिसभा सदस्य एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटका मतदातालाई धन्यवाद दिन गाउँ अभियानमा हिँडेका छन्।

२०७० सालको दोस्रो संविधानसभादेखि निरन्तर चुनाव जित्दै आएका शाही यसपटक पनि प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका हुन्। विजयी बनेसँगै उनी धन्यवाद दिन गाउँ गएका हुन्। 

अभियानको सुरुवातमा उनले आफूले निर्वाचनमा गरेका वाचाहरु पूरा गर्ने प्रतिबद्धतासहित मतदातालाई धन्यवाद दिने अभियान थालेका छन्।  

 शाहीले मुम्रादेखि रास्कोट, पचालझरना, पलाँता हुँदै जिल्लाका ९ वटै पालिकामा पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका कालिकोटले जनाएको छ। अहिले गठबन्धनबाट जितेका प्रदेश सांसद पनि  धन्यवाद दिन गाउँ पुगेका छन्।

प्रकाशित: १५ मंसिर २०७९ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App