२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाजुरामा साढे ३ बजेबाट मतगणना हुने

बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने भएको छ। राजनीतिक दल, मुख्य निर्वाचन अधिकृत र निर्वाचन सुरक्षा समिति सहीतको सर्वपक्षिय बैठकले दिउँसो ३: ३० बजे बाट गणना सुरु गर्ने निर्णय गरेको छ। कब्जा गरिएका बुथमा पुन: मतदानको माग गर्दै नेपाली काँग्रेस र नेकपा एमालेले उजुरी दिएपछि गणना कार्य रोकिएको थियो।

बुथको अवस्था र धाँधली बारे अध्ययन गर्न आएको निर्वाचन आयोगको टोलीले बुझाएको प्रतिवेदनका आधारमा आयोगले पुन मतदान नहुने निर्णय सुनाएको थियो। पुन: मतदान नहुने भएपछि तत्काल मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

मतगणना गर्न आयोगको निर्देशन पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षिय र सर्वदलिय बैठक बोलाएको थियो। स्थानीय प्रहरी प्रशासनसँग भएका सहमति कार्यान्वन नभएको भन्दै नेकपा एमालेले सुरुका दुई बैठक बहिष्कार गरेको थियो। बिहिबार दिउँसो ११ बजे बसेको बैठकबाट मतगणना सुरु गर्ने सहमति भएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताए।

मतगणना नेकपा एमालेले १६ र नेपाली काँग्रेसले ८ वटा केन्द्रमा धाँधली सहीत बुथ कब्जा भएकोले पुन: गणनाको माग सहीत रोकिएको थियो। आयोगले मतगणना रोकिएका दोलखा बाहेक स्याङ्जा र बाजुरामा पुन मतदान नगर्ने निर्णय गरेपछि दलहरु गणनामा सहमत भएका हुन्।

नेपाली काँग्रेसले पत्रकार सम्मेलन गरेर आयोगको निर्णय स्वीकार्ने बताउँदै आएको थियो। भने नेकपा एमालेले प्रहरी प्रशासनसँगकै मिलोमतोमा मान्छेको हत्या समेत गर्ने गरि कब्जा गरिएका बुथमा पुन: मतदान हुनु पर्ने अडान राख्दै आएको थियो।

सर्वदलिय बैठकबाट मत गणना सुरु गर्ने सबै दलका नेताहरुले सामुहिक सहमति जनाएर हस्ताक्षर गरेका छन्। मतगणना सुरुमा प्रतिनिधि सभाबाट सुरु गर्ने र संभव भए प्रदेश सभाको पनि गणना सँगै गर्ने सहमति भएको छ।

मत गणना स्थलमा उम्मेदवारको तर्फबाट एक एक जना प्रतिनिधि मात्रै पठाउने, मत प्रतिनिधि सभाको गणना गर्दा फरक निर्वाचन क्षेत्र र प्रदेश सभाको गणना गर्दा फरक पालिकाको वडाको मत एकै ठाउँमा राखेर गणना गर्ने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयमा गणना स्थल राखिएको छ।

निर्वाचन कार्यालयले छिटो गणना गर्ने गरि प्रबन्ध मिलाउने बताएको छ। बाजुरा ८३ हजार ५ सय ६७ मतदाता मध्ये ६० हजार १ सय ५२ मत खसेको छ। जसमा प्रदेश (क) मा २० हजार ९ सय ९४ र प्रदेश (ख) मा ३९ हजार १ सय ५८ मत खसेको अवस्था छ।

यता पुन: मतदान बाहेक एमालेले अघि सारेका मागको पनि प्याकेजमै संवोधन हुने सहमति गरिएको छ। मंसिर ४ गते भएको संघ र प्रदेश सभाको निर्वाचनमा बाजुरामा २ जना युवाले ज्यान गुमाएका छन्। भने दर्जन बढी घाइते भएका छन्। सन्जीव अयडीको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको छ। भने चेतन अयडीको स्थानीय काँग्रेस कार्यकर्ताले कुटीकुटी हत्या भएकाृृे अवस्था छ।

प्रकाशित: १५ मंसिर २०७९ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App