४ वैशाख २०८१ मंगलबार
राजनीति

समानुपातीकतर्फ कालिकोटमा माओवादी पहिलो

कालिकोटमा समानुपातिक तर्फको मतमा पनि नेकपा माओवादी केन्द्र पहिलो बनेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको मतमा माओवादी पहिलो देखिएको हो।  

स्थानीय निर्वाचनको मतभारले पनि माओवादी पहिलो थियो। प्रतिनिधि सभा र प्रदेशसभामा पनि माओवादी केन्द्रले आफ्ने दबदबा कायम राखेको छ। स्थानीय निर्वाचनमा दोस्रो मत ल्याएको नेपाली कांग्रेस भने यो चुनावमा तेस्रोमा झरेको छ।

नेपाली कांग्रेसलाई नेकपा एमालेले उछिनेको छ। पहिलो हुने माओवादी केन्द्रले सानुपातिकतर्फ १४ हजार २ सय २९ मत पाएको छ भने नेकपा एमालेको १२ हजार ५ सय ६४ मत छ। नेपाली कांग्रेसको भने १० हजार ५ सय ८५ मत मात्र आएको छ।  

स्थानीय निर्वाचनमा कांग्रेस एमालेको ६ सय बढी मत अगाडि थियो। नेपाली कांग्रेसको १२ हजार ९ सय र एमालेको १२ हजार ६ सस मत रहेको थियो। यसपालि भने नेकपा एमालेको मत बढेको छ। समानुपातिकमा एमालेवाट फुटेको नेकपा एकीकृत समाजवादीको मत भने निकै घटेको छ। स्थानीय चुनावमा ५ हजार मत ल्याएको समाजवादीले यसपालि भने २ हजार ५३ मत मात्र पाएको छ। रवि लामिछानेको स्वतन्त्र पार्टीले ६ सय १ मत प्राप्त गरेको छ।  

प्रदेशसभातर्फ पनि माओवादी पहिलो, नेकपा एमाले दोस्रो र नेपाली कांग्रेस तेस्रो भएका छन्। प्रदेशसभामा नेकपा माओवादी केन्द्रको १५ हजार २सय ५१, नेकपा एमालेको १२ हजार ३ सय ३९ र कांग्रेसको ९ हजार २० मत रहेको छ। यस्तै नेकपा एसले २ हजार १ सय २१ मत प्राप्त गरेका छन्।

प्रकाशित: १३ मंसिर २०७९ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App