६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ललितपुर–१ बाट कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा विजयी

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा विजयी भएका छन्। 

गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले ३ हजार २ सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले १ हजार ६ सय ४१ मत प्राप्त गरे।

प्रकाशित: ७ मंसिर २०७९ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App