बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा कांग्रेसका दिल्लीराम सुवेदी विजयी भएका छन्।
सुवेदीले एमाले उम्मेदवार नवराज पौडेललाई ६०६७ मतान्तरले पराजित गरेका हुन्। सुवेदीले १३ हजार ३२० मत ल्याउदा पौडेलले ७ हजार २५३ मत पाएका छन्।
बागलुङका पूर्व जिल्ला सचीव पौडेल स्थानीय निर्वाचनपछि एमाले प्रवेश गरि उम्मेदवार बनेका थिए।
प्रकाशित: ६ मंसिर २०७९ १६:१६ मंगलबार