७ वैशाख २०८१ शुक्रबार
राजनीति

दार्चुलामा निर्वाचनको तयारी पूरा,एक हजार छ सय ५५ कर्मचारी र २ हजार सुरक्षाकर्मी परिचालन

दार्चुलामा  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत आइतबार हुने मतदानको सम्पुर्ण  तयारी पूरा भएको छ। निर्वाचनका लागि दार्चुलाका सबै मतदानस्थल तथा केन्द्रहरुमा बुथ निर्माण  समेत गरिएका छन्।  

निर्वाचनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र स्वयंसेवक मिलेर मतदान केन्द्रमा बुथ निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताएका  छन्।  मतदान गर्न जाने र फर्कने बाटो अलग–अलग हुने गरेर बुथ निर्माणको काम गरिएको छ।

९ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार पाँच सय ४३ र महिला ४३ हजार छ सय ११ गरी कुल ८९ हजार एक सय ५४ मतदाता रहेका छन्। जिल्लाभरी एक सय १२ मतदान स्थल एक सय ४१ मतदानकेन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र रहेका छन्। व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलंगामै हुने भएको छ।  

जिल्लाभरी १४३ मतदान केन्द्रमा निर्वाचन गर्नका लागि मतदान अधिकृत एक सय ४३, सहायक मतदान अधिकृत १४३, सहायक कर्मचारी ६९९, कार्यालय सहयोगी १४३ गरी जम्मा एक हजार एक सय २८ कर्मचारी र स्वयमसेबक पाँच सय २७ गरी कुल एक हजार छ सय ५५ जना खटाइएको छ।

मतदानका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। जिल्लाभरी पांच सय २८ नेपाल प्रहरी, आठ २७ म्यादी प्रहरी,तीन सय ५० सशस्त्र प्रहरी  र तीन सय  नेपाली सेना   सहित दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ,उनले भने, मतदान सम्पन्न भएपश्चात आइतबार बेलुकी नै मतपेटिका सदरमुकाम खलंगा ढुवानी गर्ने तयारी छ।  

गाडी पुग्ने ठाउँमा मतपेटिका ढुवानीको लागि बसको व्यवस्था गरिएको र यातायातको पहुँच नभएको ठाउँबाट सडकमार्गसम्म मानिसले बोकेर मतपेटिका संकलन गर्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिएका छन्। मतपेटिका संकलन भइसकेपछि मतगणना कार्य जिल्ला सदरमुकाम खलंगा स्थित महेन्द्र नमुना माबिमा हुने जनाइएको छ।

प्रकाशित: ३ मंसिर २०७९ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App