नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित पार्टी कार्यालयमा जारी छ। पूर्वराष्ट्रपति विद्या भण्डारी वरिष्ठ नेताका रूपमा पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी भएकी छन्।
केन्द्रीय कमिटीले स्थायी कमिटीमा पदाधिकारीसहित थप सात जना मनोनीत गरेपछि बैठक बोलाइएको हो। बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आगामी गतिविधिबारे छलफल भइरहेको छ।
तस्बिर : द्वारिका काफ्ले/नागरिक










प्रकाशित: २२ आश्विन २०८३ १३:३८ बिहीबार





