आइतबार भाद्रपद शुक्ल द्वितीयाबाट इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राको सम्पूर्ण साइत सार्वजनिक गरेअनुसार आज वनयात्रा र रुख कटानको साइत परेको छ।
यससँगै इन्द्रध्वजाको लिङ्गोका लागि रुख काट्न वन प्रस्थान गर्ने साइत आइतबार बिहान ९ः५३ बजे र रुख काट्ने शुभ साइत राति ८ः४७ बजे रहेको छ। सोहिअनुसार रुख काट्नको लागि त्यसतर्फ प्रस्थान गरेका छन्।
इन्द्रजात्राको लिङ्गोका लागि भक्तपुरको चित्तपोलस्थित वनबाट रुख काट्ने प्राचीन परम्परा रहिआएको छ। रुख काटेर तयार पारिएको लिङ्गोलाई असोज ३ गते शनिबार बिहान ८ः०५ बजे नगर प्रवेश गराउने साइत तय गरिएको छ।
त्यसपछि असोज ७ गते बुधबार बिहान ७ः४७ बजे हनुमानढोकामा विधिवत् रूपमा इन्द्रध्वजोत्थान गरिनेछ।







प्रकाशित: २८ भाद्र २०८३ १२:५१ आइतबार





