१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
फोटो फिचर

सडक छेउमा लामबद्ध खाली सिलिन्डर (तस्बिरहरू)

काठमाडौंको अनामनगरस्थित नेपाल ग्यासको डिलरमा सडक किनारमा लामबद्ध खाली सिलिन्डरहरू राखिएका छन्।

ग्यासको अभाव भएपछि सडकमै खाली सिलिन्डर साङ्लोले बाँधेर राखिएको हो।

सरकारले ग्यास अभाव नभएको बताए पनि काठमाडौंबासीले लामो समयदेखि ग्यासको अभाव झेल्दै आएका छन्।

चाडबाडको मुखमा भरी सिलिन्डर पाउने आसमा सर्वसाधारण सडकमै सिलिन्डर राख्न बाध्य छन्। उनीहरू समय समयमा रित्तो सिलिन्डर हेर्न जाने गरेका छन्।

पहिरोका कारण मुग्लिङ–काठमाडौं सडक बन्द भएपछि ग्यासको समस्या अझै बढ्ने संकेत देखिएको छ।

प्रकाशित: १८ भाद्र २०८३ १२:२१ बिहीबार