नेपाली कांग्रेसको १५औं महाधिवेशनको चौथो दिन बुधबार पनि जारी छ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार मनोनयन दर्ता भएसँगै आज राष्ट्रिय सभागृह आसपासका क्षेत्रमा चुनावी प्रचारप्रसार तीव्र गतिमा भइरहेको छ।
उम्मेदवारहरुले पम्प्लेट, कार्ड र कागजी प्रचार तथा विभिन्न तरिकाले मत मागिरहेका छन्।
आज हुने बन्दसत्रबाट प्रतिवेदनहरु पारित गर्ने र निर्वाचन प्रक्रियाको बाँकी काम अघि बढाइँदैछ। मतदान भने बिहीबार हुने कार्यतालिका रहेको छ।









.png)
प्रकाशित: २१ आश्विन २०८३ १५:१६ बुधबार





