१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
फोटो फिचर

सडकमा धानसँगको दैनिकी

वर्षाको डरले धान भित्र्याउन किसानलाई चटारो

वर्षाको सम्भावना बढेपछि भक्तपुरसहित देशका विभिन्न ग्रामीण क्षेत्रमा किसानलाई पाकेको धान भित्र्याउन चटारो परेको छ । खेतमा पाकेको धान पानीले नष्ट गर्ने डरले किसान बिहानदेखि साँझसम्म बाली काट्ने, सुकाउने र थन्क्याउने काममा व्यस्त देखिएका छन् ।

भक्तपुरका विभिन्न स्थानमा किसान धान काट्न र खेतमै सुकाउन व्यस्त छन् । मौसममा हुन सक्ने परिवर्तनका कारण पाकेको धान भिज्ने र उत्पादनमा क्षति पुग्ने चिन्ताले किसानलाई जतिसक्दो छिटो बाली भित्र्याउनुपर्ने दबाब परेको छ ।

मौसमविद्हरूका अनुसार बिहीबारदेखि शनिबारसम्म बागमती, कोशीसहित देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएपछि किसानहरू मौसम प्रतिकूल हुनुअघि नै धान सुरक्षित राख्न जुटेका छन् ।

धान भित्र्याउने मुख्य समयमा वर्षा भए काटेको धान भिज्ने, सुकाउन कठिन हुने र गुणस्तरमा असर पर्ने जोखिम हुन्छ । त्यसैले किसानहरू मौसमको अवस्था हेर्दै पाकेको बाली काट्ने र सुरक्षित स्थानमा थन्क्याउने काममा लागेका छन् ।

प्रकाशित: ११ कार्तिक २०८३ १७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App