२५ आश्विन २०८३ आइतबार
image/svg+xml
फोटो फिचर

काठमाडौंमा कांग्रेस महाधिवेशन र दसैँले बढायो जाम (तस्बिरसहित)

तस्बिर : द्वारिका काफ्ले/नागरिक

नेपाली कांग्रेसको १५औँ महाधिवेशन र नजिकिँदै गरेको बडादसैँका कारण काठमाडौं उपत्यकाका मुख्य सडकमा सवारी चाप बढेको छ। बिहानैदेखि सडकमा जाम हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।

खुलामञ्च, भृकुटीमण्डप र रत्नपार्कलगायत क्षेत्रमा महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताको भीड बढेको छ। उनीहरूको आवागमनसँगै सवारी चाप बढ्दा पैदलयात्रीसमेत प्रभावित भएका छन्। 

जामका कारण यात्रुले गन्तव्यमा पुग्न लामो समय कुर्नुपरेको छ।

तस्बिर : द्वारिका काफ्ले/नागरिक

प्रकाशित: २३ आश्विन २०८३ १५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App