यातायात व्यवसायी महासंघले आजबाट दसैँको अग्रिम टिकट बुकिङ खोलेसँगै घर जानका लागि टिकट काट्नेहरूको भिड लागेको छ।
अग्रिम टिकट बुकिङ खोलेसँगै काठमाडौंका विभिन्न स्थानमा रहेको टिकट काउन्टरमा भिडभाड देखिएको छ।
सरकारले सर्वसाधारणकाे सहजताका लागि गत वर्ष जस्तै यसवर्ष पनि यात्रु सहायता काउन्टर सञ्चालनमा ल्याएको छ।
काठमाडौं उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरिएको छ।
नयाँ बसपार्क लगायतका क्षेत्रमा भीड व्यवस्थापन गर्न अतिरिक्त टिकट काउन्टरहरू सञ्चालनमा ल्याइएको छ।











प्रकाशित: २३ आश्विन २०८३ १२:१७ शुक्रबार





