१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

ताप्लेजुङमा महिना दिनकै अन्तरालमा तेस्रो पटक हिमपात(फोटो फिचर)

करिव महिना दिनकै अन्तरालमा ताप्लेजुङमा यो वर्षको हिउँदमा तेस्रो पटक भारी हिमपात भएको छ। पुस दोस्रो साता यो वर्षको हिउँदमा पहिलो पटक हिमपात भएको थियो। बिहीबार रातिबाट वर्षासंगै हिमपात भएको हो। उच्च हिमाली क्षेत्रमा भने बुधबारबाटै हल्का हिमपात भइरहेको थियो।

बिहीबार रातिबाट भएको हिमपात सुकेटारको तल्लो भागसम्म आएको छ। पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएको छ। यो वर्ष ताप्लेजुङ पहिलो पटक गत पुस दोस्रो साता तथा दोस्रो पटक पुस अन्तिम साता हिमपात भएको थियो।

सेताम्मे ताप्लेजुङ कस्तो देखियो त? हेरौं फोटो फिचरमा।

  

 

 

प्रकाशित: ७ माघ २०७८ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App