निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास भक्तपुरको बालकोट पुगेका छन्।
उनी बालकोट चोक पुग्दा ब्यान्ड बाजा बजाइएको थियो। नेता र कार्यकर्ताले ‘केपी ओली जिन्दावाद, आइ लभ यू केपी बा’ लगायत नारा लगाएका थिए।
ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका थिए।
प्रकाशित: ३० असार २०७८ ०८:०६ बुधबार