१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

प्रधानमन्त्रीको सभाका कारण दरबारमार्गका पसल, व्यवसाय बन्द (फोटो फिचर)

नेकपा ओली समूहले आयोजना गरेको सभाका कारण दरबारमार्ग क्षेत्रका पसल व्यवसायहरु बन्द गरिएको छ। ओली समूहले आज दरबारमार्गको सडकमा वृहत आमसभाको आयोजना गरेपछि त्यस क्षेत्रको व्यवसाय प्रभावित बनेको हो।

पसल बन्द गर्न कसैले नभनेपछि सडकमै सभा आयोजना गरेपछि पसल बन्द गर्न बाध्य भएको एक व्यवसायीले बताए। हिजोको नेपाल बन्द आजको सभाले व्यवसाय बन्द गर्न पर्दा व्यवसायी प्रभावित बनेको उनले बताए।  

व्यवसायीहरुले सडकमा सभा नगर्न काठमाडौं महानगरलाई अनुरोधसमेत गरेका थिए। तर व्यवसायीको अनुरोधलाई लत्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दरबारमार्गको सडकमा सभा गरेका हुन्।

सभाका लागि दरबारमार्गको सडक क्षेत्रको फलामे डिभाइडरसमेत हटाइएको छ।

 

 

 

 

खुशी 0%
दुखी 5%
अचम्मित 10%
हास्यास्पद 25%
क्रोधित 60%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App