७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

प्रदर्शन बढेसँगै झण्डा ब्यापार ‘मालामाल’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘असंवैधानिक तवरबाट’ संसद विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि झण्डाको माग पनि बढेको छ। नेकपाभित्रैको प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलहरुले संसद विघटनविरूद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरुले आफ्नो पार्टी अंकित झण्डासहित प्रदर्शन गरिरहेका छन् भने नागरिक समाजसहित विभिन्न स्वतन्त्र समूहरु नेपालको झण्डा बोकेर प्रदर्शनमा उत्रिरहेका छन्।

प्रदर्शनमा वृद्धि भएसँगै काठमाडौं उपत्यकामा माग अनुसारको झण्डा पु¥याउनै हम्मेहम्मे परिरहेको ब्यापारीहरु बताउँछन्। ‘देशभर प्रदर्शनहरु हुन थालेपछि हामीले राष्ट्रिय झण्डासहित विभिन्न राजनीतिक दलका झण्डाहरु बनाइरहेका छौं,’ झण्डा ब्यापारी रवि शाहले भने,‘हामीले अहिले काठमाडौं बाहिरबाट पनि ‘अर्डर’ पाइरहेका छौं।’

सरकार निर्वाचन घोषणा गरिसकेको अवस्थामा झण्डाको माग अझै बढ्न सक्ने उनको भनाई छ। ०७४ सालको चुनावमा आफूले १२ लाख झण्डा बेचेको उनी बताउँछन्।  

 

खुशी 25%
दुखी 50%
अचम्मित 0%
हास्यास्पद 25%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App