१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

चिया टिप्नेदेखि प्रशाेधनसम्म

पाँचथर–पूर्वी पहाडी जिल्लामा उत्पादन हुने चियाको ख्याती देश विदेशमा छ । यहाँका चिया बगानमा यतिबेला चिया टिप्ने कामहरू भईरहेको छ ।

पाँचथरको याङवरक र फालेलुङ गाँउपालीको सिमान चरिभञ्याङ क्षेत्रमा  रहेको पाथीभरा टिस्टेटको चिया बगान निक्कै सुन्दर छ । निक्कै राम्रो भुवनोटमा रहेको यो चिया बगानमा एक सयको हारहारीमा स्थानीयहरुले रोजगारी पाएको देखिन्छ । आर्गानिक चिया उत्पादन हुने गर्छ ।

यहाँ उत्पादन हुने चियामा गुणस्तरीय रहेको बताईन्छ । सञ्चालक मध्येका एक मिलन गिरिका अनुसार यो नेपालको अग्लो स्थानमा चिया उत्पादन हुने बगानमा पर्छ । उनका अनुसार जति अग्लो ठाँउको चिया भयो उति राम्रो मान्निछ ।  

चरिभञ्याङमा चिया टिप्ने, प्रसोधन गर्ने लगायका कामको व्यस्तथा आर्कषक लाग्छ । स्थानीय मजदुरहरूको बढि यि काममा खटिएका देखिन्छ । 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App