३ माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

राराताल पुग्ने पर्यटकलाई उत्साह थप्दै 'खाली पाटन' (फोटो फिचर)

जुम्लाको सदरमुकाम खलंगादेखि करिब एक घण्टाको सडक यात्रा पश्चातपछि पातारासी गाउँपालिका -७ मा अवस्थित खाली पाटनमा पुगिन्छ। सदरमुकाम खलंगा,उर्थु बजार र पट्मारा गाउँ हुदै सडक जान्छ। त्यो पाटन साविकको पट्मारा गाविस र अहिलेको पातारासी-७ वडा पर्छ खाली पाटन। यस पाटनको नाम नै 'खाली पाटन' हो।  

अहिले त्यो ठाउँमा डाँडाहरूले फैलिएका हरियाली सुन्दर चौरले पर्यटकको मन लोभ्याउँछन्। वर्षायाममा प्रायजसो  भेडाबाख्रा, गाईबस्तुहरु चरिरहन्छन्। हिउँदमा हिउँले ढपक्कै ढाकिएर सेताम्य हुने गर्छ, यही पाटन हुदै पर्यटकहरू मुगु जिल्लाको राराताल पुग्छन्। रारा जाने सडक नै खाली पाटनको बीचैमा पर्ने भएकाले यो ठाउँ पर्यटकहरुको विश्रामस्थल जस्तै बनेको छ।

उक्त पाटनको रारा जाने बिच बाटोमा एक दर्जन होटेल पनि छन्। अहिले १ महिनामा करिव १ हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेको होटेल व्यवसायी ललिता थापा बताउँछिन्। उनले थपिन् 'हाम्रो व्यवसाय पनि राम्रोसँग भइरहेको छ।'

असार महिनादेखि असोज प्रन्ध सम्ममा पर्यटकलाई खुवाउन, व्यवस्थापन गर्न कठिन हुने व्यवसायीहरु बताउँछन्। उनले भनिन्, 'फोटो खिच्छन्,टिकट बनाउने,पाटनको जडिबुटी हेर्न अनुसन्धान गर्ने जस्ता पर्यटकहरु पुग्छन्। जिपमा यात्रा गर्नेहरू पनि फोटो खिच्न यो पाटनमा ओर्लिने गरेका हुन्छन्।'

पछिल्लो समय यो ठाउँ पिगंनिक स्पटको रुपमा पनि परिचित भएको स्थानीय राममाया बुढा बताउँछिन्।जिल्ला गैरसरकारी र सरकारी कार्यालयको पिगंनीक गर्न शनिबार तिर जाने गर्दछन। डोफाड्ना, बलिफिर, डोरपाटन, झुलारुख पाटन र डाँफे लेकले घेरिएको खालीपाटन प्राकृतिक सौन्दर्यले निकै लोभलाग्दो छ,बुढापाकाका अनुसार तत्कालीन राजा वीरेन्द्र जुम्लादेखि घोडा चढेर राराताल जाने क्रममा एक रात बास बसेको ठाउँ भएकाले पनि खाली पाटन नजिकैको मैदानलाई ुराजा चौरु भनिन्छ । यस क्षेत्रमा भुजपत्र, ठिंगो सल्लो र खर्सुका रुखहरु प्रसस्त पाइन्छ । साथै बटुवालाई पानी पिउन ठाउँठाउँमा पानीका मूहान भेटिन्छन्।

यस क्षेत्रमा सेतो चिमालो लगायत झण्डै ४० भन्दा बढी प्रजातिका फूल फुल्ने गरेका छन्। अतिस, भुल्ते, सतुवा, कटुको, पाँचऔंले, बायोजडी, गन्नाइनो, चुक, तितो लगायतका सागहरु पनि पाटनमै पाइन्छ। यो सिजनमा त ठूलो संख्यामा किसानहरु साग टिप्न पाटनतिरै भेटिन्छन्। डाँफे, कालीज, बनकुखुरादेखि च्याखुराहरुको बासस्थान मानिने यस क्षेत्र दुर्लभ मानिएको रेड पाण्डाको पकेट क्षेत्र पनि हो। नजिकैको जंगलमा रेडपाण्डाको अनुसन्धान पनि भइरहेको छ।जुम्ला सदरमुकामदेखि खाली हुँदै रारा जाने सडक निकै छोटो पर्ने भएकाले पछिल्लो समय पर्यटकहरुको प्रमुख रोजाइ पनि बनेको खाली पाटन । हिउँदमा भने यो ठाउँ ढपक्कै हिउँले पुरिन्छ। यस्तै जुम्ला चन्दननाथ नगरपालिका(३ मा पर्ने धिमीचौर,पनि उतिकै आकर्षण मानिन्छ।

 तस्बिरः गाेल्डेन बुढा /नागरिक
खाली पाटनमा भेडा चर्दै । तस्बिरः गाेल्डेन बुढा /नागरिक
खुशी 66.7%
दुखी 16.7%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 16.7%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App