१९ असार २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

हेर्नुस् कश्मिरी मस्जिदमा मनाइएकाे ‘इदुलफित्र’ काे झलक (फाेटाेफिचर)

आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ देशभर मनाइँदैछ।  इदुलफित्र मुस्लिम समुदायका धर्मालम्वीहरु एक महिना रोजा (व्रत) बसेर मनाउने गर्दछन्। रमजानको अवसरमा आज काठमाडौंको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा

नमाज पढ्न मानिसहरू भेला भएका छन्। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । साथै रमजान महिनालाई मुस्लिम समुदायले दान गर्ने महिनाको रुपमा समेत लिने गर्दछन्। चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ। रमदान अर्थात रमजान

महिना सकिएको खुशीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउन लागेका छन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत)

बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन्। चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ।

हेर्नुस् कश्मिरी मस्जिदकाे ‘इदुलफित्र’ काे झलक नागरिकन्यूजकाे लागि प्रसन गुरूङले खिचेका तस्वीरमाः

 

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App