८ वैशाख २०८१ शनिबार
अन्य

लकडाउन अनुभव

अनुपा बास्तोला

कक्षा– ५, श्री ताराकुञ्ज सेकेन्डरी स्कुल, पोखरा –१३,कास्की ।

मेरो नाम अनुपा बास्तोला हो । म श्री ताराकुञ्ज सेकेन्डरी स्कुल, पोखरा –१३ मा कक्षा पाँचमा पढ्छु । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको कारण चार कक्षाको अन्तिम परीक्षा सकिएपछि सरकारले हाम्रो देशमा लकडाउन गरयो । कोही कतै जान पाइएन । यस्तोबेला हामी घरमै बस्नुपर्छ । घरमा बस्नु भनेको आफ्नो सुरक्षा गर्नु हो । मैले लकडाउनमा घरमै बसेर धेरै कुराहरु सिकें ।

तरकारी पकाउन, साइकल चलाउन, आमालाई धेरै काममा सघाउन सिकें । घरमै बसेर पनि मनोरञ्जन प्राप्त हुने किसिमका धेरै काम गर्न सकिन्छ ।

 लकडाउनको बेला मैले एउटा कुराको अनुभव गरें । जो मान्छे रोगी, बूढाबूढी र अशक्त छन् हामीले उनीहरूको मन दुखाउन हुँदैन । हामीले सधैं उनीहरूको सहयोग गर्नुपर्छ । उनीहरूलाई सकेसम्म खुसी पार्नुपर्छ । सबैलाई दुःखसुखमा साथ दिनुपर्छ । सहयोगको भावना राख्नुपर्छ ।

अर्को कुरा कोरोना भाइरसबाट बँच्नका लागि हामीले नियमित रूपमा साबुनपानीले हात धोइरहनुपर्दछ । हातमा सेनिटाइजर पनि लगाउन सकिन्छ । साथै भीडभाडमा नजाने, जानै पर्दा दूरी कायम राख्ने र माक्स लगाउने गर्नुपर्छ । जंगली वा घरपालुवा जनावरहरूको असुरक्षित सम्पर्कबाट बच्नुपर्छ । माछामासु राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

 अहिले सरकारले लकडाउन केही खुकुलो बनाएको छ । तर, स्कुल कहिले खुल्छ भन्ने कुरा थाहा छैन । मजस्ता धेरै साथीहरूलाई स्कुल जान नपाएर छटपटी भएको छ । साथीहरूसँग भेट हुन पनि मन लागेको छ । लकडाउनको  बेला गुरुगुरुआमाले हामीलाई अनलाइन कक्षा लिँदै हुनुहुन्छ । मैले पहिले पहिले त्यत्ति मोबाइल चलाउँदिनथें । अहिले अनलाइन पढ्नुपर्ने भएपछि यो चलाउने तरीका पनि सिकियो । जे हुन्छ राम्रैका लागि हुन्छ भनेर गुरुआमाले भन्नुहुन्थ्यो हो जस्तो लाग्यो ।

साथीहरू जतिञ्जेल स्कुल खुल्दैन त्यतिञ्जेल घरमै सुरक्षितसाथ बसौं ल ।

प्रकाशित: ११ असार २०७७ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App