१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

अनलाइन शिक्षाले बढाएको विभेद

इना न्यौपाने

कक्षा—१०,

एसओएस हर्मन माइनर स्कुल, सानोठिमी भक्तपुर ।  

नेपाल धनी र विकसित देशमा पर्दैन । नेपालमा यस्ता व्यक्ति पनि छन् जो धेरै मेहनत गरेर आफ्ना बच्चालाई एउटा गतिलो स्कुलमा हाल्ने सपना देख्छन् । अब यो अवस्थामा धेरै स्कुलले अनलाइन कक्षा सुरु गरेको छ । निजी स्कुलमा अनलाइन कक्षा नचलाउनेभन्दा चलाउने नै बढी छन् । निजी विद्यालयको संगठन प्याव्सनको तथ्यांकलाई विश्वास गर्न हो भने ६० प्रतिशत निजी स्कुलले अनलाइन कक्षा संचालन गरेका छन् । बाकी ४० प्रतिशतले भने अनलाइन शिक्षाको अवसर पाएका छैन् ।  निजी स्कुलका सबैले सुविधा पाएका छैनन भने सरकारी स्कुलमाचाहिं यो सेवा सुरु भएको छैन ।  

अनलाइन कक्षा चलाएका स्कुलका पनि सबै अभिभावकले सेवा पाएका छैनन् । अधिकांश अभिभावक गाउ“मा गएका छन् । गाउ“मा टावर नटिप्ने समस्या छ । डाटा खोलेर कहा“ अनलाइन टिप्छ भन्दै हिड्नु परेको छ । तिनीहरुलाई यो अनलाइन कक्षाले के फाइदा दियो ? मोबाइलमा डाटा महंगो छ । यसले गर्दा उनीहरुलाई थप आर्थिक भार थपिएको छ । जो खान समेत नपाउने वर्ग छन्, तिनीहरुले मोवाइलमा खर्च गर्नुपरेको छ । यतातिर किन नसोचेको होला ? अनलाइनबाट पढ्न पाउनु राम्रो हो । मैले सुविधा पाएको छु । तर मेरा कति साथी यो सुविधाबाट वञ्चित छन् । यस्तो हुदा मलाई नरमाइलो लागिरोखेका छ । नरमाइलो लागे पनि मैंले के गर्न सक्छु र ?  

अनलाइन कक्षाले खान पाउने, शहरका मध्यम र धनी वर्गलाई मात्र फाइदा गरेको छ । यसै त नेपालमा हुनेखानेको शिक्षा र हुदा खानेको शिक्षा छ । शिक्षामा खाडल छ । यो अनलाइन कक्षाले झन् खाडल बढाएको छ । कक्षा लिन नपाउने बालबालिका मानसिक तनावमा छन् । यतातिर राज्यको ध्यान किन नगएको होला ?  

हाम्रो देशमा धेरै गरीब छन् । मजदुर छन् । लकडाउनले तिनलाई अप्ठेरो परेको छ । खानै नपाएर सडकमा परेको एक जना वृद्धको तस्वीर सामाजिक संजालमा भाइरल भएका छन् । लकडाउनेले त्यस्ता गरीब, मजदुरको विचल्ली बनाइदिएको छ । यस्तो बेलामा म मात्र कोठामा बसेर पढ्नुको के अर्थ भनेर मन भतभती पोल्छ मेरो ।  

कोरोना आउनुभन्दा अघि सुन्दा समेत नसुनेको लकडाउन शब्दले अहिले आतंक मच्चाएको छ । मेरो विचारमा धेरैले सुनेका थिएनन् होला यो शब्द । लकडाउनले हामीलाई आफ्नो परिवारस“ग बस्ने मौका दिएको छ । यो राम्रो पक्ष हो । कति घरमा घरमा सगै बसेर खाने फुर्सद समेत नभएका हुन्थे । त्यस्ता परिवारलाई यो लकडाउनेले एकै ठाउमा बसेर खाने बस्ने सुविधा दिएको छ । स्वस्थ रहन व्यायाम गरेका छन्, योग गरेका छन् । यो सकारात्मक कुरा हो ।  

अहिले वातावरणमा समेत सुधार आएको देखिन्छ । गाडी, उद्योगधन्दाले वातावरण प्रदुषण तीब्र भएको थियो । अहिले राजधानी काठमाडौं सफा देखिएको छ । हामीले त रहेछ नि वातावरण बिगारेको । वातावरणमा विनाश भयो भनेर वातावरणविद्ले चिन्ता व्यक्त गरिरहेको थियो । अहिले वातावरण आफ्नै ठाउ“मा फर्किएको छ । यो देख्दा अति खुशी लाग्छ । ओजोन तहको लेयर आफैं घटिरहेको समाचार सुनिएका छन् । यस्तो वातावरण सधैं भइदिए पो ∕

यी त केही सकारात्मक कुरा भए । यो महामारीले विश्वभर सकारात्मकभन्दा नकारात्मक प्रभाव पारेको छ । लाखौं मान्छेको ज्यान गइसक्यो । अमेरिकामा मात्रै एक लाख मान्छे मरिसकेको तथ्यांक छ । हामै्र देशमा चार जनाको मृत्यु भइसेको छ । संक्रमित हुनेको संख्या बढिरहेको छ । विश्वभर फैलिएको कोरोनाको प्रभाव कसरी रोक्ने होला ? हाम्रो देशमा दिनहु“ बढेको समाचार सुनिन्छ । यसले कोही बेला डर पनि लाग्छ । तर घरभित्रै बस्ने, सफासुग्घर रहने जस्ता गतिविधि गरेमा यसबाट बच्न सकिन्छ भन्ने विश्वास छ । सरकारले पनि उपचार प्रभाकारी बनाउनुपर्छ । ठाउ“ठाउ“मा अस्पताल खोलेर उपचारको व्यवस्था गर्न ढिलाइ गर्नु हुदैन । होइन भने इटालीमा फैलेको जस्तै गरी हाम्रो देशमा पनि नफैलेला भन्ने के ग्यारेन्टी छ ?  

रोग एकातिर छ । महामारीको त्रास एकातिर छ भने अर्काेतिरचाहिं देशभित्र गरीब, मजदुर परिवारको विजोग भएको छ । तिनीहरुलाई खानेकुरा सजिलै उपलब्ध भएको छैन । तिनीहरुका छोराछोरीले पढ्न पाएका छैनन् । अब खानेकुराको पनि अभाव देखिंदै छ । भारतले पनि नाकाबन्दी गरिदिने हो कि भन्ने डर छ । सिमाना विवादले गर्दा तनाव उत्पन्न गरिदिएको छ । 

यी सबै कुरालाई विचार गरेर सरकार अघि पढ्नुपर्छ । बालबालिका के गरेर बसिराखेका छन् भनेर सरकारले ध्यान दिनुपर्छ । पढ्न नपाएकालाई पढ्ने व्यवस्था गर्नुपर्छ अनलाइन मार्फत नै भए पनि । कति निजी स्कुलले पढाउन सकेको छ भने सरकारले किन सक्दैन ? निजी स्कुलले पनि घरबाटै चलाएको त हो नि । अहिले मोवाइलको पहुच नभएको कोही छैन । हात हातमा मोबाइल छ । चाह्यो भने सकारकारी स्कुलले अनलाइन कक्षा चलाउन सक्छन् । गाउका स्कुलले नसके पनि सरकारी स्कुलले सक्छन् ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App