१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

घरभित्रै बसौं, कोरोनाबाट बचौं

शुद्घेश्ना खरेल  

कक्षाः ८, युनिर्भसल उच्च मावि, धुम्बाराही, काठमाडौं  

हाम्रो स्वास्थ्य नै धन हो । संसारमा स्वास्थ्य भन्दा ठूलो केही छैन । जतिसुकै धनी भए पनि रोगी भएमा शान्ति हुँदैन । बरु गरिब नै भए पनि निरोगी भए मनमा शान्ति हुन्छ । जीवन आनन्दित बन्छ ।  

आज कोभिड–१९ ले संसारमै त्रास फैलाएको छ । यसबाट नेपालमा पनि ३ जनाको ज्यान गइसकेको छ । हालसम्म यसको कुनै उपचार छैन । खोप बनिसकेको छैन । यसबाट बच्न हामी सर्तक हुनुपर्छ ।  

हामी लकडाउनमा छौं । कोरोना संक्रमणबाट बच्न हामीले केही साबधानी अपनाउनु पर्छ । कम्तिमा १ मिटरको दूरी कायम राख्ने, बेलाबेलामा साबुन पानीले हात मिचिमिचि धुने, मास्क लगाउने आदि गर्नुपर्छ ।  

लकडाउनमा घरभित्रै बसौं । बाहिर निस्कनै परेमा मुख र नाक छोपिने गरी मास्क लगाऔं । चिसो वा फ्लु जस्तो लक्षण भएका मानिसबाट टाढै बसौं । स्यानिटाइजर प्रयोग गरौं । एक अर्कालाई नछुने र भिडभाडमा नजाने, अरुले दिएका सामान स्यानिटाइजर प्रयोग गरी मात्र लिने । त्यस्तै हात नमिलाउने, नमस्ते गर्ने बानी बसालौं ।  

कोरोना भाइरसको लक्षण रुघाखोकी, ज्वरो, टाउको दुख्ने र सास फेर्न गाह«ो हुन्छ । त्यसैले यी लक्षणबाट बच्न ख्याल गर्नुपर्छ । कोरोना महामारीबाट बच्न लकडाउनको पालना गरौं । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले दिएका सुझाब मनन गरौं । घरभित्रै बसौं । परिवारलाई घरायसी काममा सहयोग गरौं । समयको सदुपयोग गरौं ।  

प्रकाशित: १२ जेष्ठ २०७७ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App