९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

त्रिमूर्ति दर्शनको यात्रा: बढारिन्छ भित्र र बाहिरको गाईजात्रा

'पूर्वीय दर्शनको पुनर्व्याख्या” पुस्तकको एक समीक्षा'

विश्वमा सबैभन्दा ठूलो धन ज्ञान हो र त्यो भन्दा पनि ठूलो धन प्रज्ञा हो। चाहे धन र प्रतिष्ठा हासिल गर्न होस् चाहे सत्यको खोज गर्न होस्, चाहे मुक्ति प्राप्त गर्न होस् यी हरेक व्यक्तिका लागि सहायक छन्। हामी नेपालीले भने आज यस्तो विषम घडी बेहोरिरहेका छौँ जहाँ सत्ता, शक्ति र धनकादौडहरूले अरू सवै दौडलाई निस्तेज पार्न सफल भएका छन्।मुक्तिको अभिलाषाले थालिएका यात्रा दुर्गति र अशान्तिको गाँस बनेर थलिएका छन्। समाज भित्र रहेको सहकारिताको जग खल्बलिँदो छ। प्रकृतिसँगको हाम्रो सम्बन्ध पारस्परिकतामा आधारित नभएर एकोहोरो दोहनमा परिणत भएको छ।

प्रकृति र समाजसँगको हाम्रो पारस्परिकताको मर्मलाई आत्मसात् गरेको सभ्य र सुसंस्कृत समाजनिर्माणके ज्ञान र प्रज्ञा दुवैको उपस्थिति र उत्थानबाट मात्र सम्भव हुन्छ। यसका लागि ज्ञान आर्जन गरेर मात्र पुग्दैन।आर्जेको ज्ञान सत्य हो वा होइन भनेर पनि निर्क्योल गर्नु पर्दछ र सत्यलाई अङ्गीकार गरेर असत्यलाई त्याग्न सक्नुपर्दछ।  

महाभारतको आदि पर्वमा विदुषी शकुन्तलाले राजा दुष्यन्तलाई सत्यको महत्त्व बताउँदै भनेकी छन् “एक हजार अश्वमेधयज्ञ र सत्यलाई एउटा तुलामा राखेर जोखियो भने एक हजार अश्वमेध यज्ञ भन्दा सत्य नै गह्रौँ हुन्छ। सबै वेद जान्नु र सबै तीर्थ जानुसँग सत्यमा चल्नु र बोल्नुको तुलना गर्ने हो भने या त ती समान हुन्छन् या त सत्यले नै जित्छ।” मतलब, हिजोका हाम्रा दार्शनिकहरूले—सत्यको बाटो नै त्यो बाटो हो जसले हामीलाई मुक्तितर्फ डोर्‍याउँछ—भनेका थिए।

म भित्र उपरोक्त भाव सिर्जना हुनु भन्दा पहिले सम्म म आफू विज्ञानको विद्यार्थी भएको ठान्दथेँ रत्यसकै जगमा जान्ने सुन्ने पनि ठान्दथेँ। तर एकदिन मेरो ज्ञानको पर्दा उघ्रियो। मेरो चेत फेरियो। त्यसको श्रेय मैले मेरा आदरणीय गुरु, सादा जीवन र उच्च विचारका प्रतीक दार्शनिक तथा वैज्ञानिक व्यक्तित्व डा। प्रमोद ढकालज्यूको “पूर्वीय दर्शनको पुनर्व्याख्या” नामको पुस्तकलाई दिन चाहन्छु। यो पुस्तक हाम्रो पुस्तालाई सत्मार्गमा डोर्‍याउने एउटा अद्वितीय पुस्तक भएको मैले पाएँ। यस पुस्तकको अध्ययन पछि मैले मेरो जीवनको यात्रालाई पुनः विश्लेषण गर्दा मलाई लाग्यो कि मएउटा मात्र खुट्टा भएको ओदानमा डेक्ची बसालेर मीठो भात पकाएर खाने योजनामा बाँचिरहेकोरहेँछु।

चार महिना लगाएर यो पुस्तक अध्ययन गर्दा मलाई यस्तो लाग्यो—एउटा सचेत मानव समाजलेतय गर्ने मुक्तिको मार्ग साङ्ख्य, योग र भक्ति दर्शनको सम्मिश्रणले बनेकोत्रिमूर्ति दर्शन हो भन्ने ज्ञान नहुँदा हामीले ती मध्येको कुनै एक हाँगो समातेर त्यसैलाई पूर्ण ठान्दै हिँडिरहेका रहेछौँ। आफ्नो समाज, दर्शन, संस्कृति रप्रकृति बीचको पारस्परिकतालाई भुलेर अरूलाई उछिन्न ताँछाड् मछाड् गरिरहेका रहेछौँ। मलाई लाग्छयो कृतिले जसरी मेरो चिन्तन पद्धतिलाई बदल्न सफल भयो, नेपाली विद्वत् वर्गको ठूलो हिस्सामा पनि यसले चिन्तनको दिशा बदल्ले छ।  

यो पुस्तक पढ्दा मलाई एकदम नौला लागेका थोरैकुरा म यहाँ प्रस्तुत गर्न चाहन्छु। यस पुस्तक भित्र वैदिक र आधुनिक प्रमात्रा सिद्धान्तको सुन्दर तुलना र चर्चा छ, जुन कुरा आजको वैज्ञानिक पुस्तालाई थाहा हुन जरुरी छ। पुस्तकमा अक्षर र शब्दको उत्पत्तिकसरी हुन्छ रतिनको सही र यथार्थ प्रयोग किन र कसरी आवश्यक छ भन्ने बारेको मिठो चर्चा छ। साङ्ख्य, योग र भक्ति दर्शनका मर्महरूको चर्चा छ। विज्ञान, प्रविधि, अर्थ, वाणिज्य, न्याय, सहकारिता, प्रतिस्पर्धा, सुशासन जस्ता विषयमा उत्कृष्टता हासिल गर्ने गराउने उपाय के हुन् भन्ने विषयमा राम्रो चर्चा छ। वातावरणसँगको हाम्रो सम्बन्ध कस्तो हो र हुनुपर्छ भन्ने विषयमा राम्रो चर्चा छ। शास्त्रको दार्शनिक, वैज्ञानिक रव्यवहारिक उपयोग के हो, ज्ञानको आर्जन कसरी प्रभावकारी हुन्छ, उपलब्ध ज्ञान सत्य हो वा होइन भनेर निर्क्योलकसरी गर्ने, सत्यको खोजको पद्धति कस्तो हुनु पर्छजस्ता कुराहरूमा हामी कतिपयका आँखा यो पुस्तकले खोल्ने छ। विज्ञानको नजिक रहेर लेखेकोयो पुस्तक अध्यात्म वा मानवको आन्तरिक सुख र सफलताको मार्ग कसरी तय गर्ने भन्ने बारेमा पनि एक झिल्को साबित हुने मैले ठान्दछु।यो पुस्तक पढ्दा मलाई सात कक्षामा गणित पढाएको गुरु डा। प्रमोद ढकालले फेरी यतिकावर्ष पछि भिन्न विधामा पढाइरहेको अनुभूति भयो, अरूलाई पनि त्यस्तो लाग्नेछ।

डा. ढकाल लेख्नुहुन्छ, “अव हामीले उन्नति नपस्किदिएका भनेर पुर्खालाई उपेक्षा गर्ने होइन। बरु कठोर अज्ञानता र प्रतिकूलताका बीचमा पनिउनीहरूले एउटा मौलिक सभ्यता, भाषा,संस्कृति, अध्यात्म, दर्शन र परम्पराको भग्नावशेष हामी सामु पस्किदिएकोमा धन्य सम्झनु पर्दछ। त्यसलाई राम्रो नराम्रो जे जस्तो अवस्थामा थियो त्यही अवस्थामा बिना आग्रह पूर्वाग्रह सम्मान गर्नु पर्छ। अनि त्यसलाई बन्द कोठाहरूबाट बाहिर निकाल्नु पर्छ। त्यसमाथी समालोचनात्मक, विश्लेषणात्मक, संस्लेषणात्मक र वैज्ञानिक खोजतलास गर्नु पर्छ। त्यसमाथि नविन प्रकाश पार्नु पर्छ। त्यसमा रहेको हिलोमैलो छानेर पन्छाउँदै त्यसबाट पाउन सकिने जति अमृत निकाल्नु पर्दछ। हाम्रो विद्या, ज्ञान, विज्ञान, प्रविधि, समाज, संस्कृति, अध्यात्म, व्यापार, व्यवसाय, अर्थतन्त्र र राज्यतन्त्रलाई उन्नत र न्यायिक बनाउनु पर्छ। फेरी पनि यो हिमालयको काखलाई देशदेशावरका विद्वान्, दार्शनिक र नवप्रर्वतकहरूको तपस्यास्थल बनाउनु पर्छ। एउटा सीमारहित सोचले प्रदीप्त समाजको निर्माण गर्नु पर्छ।”

आदरणीय गुरु डा। ढकालको उपरोक्त समकालीन नेपाल र पूर्वीय दर्शनमा आधारित समाजको लागि अद्वितीयकृती मेरो लागि तेस्रो आँखा (भर्गो ज्योति) खोल्ने ढोका जस्तो बनेको छ। त्यसको रसपान गर्दा मैले मेरो चिदाकाश जाज्वल्यमान भएको पाउँछु। त्यसैले यसलाई मैले मेरो सुखी र मुक्त जीवनतर्फको यात्राको प्रस्थान विन्दुको रूपमा लिएको छु।

म ठान्दछु कि हामी सबैले आ–आफ्नो जीवनलाई यस पुस्तकका सुनौला अक्षरसँग मिलाएर अध्ययन गर्न सक्ने छौँ। त्यसमा पनि विशेष गरी आधुनिक विज्ञानको सचेतना हासिल गरिसकेका १६ देखी ४० वर्ष उमेर समूहका युवा वर्गले यस पुस्तकका अन्तर्वस्तुहरूलाई नौला र रुचिकर पाउने छन् भनेर म ठान्दछु। यो उदीयमान पुस्ताका लागि उचित जीवन दृष्टिकोण निर्माण गर्नयो पुस्तक उपयोगी सिद्ध हुनेछ भन्ने मेरो ठहर छ। यो पुस्तक काठमाण्डौंको रत्नपुस्तक भण्डार, हेरिटेज बुक्स, मण्डला बुक प्वाइन्ट आदिले खुद्रा विक्रि गर्छन् र विद्यार्थी पुस्तकले थोक वितरण गर्छ।यसको मूल्य एक हजार रुपैयाँ रहेको छ।

प्रकाशित: ३ जेष्ठ २०७७ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App