९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

‘जन्सेङ’ को काइदा ज्यानलाई फाइदा

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

आजकाल हाम्रो भान्छासम्म पुग्ने सागसब्जी, फलफूल, अन्नपातलगायत अधिकांश खाद्यपदार्थको विश्वसनियतामा सजगता अपनाउनुपर्ने अवस्था छ। अर्गानिक खाद्यपदार्थ पाउन मुस्किल देखिन्छ। दैनिक उपभोग गर्ने उपभोग्य पदार्थ तथा वस्तुमा आवश्यक पोषण तत्त्वको अभाव हुन थालेको छ। उपभोग्य पदार्थ तथा वस्तुमा शरीरलाई हानि गर्ने किसिमका विषादीको प्रयोग चिन्तनीय विषय हो।

स्वस्थ तथा सन्तुलित किसिमको भोजन र पोषण कसरी प्राप्त गर्न सकिन्छ भन्ने चुनौतीपूर्ण प्रश्न हाम्रो अगाडि तेर्सिएको छ।  विषादियुक्त खानपानले स्वस्थ हुने अवस्था अवश्य हुँदैन। नेपाल पनि यस्मा अछुतो छैन।
 
त्यसैले अझै पनि केही जडिबुटी व्यक्तिको स्वास्थ्यका लागि उपयोगी रहेका छन्। तर दुर्भाग्य त्यस्ता जडिबुटी छोडेर हामी विषादीयुक्त खानपान गर्न बाध्य छौँ। शरीरलाई उपयोगी प्राकृतिक जडिबुटीको प्रयोगले केही हदसम्म भए पनि हामी स्वस्थ हुन सक्छौँ।

त्यस्तै कयौँ जडिबुटीमध्ये स्वस्थ हुने एक जडिबुटी हो,‘जिन्सेङ’। ‘जिन्सेङ’ चीनको मन्चुरिया पहाडमा हजारांै वर्ष पहिलेदेखि पाइन्थ्यो। जापान, कोरियाजस्ता मुलुकको हाईअल्टिच्युट पहाडमा ‘जिन्सेङ’ उम्रन्छ र पाइन्छ। यो मानव स्वास्थ्यका लागि उपयोगी प्राकृतिक तथा आयुर्वेदिक जडिबुटी हो। उपयोगी भएकै कारण ती देशमा मात्रै हैन पछिल्लो समय नेपालमा समेत यसको खेती सुरु भएको छ। जुम्लाको अग्ला पहाडी भेगमा व्यावसायिक रुपमा ‘जिन्सेङ’ खेती सुरु गरिएको छ।  

‘जिन्सेङ’ को राम्रो फाइदा छ। ‘जिन्सेङ’मा भएको पोलि ‘स्याकराइड’ तत्त्वले  शरीरमा रहेको रोगप्रतिरोधात्मक क्षमता (इम्यून पावर) बलियो बनाउँछ। जसको प्रयोगले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाई एक त शरीर मजबुद हुन्छ। जसका कारण रोग लाग्ने जोखिम कम हुन्छ। अर्कोतर्फ ‘जिन्सेङ’ को प्रयोगले रोग लागि हालेको खण्डमा रोग निवारणसमेत गर्न सकिन्छ। ‘जिन्सेङ’ मा रोगप्रतिरोधात्मक क्षमता (इम्यूनलाई बुस्ट गर्ने) अद्भूत  हुन्छ। जसले शारीरिक मात्रै हैन मानसिकरुपमा समेत स्वस्थ रहन सहयोग पुग्छ।

‘जिन्सेङ’ को काइदा ज्यानलाई फाइदा

यस किसिमको जडिबुटीले वातावरणीय ‘फ्रिरेडिकल’को शरीरमा पर्ने नकारात्मक असरलाई कम गर्छ। ‘एन्टी अक्सिडेन्ट’जस्ता गुणले ‘फ्रिरेडिकलको’ कुप्रभावलाई कम गर्छ। ‘जिन्सेङ’मा पाइने ‘फाइटो नुट्रासिउटिकल’ भिटामिन र ‘एन्टीअक्सिडेन्ट’जस्ता जैविक रसायनयुक्त जडिबुटीले व्यक्तिलाई स्वस्थ हुन त सहयोग गर्ने नै भयो।

शरीरको कमजोरीपना कम गर्नुका साथै शरीरमा स्फुर्ति ल्याउँछ। त्यति मात्रै हैन पाको उमेरमा हुने कमजोरी महसुसलाई पनि नियमित यसको सेवनले तन्नेरी महसुस हुन्छ। पाको उमेरको शरीरमा स्फुर्ति ल्याउँछ। हाडजोर्नी तथा शरीरको मांशपेशीको दुखाइ कम गर्छ। त्यति मात्रै हैन नियमित ‘जिन्सेङ’ जडिबुटीको सेवन गर्नाले भियग्राको काम गर्छ। चाहे पाको उमेरमा भएको यौन समस्या होस् वा युवाअवस्थामा भएको समस्या नै किन नहोस् यसको प्रयोगले यौनजन्य विभिन्न समस्या समाधान गर्न सकिन्छ। प्राकृतिक भियग्राको रुपमा यसले प्रभावकारी भूमिका खेल्छ। यौन उत्तेजनाजस्ता समस्यालाई सन्तुलनमा ल्याउन मद्दत गर्छ।

‘जिन्सेङ’मा भएको ‘एडाप्टोजिनिक’ तत्त्वको प्रभावले उच्च रक्तचापलाई सन्तुलित राख्न लाभदायक हुन्छ। नियमित यसको प्रयोग गर्नाले उच्चरक्तचापको जोखिमबाट बच्न सकिन्छ। ‘जिन्सेनोसाइड’ले ‘एन्टी इन्फ्लेमेन्टरी’ को काम गर्छ। जसले शरीरको दुखाई, पिडा, जलन, थकान हटाउने मद्यत गर्छ। त्यति मात्रै हैन एक हिसाबले भन्ने हो भने एसको नियमित प्रयोग गर्नाले तन्नेरी हुन सहयोग गर्छ। व्यक्ति स्वस्थ भएपछि शरीर मजबुद हुन्छ र शारीरिक स्फुर्ति हुनुका साथै तन्नेरी देखिन सहयोग पुग्छ।

यसमा ‘जैव’ रसायन अत्यधिक औषधिजन्य ‘नुट्रासियुरिक’ तत्त्वहरू रहेकोले हरेक प्रकारको मानव स्वास्थ्यका समस्याहरूमा उपयोगी छ।

‘सापोनिक’ र ‘एडाप्टोनिक’ ‘जिन्सिनोसाइड’ तत्त्वले सु–स्वास्थ्यका लागि ‘एलिक्जायर अफ वेलनेस’ तथा सुपरफुडको महिमा पाएको छ। प्यानेक्स ‘जिन्सेङ’ चीनको मन्चुरिया पहाडमा पाँच हजार वर्ष पहिले पत्ता लागेको हो। सुरुमा यो खानाको रूपमा प्रचलनमा आयो। शरीरको दुखाइ तथा सुगठित शरीरका लागि यो परम्परागत रुपमा प्रयोग हुन्थ्यो। यसलाई डिमाइन हर्मोनका रुपमा शक्तिशाली पहिचान भई ईश्वरीयअनुरूप मानिन्छ। चीनमा ‘जिन्सेङ’ को धेरै माग छ। किनकि, ‘जिन्सेङ’को महत्व चीनमा धेरै रहेको छ।  खानपानमा यसको धेरै नै प्रयोग हुन्छ।

प्रयोग गर्ने तरिका
प्राचीनकालदेखि नै ‘जिन्सेङ’ खानाका विभिन्न परिकारमा प्रयोग गर्दै आएको पाइन्छ। यसको प्रयोग हिजोआज पनि चीन, कोरिया, जापान हुँदै आएको छ। सुप, सलाद, तरकारीजस्ता विभिन्न परिकारमा ‘जिन्सेङ’ को प्रयोग हुन्छ। डायटरी सप्लिमेन्टको रूपमा विश्वभरि  ‘जिन्सेङ’ अत्यधिक माग भएको जडिबुटी हो। नेपालमा पनि यो जडिबुटी उपयोगी देखिएको छ। यसको उत्पादन र उपभोग गर्ने क्रम बढेको छ। 

नेपाली बजारमा पनि  हिजोआज ‘जिन्सेङ’ पाइन्छ। यो जडिबुटी आयुर्वेदिक चिकित्सकको सल्लाहमा खानु उपयुक्त हुन्छ। यसलाई पोषणको रूपमा सुप, सिरप, सप्लिमेन्ट र चकलेट क्यानडीको रूपमा दिन प्रतिदिन प्रयोग बढेको छ।

जडिबुटीको राजा मानिने ‘जिन्सेङ’ सबै प्रकारको शारीरिक र मानसिक रोगका लागि सहयोगी मानिन्छ। यो बालबालिका, वयस्क, पाका सबै उमेर समूहका व्यक्तिलाई लाभदायक छ।

यसरी भयो सुरुवात
‘जिन्सेङ’ मुलाजस्तै आकारमा आइभी प्रजातिका जराको भाग हो। ‘जिन्सेङ’लाई पानेक्स ‘जिन्सेङ’, कोरियन ‘जिन्सेङ’, अमेरिकन ‘जिन्सेङ’ र चिनियाँ ‘जिन्सेङ’जस्ता विभिन्न नामले चिनिन्छ। प्रायः अमेरिकन ‘जिन्सेङ’मा धेरै प्रकारको वैज्ञानिक अनुसन्धान भएको देखिएको छ। तर जापान, कोरिया, चीनलगायतका देशमा हजारौं वर्ष पहिलेदेखि पाइने भएकाले ती मुलुकमा परम्परागत विधिका साथै आधुनिक विधिले प्रयोग हुँदै आएको छ। ‘जिन्सेङ’ ‘हाइअल्टिच्यूट’मा हुने भएकाले यसको उत्पादन समय ३ देखि १२ वर्षसम्म पहिले भएको हुन सक्छ।  आवश्यक पोषण प्राप्त गर्न निकै लामो समय लाग्ने भएकोले यसको महŒव जडिबुटीमा उत्कृष्ट रहेको छ।

‘जिन्सेङ’मा रहेको मुख्य तत्त्व ‘जिन्सेनोसाइड’ (जेव) रसायनको नामबाट वैज्ञानिकहरूले यस बुटीको नाम ‘जिन्सेङ’ राखेको पाइन्छ। परम्परागत चिनियाँ उपचार विधि (ट्रेडिसनल चाइनिज मेडिसिन) अनुसार ‘जिन्सेङ’ ले ‘ची’अर्थात ‘लाइफ फोर्स’ जीवन शक्तिलाई बढाउने काम गर्छ भन्ने अर्थ हुन्छ।

यो जडिबुटीलाई मान्छेको जस्तै आकृति भएको जरासहितको जडिबुटी भन्ने बुझिन्छ। त्यसैले यसलाई चिनियाँ शब्द अनुसार हक्कैन ‘रेन–सन’को नामले पनि चिनिन्छ। मान्छेको आकृतिजस्तै जराजन्य उपयोगी जडिबुटी भएकाले चीन, जापान, कोरियाजस्ता मुलुकमा ‘जिन्सेङ’लाई ईश्वरले प्राकृतिक रुपमा मान्छेलाई दिएको प्राकृतिक वरदानको रूपमा  लिइन्छ।

व्यावसायिक हिसाबले यसको सन् १७१६ मा क्यानडामा खेती भएको पाइन्छ। अमेरिकाका विभिन्न क्षेत्रमा हजाराैँ वर्षदेखि उत्पादन र उपभोग भएको भए तापनि वैज्ञानिक अध्ययन अनुसन्धान पश्चिमाहरूको पूर्वीय दर्शन पश्चिमी विज्ञहरूको प्रमाणपछि संसारभरि यसको चिनारी बढेको छ।‘जिन्सेङ’ ‘आइभी’ प्रजातिको बिरुवा भए पनि उपयोगी भाग जराभाग हो। पानेक्स ग्रिक भाषाबाट उल्लेखित शब्दको अर्थ सर्वोत्कृष्ट औषधिको रूपमा गनिन्छ।

 प्रस्तुतिः उपेन्द्र खड्का

 

खुशी 50%
दुखी 50%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App