मलाई हवाईयात्रा मन पर्छ र यसमा मलाई थकाइ पनि लाग्दैन। सर्वप्रथम जीवनमा म दिल्ली गएको थिएँ हवाईजहाजद्वारा। यो मेरो जीवनको पहिलो अन्तर्राष्ट्रिय हवाई उडान थियो। यो डाइरेक्ट उडान पनि थिएन। काठमाडौबाट बनारस र बनारसबाट दिल्लीको उडान भर्दै म दिल्ली विमानस्थलमा अपरान्ह ३ बजेतिर पुगेको थिएँ। मलाई साह्रै मजा लागेको थियो। दिल्लीको तीन वर्षे प्रवासकालमा म कहिले पनि हवाई भ्रमण गर्न पाइँन। जब मैले आफ्नो शोधप्रबन्ध दिल्ली विश्वविद्यालयमा बुझाएँ तब दिल्लीदेखि काठमाडांैको डाइरेक्ट हवाई भ्रमण गर्ने अवसर पाएँ।
भाइभा जाँचका लागि म फेरि जहाजद्वारा नै दिल्ली पुगें र म भाइभापछि दिल्लीदेखि काठमाडौ हवाइजहाजमा नै आएँ। यसरी मेरो काठमाडौं दिल्लीको हवाई भ्रमण अविस्मरणीय नै हुन गयो। त्यसपछि म हवाई द्विपको राजधानी होनोलूलूमा आयोजित ‘पोपुलर कल्चर’ सम्बन्धी संगोष्ठीमा जाने सुअवसर प्राप्त गरें जुन मेरो हवाई भ्रमणको सबैभन्दा लामो उडान अवधिको यात्रा सावित भयो। यो सन् १९७५ को जुलाई महिना थियो म थाई एयरलाइन्सको विशालकाय विमानबाट काठमाडौंदेखि कलकत्ता हुँदै बैंकक पुगें। त्यहाँबाट ड्रेगन एयरलाइन्सको विमानबाट हङकङ पुगें। हङकङबाट पेनम एयरलाइन्सको जम्बो जेटबाट टोकियो र टोकियोबाट होनोलूलू पुग्दा त्यहाँ छर्लङ्ग घाम लागेको थियो।
होनोलूलूको चार हप्ते संगोष्ठी समाप्त भएपछि म होनोलूलूबाट टोकियो फेरि पैनम एयरलाइन्सबाट नै आएँ। टोकियोबाट ओसाका जाल एयरलाइन्सबाट पुगें। ओसाकाबाट हङकङ र हङकङबाट सिंगापुर सिंगापुर एयरलाईन्सको डब्बल डेकरबाट पुगें। सिंगापुरबाट बैंकक र बैंककबाट काठमाडौ आइपुग्दा संयुक्तराज्य अमेरिकाको एउटा राज्यको भ्रमण पूरा गरें।
तदुपरात्न काठमाडौ कोलम्बो, काठमाडौ–कराँची माले, पाकिस्तान एयरलाइन्सबाट भ्रमण गरें। काठमाडांै, हङकङ, बैंकक, सिंगापुर त दुईपल्ट रोयल नेपाल एयरलाइन्सबाट पुगें। एकपल्ट बम्बईबाट कोलम्बो श्रीलंकन एयरलाइन्सबाट जाने अवसर पाएँ। काठमाडांै, ढाका पाँच पल्ट बंगलादेश एयरलाइन्स विमानबाट जाने अवसर प्राप्त भयो। काठमाडौं बेजिङ्ग र टोकियो थाई इन्टरनेशनल एयरलाइन्सबाट गएँ। दक्षिणी अमेरिकी मुलुक त्रिनिडाड जाँदा केएलएमको विमान प्रयोग गरें। यसरी विभिन्न एयरलाइन्सको अनुभव बटुल्दै अष्ट्रियन एयरलाइन्सबाट भियाना पुगें। एयर इन्डियाको विमान प्रयोग गर्ने अवसर प्राप्त भयो अष्ट्रियाको भियानाबाट फर्किदा दिल्ली काठमाडौ हवाईमार्गमा। एयर इन्डियामा चढ्ने चाहना धेरै पहिलादेखि थियो। काठमाडौदेखि फिनल्याण्डको राजधानी हेलसिन्की जाँदा लुफथान्सा एयरलाइन्सको लोभलाग्दो हवाईयात्रा गरें। कतार एयरवेजको प्रयोग गरेको थिएन तर यस पल्ट कतार एयरवेजबाट जर्मनीको राजधानी बर्लिन पुगें र बर्लिनबाट सोही एयरलाइन्सबाट काठमाडौ फकें।
अब एयरलान्सको प्रसंग परिवर्तन गरौं। प्रसङ्ग छ प्रेमचन्द फेलोसिपको जुन साहित्य अकादमीले मलाई यसपल्ट प्रदान गरेको थियो। अर्थात २०१३ इं.सन्को प्रेमचन्द फेलोको रुपमा जनवरी ७ तारिखको अपरान्ह एयर इन्डियाको उडानबाट सपत्नीक दिल्ली उडें। हवाई यात्रा सफल र सुखद् नै सावित भयो। हमीलाई लिन इन्दिरागान्धी इन्टरनेशनल हवाईअड्डामा साहित्य अकादमी दिल्लीका कर्मचारी मुकेश आएका थिए। उनी हामीलाई इन्डिया इन्टरनेशनल सेन्टरको वातानुकुलित केन्द्रको कोठा नं. ८२ मा पु¥याए। हामीले डिनर खाएर आराम ग-यौं। भोलिपल्ट हामी दिल्लीको दृश्यावलोकन ग¥यौ। संगीत नाटक अकादमीको अध्यक्ष आचार्यसँग भेट गराइयो र उनीसँग भलाकुसारी गरें। हिन्दी साहित्यका वरिष्ठ कवि सर्वेश्वर दयाल सक्सेनाको चर्चा चल्यो।
उनकी छोरी पनि त्यहीं कार्यरत भएकीले उनलाई पनि डाकियो र उनीसित पनि कुराकानी गरें। सक्सेनाको नाटक ‘बकरी’ को मञ्चनको प्रसंग पनि मैले प्रस्तुत गरें। उनी धेरै आनन्दित भइन। साहित्य अकादमीका सचिव डा. के. कृष्ण राव कुनै बैठकमा भाग लिन गएका थिए। उनी आएपछि उनीसँग पनि कुराकानी गरें। मेरो प्रस्तुतिको कार्यक्रम जनवरी १० को सट्टा जनवरी ९ मा सारिएको सूचना समेत पाएँ। तदुपरान्त लन्चका लागि प्रस्थान गर्नुभन्दा पहिला वरिष्ठ साहित्यकार प्रयाग शुक्लको नीवनतम कृति ‘कविता र कला’ त्यहाँ आयोजित प्रदर्शनीमा किनेर प्रसन्न भएँ। लन्चपछि पुनः दिल्ली दृश्यावलोकनका लागि प्रस्थान गरें। बेलुकीपख डिनर खाएर आराम गरें। भोलिपल्ट प्रस्तुतिका लागि तयारी गर्नु परेकाले ब्रेकफाष्टपछि सेन्टरमा नै बसें। लन्चपछि दारियागञ्ज स्थित प्रभात प्रकाशनमा गएँ। प्रभात प्रकाशनका मालिकले साहित्य अमृतको नवीनतम अंक र स्वामी विवेकानन्दको जीवनी उपहारस्वरूप प्रदान गरे। त्यसपछि एड्रोयाट प्रकाशनतका मालिक देवेन्द्र शर्मालाई भेट्न गएँ। उनलाई त्जभ अबकतभ कथकतझ ष्ल त्बचबष् ःबमजभकज को पाण्डुलिपि पेनड्राइभ दिएर आएँ। वाहनको सुविधा र पथप्रदर्शक समेत भएकाले म सम्बन्धित ठाउँमा पुग्न सफल भएँ। बाराखम्बारोडस्थित नेपाली दूतावासमा का.मु. राजदूत खगनाथ अधिकारीलाई भेटेर कार्यक्रममा आउनका लागि आमन्त्रित गरें। उहाँले सांस्कृतिक सहचरी अर्जुन पन्तलाई अह्राउनु भयो कार्यक्रमममा जानका लागि। उहाँ स्वयं परराष्ट्र मन्त्रीको दिल्ली भ्रमण १४ तारिखमा हुने भएकोले आउन असमर्थ हुन्छ भनेर भन्नु भयो। हामीले सँगै चिया खायौं अनि विदा भयौं।
जनवरी ९ तारिखको ठीक ५ बजे हामी साहित्य अकादमीको अफिस पुग्यौं। त्यहाँ पुस्तकालयको निरीक्षण ग¥यौं। नेपाली र मैथिली सेक्सनलाई नियालेर हे¥यौं। राम्रो व्यवस्थामा पुस्तकहरू सुरक्षित राखिएका छन्। ठीक ५ः३० बजे हाम्रो कार्यक्रम सुरु भयो। २० जना जति भारतीय साहित्यकारहरूको गरिमामय उपस्थिति थियो जसमध्ये हिन्दी साहित्यका वरिष्ठ उपन्यासकार र कथाकार हिमांशु जोशी, प्रयागशुक्ल, राजी सेठ्ठी, अजित राय आदिको अतिरिक्त नागरीलिपि परिषद्का मन्त्री डा. परमानन्द पंचाल प्रमुख थिए। सबैभन्दा पहिले सबैले आ–आफ्नो परिचय प्रस्तुत गरे। त्यसपछि हिमांशु जोशीज्यूले मलाई फूलको गुच्छाबाट स्वागत गरे। म प्रफुल्ल र प्रसन्न भएँ। मलाई आफ्नो सहित्यिक यात्रामाथि प्रकाश पार्नका लागि भनियो। मलाई यो पनि भनियो कि पे्रमचन्द फेलोशिप पाएपछि तपाईलाई कस्तो लागेको छ ? म त कथा र उपन्यास सम्राट प्रेमचन्दको नाममा स्थापित यो फेलेशिप प्राप्त गरेपछि गौरवान्वित भएको पाएँ। म वास्तवमा धेरै खुशीको अनुभूति गरिराखेको थिएँ।
मैले नेपाली साहित्य र त्यसमा पनि महकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा पनि चर्चा गरें। प्रमचन्दको व्यक्तित्व र कृतित्वको बारेमा पनि संक्षेपमा चर्चा गरें। यसरी पैतालिस मिनेटसम्म चर्चा गरेपछि पन्ध्र मिनेट प्रश्नोत्तरका लागि समय निर्धारित गरिएको थियो। मसित प्रश्न गर्नेहरू चाँहि सबै हिन्दी साहितका मूर्धन्य लेखकहरू थिए। म पहिलोपल्ट हिन्दी साहित्यका लब्धप्रतिष्ठित लेखकहरूसँग अन्तत्र्रिmया गरिराखेको थिएँ। त्यसपछि मलाई आफ्ना केही रचनाहरू वाचन गर्नका लागि आग्रह गरियो। मैले सर्वप्रथम कवयित्री शारदा शर्माको हिन्दीमा अनुदित कविता ‘आँखें’ वाचन गरें। महिन्द्र शाहीको कविता ‘सत्ता की कुर्सी’ पनि वाचन गरें। ‘आँखे’ चाहिँ प्रसिद्ध पत्रकार र लेखक कन्हैयालाल नन्दनद्वारा सम्पादित ‘सन्डे मेल’ मा प्रकाशति भइसकेको थियो भने ‘सत्ता की कुर्सी’ नवभारत टाइम्स दैनिकमा। त्यसपछि पुस्तकका रूपमा मद्वारा अनुदित पचपन्न नेपाली कविताहरूको संग्रह ‘नइँ नेपाली कविताएँ’ बाट पनि केही कविताहरू प्रस्तुत गरें।
दिल्लीको करिब एक हप्ते प्रवासपछि हामीलाई इन्डिगो एयरलाइन्सबाट दिल्ली हुँदै लखनउ यात्राको प्रबन्ध मिलाइएको थियो। यो यात्रा कम रोमान्चकारी र रमाइलो थिएन। नीलो नभमा नीलो विमान र विमान भित्र नीलो पहिरनमा हवाइपरिचारिकाहरू। यो नौलो अनुभव पनि अविस्मरणीय हुन गयो। लखनउको यात्राको दौरान दैनिक जागरण दैनिकको उपसम्पादक अजित कुमारले मेरो अन्तर्वार्ता लिएको थिए र यो भोलिपल्टको जागरणको अंकमा छापिए पछि पढेर खुसी पनि भएँ। त्यसपछि एयर इन्डियाको उडानबाट बनारसदेखि मुम्बईको हवाई भ्रमणको व्यवस्था मिलाइएको थियो। मुम्बईमा पनि त्यहाँ स्थित साहित्यकारहरूको साथमा इन्टरएक्सन गराउँदा म धेरै सन्तुष्ट थिएँ। मुम्बई विश्वविद्यालयमा साहित्य अकादमीद्वारा आयोजित कार्यक्रममा अकादमीका सचिव श्री कृष्ण राव र सिक्किम विश्वविद्यालयका रजिष्ट्रार डा. प्रतापचन्द्र प्रधानसँगको साहचर्य र सान्निध्य स्मरणीय हुन गयो। मुम्बइपछि मुम्बईदेखि कोलकत्तासम्मको चाँजोपाँजो पनि हवाइमार्गद्वारा मिलाइएको थियो। कोलकत्तामा पनि साहित्य अकादमीद्वारा आयोजित कार्यक्रममा केही बंगाली साहित्यकारहरूसँग पनि इन्टरएक्शन भएको थियो जसमा नेपाली लब्धप्रतिष्ठित कवि चन्द्र घिमिरे अस्वस्थ भए पनि सामिल भएर त्यस कार्यक्रमको शोभा बढाउनु भएको थियो। भोलिपल्ट मेरो चाहनाअनुसार विश्व कवि रवीन्द्र नाथ टैगोरद्वारा स्थापित शान्ति निकेतन विश्वविद्यालयको भ्रमण गराइएको थियो र ठाकुरबारी स्थित विश्व कविको संग्रहालयको निरीक्षण भ्रमण पनि चिरस्मरणीय हुन गयो।
कोलकत्ताको कार्यक्रम सकिएपछि एयर इन्डियाको उडानबाट कोलकत्ता–काठमाडौको हवाई यात्राको भ्रमण सम्पन्न भयो। प्रेमचन्द फेलोसिपको प्रयोजनका लागि पन्ध्र दिने हवाई दौडाहाको प्रबन्ध सहित अकादमीले नै मिलाएको थियो। म साहित्य अकादमीप्रति अनुगृहित एवं आभारी हुँदै स्वदेश फिरेको अनुभव सधैं संग्रहणीय र मननीय नै मान्नु पर्दछ। यस पन्ध्र दिने भ्रमणमा एयर इन्डिया जेट एयरवेज र इन्डिगो एयरको उडान अनुभव राम्रो एवं रोचक नै मान्नु पर्दछ। कोलकत्तामा कवि गोपेश शर्माको निवासस्थानमा केही मैथिली साहित्यकारहरूको साथसाथै केही बंगाली सहित्यकारहरूको जमघट जमेको नै थियो।
प्रकाशित: २१ वैशाख २०७६ ०६:०५ शनिबार