२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सूर्य नभएको भए के हुन्थ्यो ?


भाग्यशाली अधिकारी

एउटाले भन्यो, ‘सानामा जुन बालबच्चाहरू पनि जिज्ञासा राख्ने हुन्छन् ।’ अर्कोले भन्यो, ‘यो हैन नचाहिँदो कुरा हो ।’  एउटाले ‘हो’  भन्यो । अर्काले ‘होइन’ भन्यो । दुवैको निकै बेर गलफती चल्यो । त्यहीँ एउटा बुबाले सानो छोरा डो-याउदै ल्याइरहेका थिए । पहिला बाबाले उसलाई एउटा कथा सुनाएका थिए, ‘खोई मेरो बासी भात ? बिरालोले खायो । खोई बिरालो ? मुसा मार्न गयो । खोई मुसो ? दुलाभित्र पस्यो । खोई दुलो ? गाईले कुल्च्यो । खोई गाई ? खोलाले बगायो । खोई खोलो ? सुक्यो ।’

यो कथा सुनेपछि सुनान सबै कुरामा जिज्ञासा राख्न थाल्यो । बिहान उठेदेखि नसुतेसम्म एउटा न एउटा जिज्ञासा राखिरहन्थ्यो । कहिलेकाहीँ त बाबालाई त्यसको उत्तर दिन नसकेर ‘नकरान’ भन्नु पथ्र्यो । आफूले त्यसको उत्तर भन्न नसक्दा र बारबार सोधिरहँदा बाबालाई झर्को लाग्थ्यो र रिसाउँदै भन्थे, ‘हत्तेरिका कति कराएको ! कहिलेकाहीँ त चुपचाप बसे हुँदैन ।’

एक दिन उसले बिहानै उठेर सोध्यो, ‘बाबा, बाबा ! यो पृथ्वी नभएको भए के हुन्थ्यो ?’ बाबालाई सानो बालकलाई के भनेर सम्झाउने, अप्ठेरो भइरहेको थियो । धन्न बाबा विद्वान थिए र त्यसको उत्तर दिइरहेका थिए । ‘यो पृथ्वी नभएको भए तिमी हामी कोही पनि हुने थिएनौँ । यहाँ केही पनि हुने थिएन । खालि आकाश मात्रै हुन्थ्यो होला ।’
अनि उसले सोध्यो, ‘आकाश नभएको भए के हुन्थ्यो ?’ त्यसको उत्तर के भन्ने, कहिलेकाहीँ साना बच्चाहरूले गरेको प्रश्नको उत्तर दिन नसकेर निराश हुनु पर्छ । आकाश नभए केही पनि हुँदैनथ्यो भनेर टारे । तर आकाश नभए केही त हुन्थ्यो होला नि । त्यो कुरा आफूलाई थाहा नभएको भएर केही पनि हुँदैन भन्नु प¥यो । आगो नभएको भए, पानी नभएको भए, वन नभएको भए र हावा नभएको भए के हुन्छ भन्दै सोधेर हैरानै पा-यो ।

मान्छे सूर्यजस्तो कहिल्यै बन्न सक्दैन । बरु पछि गएर गौतम बुद्ध जस्तो सबै कुरा जान्नेसुन्ने भगवान् जस्तो भएर निस्कन सक्छौँ । गौतम बुद्ध पनि हाम्रो देशमा जन्मेका हुन् । तिनका महान् कामले गर्दा पछि आएर तिनलाई सबैले भगवान् भनेर पूजा गर्न थालेका हुन् ।

त्यसपछि बाबाले भने, ‘हामीभित्र पनि हावा, पानी, आगो, आकाश र पृथ्वी सबै छन् । यी नहुने हो भने हामी कोही पनि बाँच्न सक्दैनथ्यौँ । ’  
उसले सोध्यो, ‘कसरी हामी भित्र हावा, पानी, आगो, पृथ्वी, आकाश यतिका कुरा हुन्छन् भन्नुहुन्छ !’ बाबाको पालो उसलाई भने, ‘त्यसो भए ल सुन, हामीले सास फेछौैं । त्यो हावा हो । खाना खाएको पाचन भएर आँउछ । त्यो आगोले पाचन गराएको हो ।  तिर्खा लाग्छ र पानी खान्छौ । पानी नभए कोही पनि हुनै सक्दैनौं र खालि ठाउँ भनेको आकाश हो । आकाश भएर हामी भएका हौँ । खालि ठाउँ भएन भने कोही पनि हुनै सक्दैनौँ । पृथ्वी नभएको भए पनि हामी कोही पनि हुने थिएनौ र यो सबै हामी भित्र छ । अब त थाहा पायौ नि ।’

त्यो बालकले यस्ता प्रश्न कति ग-यो ग-यो । बाबाले पनि उत्तर दिन सक्ने दिए, नसक्नेचाहिँ केही पनि हैन भन्दै गए । यस्तै गरी एक दिन सुनानले सोध्यो, ‘बाबा, सूर्य नभएको भए के हुन्थ्यो ?’ बाबाले भने, ‘यो सारा संसार अँध्यारो हुन्थ्यो र संसारमा ताप भन्ने कुरा केही पनि रहँदैनथ्यो र हामी कोही पनि हुँदैनथ्यौँ ।’  उसले भन्यो, ‘त्यसो भए म पनि सूर्यजस्तै बन्छु है त बाबा ।’ बाबाले छक्क पर्दै भने, ‘हैन के भन्छ यो ? यसलाई यस्तो कुरा कताबाट आउँछ ?’

बाबा मान्छे सूर्यजस्तो कहिल्यै पनि बन्न सक्दैन । बरु पछि गएर गौतम बुद्ध जस्तो सबै कुरा जान्नेसुन्ने एउटा भगवान् जस्तो भएर निस्कन सक्छौँ । गौतम बुद्ध पनि हाम्रो देशमा जन्मेका हुन् । तिनका महान् कामले गर्दा पछि आएर तिनलाई सबैले भगवान् भनेर पूजा गर्न थालेका हुन् । तिमी पनि त्यस्तै हुन सक्छौँ ।

तर सूर्य जस्तो हुनै सक्दैनौ भने । तर उसले म त सूर्य जस्तै हुन्छुहुन्छु भनेर जिद्दी ग¥यो । उसले भन्यो, ‘संसारमा कोही पनि हुन नसक्ने जस्तो मान्छे पो हुनु पर्छ । हुन सक्ने त सबै भएकै छन् नि ।’ उसमा अद्भूत शक्ति छ भन्ने लाग्यो र उसको बाबा चुप लागेर बसे ।

प्रकाशित: ७ वैशाख २०७६ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App