coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

ल्होछारमा ‘छार ग्योइलो’

अहिले हरेक तामाङ गाउँ ल्होछारमय भइसकेको छ। गाउँ हुँदै सहरसम्म ल्होछारले झप्पकै छोएको छ। सामाजिक सञ्जालमा शुभकामना कार्डसँगै अडियो–भिडियोबाट ल्होछारको सन्देश दिनेको उस्तै चाप छ।

गाउँ गाउँमा स्थानीय संघ संस्थाले ल्होछार साँस्कृतिक कार्यक्रम सुरु गरिसकेका छन्। बिहीबारमात्रै सर्लाहीको लालबन्दिमा भव्य ल्होछार सांस्कृति कार्यक्रम भयो। जहाँ तामाङ पहिरनसँग जोडिएका मौलिक भेषभुषाको उस्तै रौनक थियो। त्यहाँ राष्ट्रिय कलाकार शसिकला मोक्तान, अन्जु थोकर र फूलकुमार बम्जनले लगाएको तामाङ पहिरनको चर्चा भयो। उनीहरु तामाङ सेला संगीतमा लोकप्रिय गायिका र गायक हुन्। उनीहरुले लगाउने पोसाक ग्योइलो सप्लार्यसले उत्पादन गरेका हुन्।

ल्होछारमा नयाँ टोपी, नयाँ (छार) ग्योइलो (कपडा), स्यामो, हाङग्रे, बख्खु लगाएतका लुगा आम तामाङ समुदायको रोजाइमा पर्छ। तामाङ युवाका लागि झन फेसनेवल पहिरन नै भइसकेको छ। बौद्ध पिपलबोटमा रहेको ग्योइलो सप्लार्यसमा तामाङ पहिरन किन्नेको भीड देखिन्छ। ल्होछारसँगै तामाङ ग्योइलो किन्नेको भीड र माग उत्तिकै रहेको सञ्चालिका चन्द्रमाया बम्जन बताउँछिन्।

ल्होछारमा नयाँ टोपी, नयाँ (छार) ग्योइलो (कपडा), स्यामो, हाङग्रे, बख्खु लगाएतका लुगा आम तामाङ समुदायको रोजाइमा पर्छ।

लामो समय इजरायल बसाइपछि नेपालमा तामाङ ग्योइलो सप्लार्यस व्यवसाय गर्दै आएकी चन्द्रमाया निकै व्यस्त छिन्। ‘अहिले सबै ठाउँबाट डिमाण्ड आएको छ। म्यासेज र फोनकै भरमा तामाङ ड्रेस विदेशमा समेत पठाउनु पर्ने अवस्था छ,’ उनले नागरिकसँग भनिन्, ‘व्यवसाय फस्टाएको छ। आपुर्ति गर्न र म्यानेजमेन्ट गर्न सोचेजस्तो रहेन छ।’

आम तामाङ कलाकारहरु ल्होछारमा नयाँ लुगा खरिद गर्न र सामाजिक सञ्जालमा तामाङ पहिरन प्रवद्र्धनकै लागि भए ग्योइलो पुग्छन्। लोकप्रिय बाल गायिका जिग्मेछ्योकि घिसिङ केही दिनअघि मात्रै त्यहाँ पुगेर टोपी किनिन्। यस्तै, ग्योइलोमा पूर्व मिस तामाङ सिम्रन स्याङबोले समेत नयाँ पहिरन लिने इच्छा राखिन। उनले ल्होछारकै लागि नयाँ फुल सेट लुगा लिइन। तामाङ समुदायका ताम्बा धावा वाङगेल मोक्तान ग्योइलोकै बख्खु र टोपि(तागि) लगाउँछन्।

अहिले विभिन्न जिल्लामा तामाङ मौलिक पोसाकको बिक्री वितरण भइरहेको सञ्चालिका चन्द्रमायाको भनाई छ।
पछिल्लो समय तामाङ ड्रेस फेसन जस्तै भएको व्यवसायि बताउँछन्। तामाङ पहिरनको रंग, फिटिङ र सौन्दर्य आकर्षक छ। यही पहिरन गैर तामाङ युवाले लगाए त्यति आकर्षक देखिन्न। पछिल्लो समय तामाङ पहिरनमा नयाँनयाँ डिजाइन आउन थालेपछि मौलिक पहिरन ओझेल पर्दै गएको तामाङ ग्योइलो अनुसन्धानकर्ता अजितमान तामाङ बताउँछन्। उनका अनुसार मौलिक पहिरनलाई एकरुपतातिर लैजाने बहस आवश्यक छ।

प्रकाशित: १९ माघ २०७५ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App