७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्य

कर्मकाण्ड मेरो कर्म

सिन्धुपाल्चोक, पाँचपोखरीका हेमराज धितालले पण्डित्याइँ गर्न थालेको तीन दशकभन्दा बढी भइसक्यो । उनी पाँच वर्षदेखि राजधानीमा यो पेशा अपनाउँदै आएका छन् । उनी कागेश्वरी मनोहरा नगरपालिकमा बसोबास गर्छन्।

अहिले उनी घरघरमा होम हाल्न व्यस्त छन् । हरिवोधनी एकादशीपछि घरघरमा होम हाल्ने चलन छ । उनी अध्यात्म र विज्ञान दुवै बिषयमा सामान्य जानकारी राख्छन् । कर्मकाण्डका विभिन्न कामका वैज्ञानिक फाइदा समेत रहेको उनी सुनाउँछन् । ‘अग्निमा अन्न हवन गरे पूण्य मिल्छ भन्ने मान्यता छ,’ उनले भने, ‘होमको प्रभावले वातावरण पनि राम्रो हुन्न भन्ने सुनेको छु।’

                      प्रस्तुति : उपेन्द्र लामिछाने

प्रकाशित: ७ मंसिर २०७५ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App