२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

इटालियन फुडकाे क्रेज

ठमेलस्थित ‘फ्रेन्स किचन’मा विदेशी ग्राहकको भीड लाग्ने गरेको छ। यहाँ आउने स्वदेशी पाहुनाले इटालियन ‘डिस’ रुचाउने गरेका छन्। यहाँ आउने ग्राहकले पास्ता र पिजा मनपराउने गरेको सञ्चालक सुरज भण्डारी बताउँछन्। उनका अनुसार फ्रेन्स किचेनमा पास्ता र पिजाका विभिन्न परिकार पाइन्छन्। उनी भन्छन्, ‘यहाँ आउने पाहुनाले इटालियन ‘डिस’ नै डिमान्ड गर्नुहुन्छ।’ त्यसो त ठमेलमा रहेका अधिकांश रेस्टुराँ र होटलहरूमा विदेशी पाहुना बढी छन्।

पछिल्लो समय नेपालीहरूले पनि भिन्नभिन्नै परिकार खान रुचाउने गरेको उनको भनाइ छ। ‘हाम्रो रेष्टुराँमा ग्राहकले खानाको प्रशंसा गर्छन्। यसले निकै खुसी बनाउँछ,’ सञ्चालक भण्डारी भन्छन्। रेस्टुराँमा साँझको बेला ग्राहकको घुइँचो लाग्ने गरेको उनी बताउँछन्। यहाँका परिकारमा ‘टिपिकल’ स्वाद दिन प्रयास गर्ने उनको भनाइ छ।

पछिल्लो समय नेपालीहरूमा खानाप्रतिको चासो बढेको बताउँछन्, बानेश्वरस्थित शितल चौतारीका सञ्चालक प्रेमलीला। नेपालीहरूमा विदेशी खानाका परिकार चाख्ने प्रचलन बढेको उनी बताउँछन्। रेस्टुराँमा आउने ग्राहकमा इटालियन खानाको क्रेज बढेको उनको अनुभव छ। अचेल नयाँ खानाका परिकार, नयाँ भाषा, भेष र नयाँ संस्कृतिको बारेमा चासो राख्ने युवापुस्ताको संख्या बढ्दो रहेको उनको भनाइ छ।

इटालियन फुडमा चिज र ससको प्रयोग हुन्छ। तीमध्ये रोजमेरी, ओरिग्यानो, अलिभ वयल, टोम्याटो सस, क्रिमी सस, वाइट ससलगायत छन्। इटालियन फुडको स्वाद लिन कुनै सिजन पर्खिनुनपर्ने सञ्चालक भण्डारी बताउँछन्। इटालियन फुडमा चिजी, क्रिमी, टोम्याटोको फ्रेलेबर प्रशस्त मात्रामा पाउन सकिने उनको भनाइ छ। इटालियन परिकारमा नेपालीको रोजाइमा पिजा र स्प्यागेटी टोम्याटो सस पास्ता नै पहिलो माग रहेको उनले अनुभव सुनाए।

केही लोकप्रिय इटालियन परिकारहरू
पिजा

पिजा खान रुचाउनेहरू धेरै छन्। साना नानीदेखि उमेर पुगेका पाकाले पिजा रुचाउँछन्। बानेश्वरस्थित ‘शतल चौतारी’का सञ्चालक हरेक सिजनमा पिजाको डिमान्ड हुने गरेको बताउँछन्। उनका अनुसार चिज, मस्रुम, चिकेन, पिजा मगेरितालगायत चल्तीमा छन्। भेज र नन भेज पिजामा ससको मज्जा लिन सकिन्छ। अचेल काठमाडौंका रेष्टुराँमा पिजा पाइन्छ। पिजाको साइज अनुसार नै यसको मूल्य निर्धारण गरिने व्यापारी बताउँछन् 

रोजमेरी चिकेन
रोजमेरी चिकेन इटालियन डिसमा रुचाइएको परिकार हो। यो चिकेन मनपराउनेहरूका लागि नयाँ र स्वादिलो परिकार हुन सक्छ। ग्रिल चिकेनमा रोजमेरी, टोम्याटो सस र इटालियन भेजिटेबलको स्वाद पाउन सकिन्छ। यो परिकारमा साइड डिसहरू जस्तैः स्टिम राइस, गार्डेन सलादलाई आकर्षक ढंगले सजाइएर राखिन्छ। स्टिम राइससँगै रोजमेरी चिकेनको स्वाद निकै टेस्टी हुन्छ। एक सेट रोजमेरी चिकेनको चार सय ९५ रूपैयाँ पर्ने व्यापारी भण्डारी बताउँछन्।

पास्ता एन्ड स्पागेट्टी
इटालियन डिसमा पास्ता पहिलो नम्बरमा आउँछ। यो इटालियन डिसका पारखीहरूको मनपर्ने परिकार हो। यो धेरैथरिका भेराइटी र स्वादमा उपलब्ध छ। यसका भेराइटी नेपालीहरूमाझ निकै लोकप्रिय डिस रहेको बताउँछन्, सञ्चालक प्रेमलिला। यसमा सस प्रयोग गरिन्छ। यसमा च्वाइस अनुसारको भेराइटी खान सकिन्छ। यो टोम्याटो सस, चिकेन मिट सस, विलभ वयल एन्ड गार्लिक, कार्वोनारा, बोलोग्नाइज स्वादमा उपलब्ध छ।

रोजाई अनुसारको स्वादमा पाइने भएकाले यो परिकार अधिकांश नेपालीले रुचाएको सञ्चालक प्रेमलीला बताउँछन्। पास्ता एन्ड स्पागेट्टीको एउटा सेटको मूल्य फ्रेन्च किचनले चार सयदेखि पाँच सय रूपैयाँसम्म राखेको छ। पास्ता एन्ड स्पागेट्टीलाई गार्लिकको ब्रेडसँग कलात्मक तरिकाले सर्भ गरिन्छ।

स्टफ्ड एग प्लान्ट
स्टफ्ड एग प्लान्ट इटालियन डिसमा रुचाइएको परिकार हो। एग प्लान्ट भन्नाले भान्टालाई ग्रिल गरेर, चिज र मस्रुमले टप फिलिङ्स गरेर स्टाइलिस्ट बनाइन्छ। भान्टाबाट तयार पारिएको स्टफ्ड एग प्लान्टको स्वाद निकै फरक र टेस्टी हुने भएकाले धेरैको रोजाइमा पर्न सफल भएको व्यापारी बताउँछन्। विभिन्न थरिका हरिया तरकारीहरू, म्यास पोट्याटो, गार्डेन सलाद आदि भेराइटी समावेश गरी सर्भ गरिन्छ। एक सेट स्टफ्ड एग प्लान्टको मूल्य पाँच सय ३० रूपैयाँ पर्छ।

एग प्लान्ट म्यानाखोटी
एग प्लान्ट म्यानाखोटी पनि निकै रुचाइने इटालियन परिकारअन्तर्गत पर्छ। एग प्लान्ट म्यानाखोटीमा चिज र इटालियन हर्वस, सिज्लिङ प्याज, क्याप्सिकम अनि ससको कम्बिनेसन हुन्छ। चिजको भरपुर स्वादका साथ साथै इटालियन हर्वस रुचाउनेहरूको रोजाइमा पर्ने बताउँछन्, प्रेमलिला। इटालियन फुड डिसमा विशेष चिज, इटालियन हर्वस र ससको भरपूर प्रयोग गरिने उनी बताउँछन्। शितल चौतारीमा एग प्लान्ट म्यानाखोटीको मूल्य पाँच सय ३० रूपैयाँ पर्ने उनी बताउँछन्।

प्रकाशित: ७ मंसिर २०७५ ०५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App