१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

जीवजन्तु संरक्षणमा ‘ग्रिन जेनेरेसन’

द जेनेरेसन ग्रीन अभियानमा सहभागी युवाहरू। तस्बिरः सविता/नागरिक

सुर्खेतको बराहताल गाउँपालिका–३ की ३९ वर्षीय चन्द्रा बुढा परिचित संरक्षणकर्मी हुन् । स्कुल पढ्न नपाएकी उनले १४ वर्ष भएपछि नौ महिना प्रौढ शिक्षा पढेर अक्षर चिनिन् । सानोमा उनलाई चरा निकै मनपथ्र्यो । कति साथीले गुँडबाट चराको अण्डा नष्ट गरिदिएको देख्थिन् । त्यसैले चराको गुँड देखेपछि अण्डा लगिदिन्छन् भनेर गुँड नै सार्ने काम गर्थिन् । त्यतिबेला गाउँमा जंगल जाने सिकार खेल्ने प्रचलन थियो। 

प्रायःजसोका घरमा बन्दुक थिए । बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र बनेपछि सिकार खेल्न बन्देज गरियो । गाउँमा लुकिछिपि सिकार गर्न जाने प्रचलन थियो । चन्द्राको दाजु पनि सिकार खेल्न जान्थे । सिकार खेल्न रोक लगाइसकेपछि पनि दाजुको बानी परिवर्तन नहुँदा घरमा बुबाले सधैं पीर मान्ने गरेको उनले देख्थिन्। 

‘बुढेसकालमा दुःख भयो, जंगल जाँदा समाइदिन्छ कि, गएपछि फर्किन्न कि भनेर बुबाले सधैं पीर गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘हतियार बुझाउनुपर्छ, सिकार खेल्न हुन्न भन्ने सोच नै थिएन।’ 

‘वन भनेको विश्व सुन्दरी हो, गहनाहरू वन्यजन्तु हो । स्कर, चोरी सिकार गर्ने मान्छे गुण्डा हुन् । सुन्दरी बचाउन हिरोको रोल खेल्न सक्नुपर्छ । हिरोको रोल खेलेर हिरोले जसरी गुण्डाबाट हिरोइन बचाउँछ, त्यसरी नै संरक्षण गर्नुपर्छ।’ 

रको समस्या सुनाउँदै गर्दा उनलाई एक जनाले बन्दुक लगेर निकुञ्जमा बुझाउन सल्लाह दिए । बन्दुक चलाउन हुन्न, जनावर मार्न हुन्न, निकुञ्जमा लगेर बुझाउनुपर्छ भनेर दाजुलाई सम्झाउन एक वर्ष लागेको उनले बताइन् । दाजुले उनलाई बन्दुक दिएपछि विस्तारै गाउँमा अरुले पनि बन्दुक दिए । पटक पटक गरेर उनले गाउँको २४२ थान बन्दुक संकलन गरेर बुझाइन्। 

‘बुबा गर्भमा हुँदा हजुरबुबाले छोरा जन्मे जन्मदा, छोरी भए अन्माउँदा पड्काउने भनेर ल्याउनुभएको बन्दुक थियो,’ उनले भनिन्, ‘लगेर बुझाउँदा पुर्खाको सम्पत्ति नासेको हो कि भन्ने पनि लागेको थियो।’ 

त्यसपछि वन्यजन्तुको चोरी सिकार गर्न पाइँदैन, संरक्षण गर्नुपर्छ भन्ने अभियानमा उनी सहभागी भइन् । समूह र समुदायका मानिसलाई संरक्षण गर्नुको आवश्यकता जानकारी गराउँदै गइन् ।

५१ वर्षीय संरक्षणकर्मी भदै थारू १६ वर्षदेखि वन, वन्यजन्तु संरक्षणका गतिविधिमा सहभागी छन् । बर्दियाको मधुवन नगरपालिका–३, खाताका उनी बाघ संरक्षणमा अगाडि छन् । सरकारले कमैया मुक्त घोषणा गरेपछि ११ वर्ष कमैया बसेका उनी पनि मुक्त भए । त्यसपछि नै उनी संरक्षणमा क्रियाशिल भए । उनी गौरी महिला सामुदायिक वन समितिको अध्यक्ष हुन् । ‘महिलाहरू बिहेबारी भएर गइहाल्ने । त्यसैकारण पुरुषलाई अध्यक्ष बनाउनुपर्छ भनेपछि मलाई बनाए,’ उनले भने। 

समितिमा दुई पुरुष छन् । समितिको अध्यक्ष भएपछि सामुदायिक वनमा खर खडाई खुलाउँदा उनी जंगलमा निरीक्षण गर्न गएका थिए । २०६० पुस २२ गते वनमा जाँदा उनको बाघसँग मुठभेड भयो । झाडीमा लुकेको बाघले उनलाई आक्रमण ग-यो । बाघको पञ्जाले देब्रे गालामा हान्दा एकै पटकमा उनको देब्रे आँखा नै बाहिर निक्लियो। 

यी पात्रहरूले आफू मात्रै संरक्षणको काम गरिरहेका छैनन्, युवालाई समेत संरक्षणमा लाग्न पे्ररित गरिरहेका छन् । आफ्नो अनुभव सुनाउँदै संरक्षण चुनौती, उत्साह सुनाएर युवामा ऊर्जा भरिरहेका छन् । वन जोगाए प्रकृति र प्रकृति जोगाए वन्यजन्तु जोगिन्छ र जीवन पनि सधैँ हरियाली हुन्छ भन्दै उनीहरूले संरक्षण अभियान सञ्चालन गरिरहेका छन्।

घोप्टो परेर खसेँ, पछाडिबाट बाघले पिठमा थिच्यो,’ उनी भन्छन्, ‘पछाडिबाट कुुहिनाले २÷४ पटक बाघलाई हानेपछि बाघ झाडीमा गयो ।’ त्यसपछि उनी बेहोस भए । उनलार्य खर काट्न गएकाहरूले नै उद्धार गरे । अस्पताल लगे । अप्रेसन गरेर केही महिना अस्पतालमा बिताए । त्यसको तीन वर्षसम्म उनी सामान्य भएर काम गर्न सकेनन् । घाममा हिँड्न उनलाई अफ्ठ्यारो हुन्थ्यो । बाघ आक्रमणमा घाइते भएर एउटा आँखा गुमाएपछि उनलाई धेरैले बाघप्रतिको धारणा के छ भनेर सोध्थे । उनले घटनालाई सामान्यरूपमा लिएको बताउँथे। 

‘बाघ प्राणी हो, बाघ मानिसलाई र मानिस बाघलाई खतरनाक भन्छ, बाघको पनि बाँच्ने अधिकार छ,’ उनी जवाफ दिन्थे। 

‘संरक्षणमा लागेका थियाैं, काम गर्दा दुःख तथा अफ्ठ्यारो आउँछ नै,’ उनले भने, ‘निरन्तर संरक्षणमा नै लाग्दा पाएको पुरस्कारले गुमेको आँखा दिए जस्तो लाग्यो।’ 

उनले संरक्षणमा पु-याएको योगदान सुनेर हलिउडका हिरो लियोनार्दो डि क्याप्रियोले उनलाई आफूले लगाइरहेको चस्मा दिएका थिए। 

‘वन भनेको विश्व सुन्दरी हो, गहनाहरू वन्यजन्तु हो । स्कर, चोरी सिकार गर्ने मान्छे गुण्डा हुन्,’ उनी भन्छन्, ‘सुन्दरी बचाउन हिरोको रोल खेल्न सक्नुपर्छ । हिरोको रोल खेलेर हिरोले जसरी गुण्डाबाट हिरोइन बचाउँछ, त्यसरी नै संरक्षण गर्नुपर्छ।’ 

उनी नाटक तथा गीतमार्फत पनि संरक्षणको सन्देश बाँड्ने काममा लागेका छन् । बाघको आक्रमणमा आँखा गुमाएर पनि त्यही प्रजातिको संरक्षण गर्न उनी क्रियाशील छन् । बाघबारे उनको गीत यस्तो छ।  

हाम्रो नेपाल जैविक मार्ग हरियाली बनाऊ है
वन्यजन्तु हिँड्ने बाटोमा बाधा नपु-याऊ है 
इण्डियाको बघिनी नेपालमा आउने
नेपालको बाघसँग मायाप्रिती लाउन 
उनीहरूको मायाप्रिती कहिले नछुटाऊ है
वन्यजन्तु हिँडे बाटोमा बाधा नपु-याऊ है 

सारस संरक्षणमा रूपन्देहीको लुम्बिनी नगरपालिकाका ३१ वर्षीय अर्जुन कुर्मी अगाडि छन् । आठ वर्षदेखि संरक्षणमा सहभागी उनी लुम्बिनी क्षेत्रलाई हरियाली बनाउन क्रियाशील छन्। 

‘जहाँ सामुदायिक वन छैन, राष्टिय निकुञ्ज नभए पनि वन्यजन्तुका लागि धनी छ,’ उनी भन्छन्, ‘हरियाली क्षेत्र बनाउन वन क्षेत्र नै हुनुपर्छ भन्ने छैन ।’ उनले ग्रिन युथ अफ लुम्बिनीको नेतृत्व गरिरहेका छन्। 

विभिन्न संघसंस्थाको आयोजनामा भएको संरक्षणका कार्यक्रममा सहभागी भएपछि उनी संरक्षणतर्फ अग्रसर भएका हुन् । ‘संरक्षण भनेको के हो ? किन जरुरी छ भन्ने तालिम पायौं,’ उनले भने, ‘त्यही तालिमले यो बाटोमा हिँड्न मद्दत ग-यो ।’ संरक्षणका कार्यक्रम भनेपछि कोही नआउँदा फरक कार्यक्रमको ब्यानर राखेर कार्यक्रम गर्ने गरेको उनको अनुभव छ।

युवाको नेतृत्व विकास भनेर जैविक विविधता संरक्षणको कुरा गर्ने गरेको उनी सुनाउँछन् । प्रकृतिमा रहेका सबै जीवजन्तुको संरक्षण गर्नुपर्ने उनको धारणा छ । त्यही धारणामा रहेर उनले हरियाली लुम्बिनीको प्रबद्र्धन मात्र गरिरहेका छैनन् । सारसको संरक्षणका लागि पनि उत्तिकै खटिएका छन् । उड्ने चरामा विश्वकै अग्लो सारस लोपोन्मुख छ । नेपालमा करिब पाँच सयको हाराहारीमा पाइने यो चरा अहिले सबैभन्दा बढी लुम्बिनी क्षेत्रमा देखिन्छ। 

‘यो लभिङ बर्ड हो, सधैं जोडीमा देखा पर्छ,’ उनले भने, ‘लोप हुने खतरा भएपछि संरक्षणमा जुटेका छौं ।’ समुदायका युवालाई परिचालन गरेर वृक्षारोपण कार्यक्रम गरेर हरियाली बनाउन उनी सफल भएका छन् । समुदायसँग लडेर चरिचरन गर्ने खाली जग्गामा ग्रीन युथ वनबाटिका बनाएका छन् । जंगल जरुरी छ, जंगल भए पशुपंक्षी हुन्छन् भनेर उनी संरक्षणमा खटिएका छन्। 

योंग कन्जरभेसन लिडर अवार्ड पाएपछि सम्मानको गरिमा बचाउन पनि युवाको नेतृत्व बनेर संरक्षणमा लाग्न प्रेरणा र चुनौती थपिएको उनले महसुस गरे। 

‘म अन्त्यमा पुगिसकेको छैन, अहिले पनि सुरु गरिरहेको छु,’ उनले भने । संरक्षणको काम जुनसुकै समयमा नयाँ हुने उनले बताए । संरक्षणमा लाग्ने युवालाई ‘रंगिन जीवन उच्च विचार’ लिएर पनि काम गर्न सकिने उनी बताउँछन् । रमाइलो, रंगिन जीवनले थप ऊर्जा दिने उनको अनुभव छ। 

दाङको लमही नगरपालिका ५ का २७ वर्षीय चिरञ्जीवि खनाल पनि एक अगुवा संरक्षणकर्मी हुन् । पाँच वर्षअघिदेखि उनी हाइना (हुँडार) को संरक्षणमा जुटिरहेका छन् । विज्ञान विषयमा उच्च माध्यामिक शिक्षा अध्ययन गर्दा फिजिक्स, केमेस्ट्री विषयले आत्तिएका उनी पढाई छाडेर घर फर्किए । घस्रिने वन्यजन्तुबारे जान्न उत्सुक उनी घर फर्किएपछि एक्लै अनुसन्धानमा लागे। 

‘अनुसन्धानमा रहर लाग्ने, गोही कति होला भनेर बगर–बगर हिँडेर सोध्ने काम पनि गरें,’ उनी  भन्छन् । उनीसँग अनुसन्धान गर्ने प्रविधि केही थिएन न त सीप नै थियो । थियो त मात्र उनको सौख र रहर । १० वर्षअघि नै उनले  सेभ द रेप्टायल्स नामक संस्था दर्ता गर्न खोजे । जसको विधानमा नै वन्यजन्तुको पुर्नस्थापना केन्द्र हुनुपर्छ, घाइते जीवजन्तुको उद्धार गरेर उपचार गर्नुपर्छ भनेर लेखेका थिए । त्यो संस्था दर्ता गर्न उनी काठमाडौंसम्म पुगे । तर, सफल भएनन्। 

घरबाट व्यवसाय गर्न दबाब दिइरहेका थिए । कक्षा १२ पढ्दै अध्ययन छाडेका उनलाई व्यवसायमा पनि मन थिएन । घर वरपर आइपुग्ने सर्प समातेर जंगल वनमा लगेर छाड्न उनी सिपालु भइसकेका थिए । गाउँमा पनि कतै सर्प देख्नासाथ उनलाई बोलाउँथे । रहरले मात्र हुँदैन अध्ययन पनि चाहिन्छ भन्ने लागेपछि उनले फेरि पढ्न सुरु गरे । रुचि अनुसारको वन विज्ञान पढ्दा उनी उनलाई फिजिक्स, केमेस्ट्रीले छाडेन । मन लगाएर पढे। 

त्यही अध्ययनले नै उनी अहिले संरक्षणमा छन् । उनले प्रविधिको प्रयोग गरेर आफ्नै जिल्लामा क्यामेरा ट्रयापिङ गरेर वन्यजन्तुको अध्ययन गर्न सुरु गरे । त्यही समय क्यामेरा ट्रयापिङमा हाइना देखियो । फरक–फरक क्षेत्रमा राखिएको क्यामेरामा उनले हाइना भेटे । बाघजस्तै देखिने हाइनाप्रति उनको उत्सुकता बढ्दै गयो । त्यसको अध्ययन सुरु गरे । दाङलाई उनले ‘भ्याली अफ हाइना’को नाम दिएका छन् । उनले गरेको अनुसन्धानमा अहिले २४ जिल्लामा हाइना भेटिएको छ। 

संरक्षणमा लागेका उनी आफ्नो कामलाई आत्मसन्तुष्टी जोडेर हेर्छन् । मनले चाहेको काम गर्दा सन्तुष्टि पनि हुने उनी बताउँछन् । ‘सिकारीसँग मुठभेड हुँदा धम्की त्रासको पनि सामना गर्नुपरेको छ,’ उनी भन्छन्, ‘नेपालमा गरेका कामहरू अन्तराष्ट्रिय स्तरमा पुगेर छलफल गर्न पाउँदा खुसी लाग्छ।’ 

यी पात्रहरूले आफू मात्रै संरक्षणको काम गरिरहेका छैनन्, युवालाई समेत संरक्षणमा लाग्न पे्ररित गरिरहेका छन् । आफ्नो अनुभव सुनाउँदै संरक्षण चुनौती, उत्साह सुनाएर युवामा ऊर्जा भरिरहेका छन् । वन जोगाए प्रकृति र प्रकृति जोगाए वन्यजन्तु जोगिन्छ र जीवन पनि सधैँ हरियाली हुन्छ भन्दै उनीहरूले संरक्षण अभियान सञ्चालन गरिरहेका छन् । असोज पहिलो साता उनीहरू आफ्नो अनुभव सुनाउन र संरक्षणबारे जानकारी दिन युवाहरूको बीचमा थिए। 

भरतपुर महानगरपालिका– १९ की २२ वर्षीय देवी महत क्षेत्री वातावरण विषय अध्ययन गर्दैछिन् । वातावरण विषय अध्ययनसँगै उनको रुचि संरक्षणमा पनि छ । घरमा मासु धेरै काटेको देख्दा उनी कक्षा ७ पढ्दादेखि साकाहारी भएकी थिइन् । वन्यजन्तु र बोटबिरुवा सबैको संरक्षण गर्नुपर्छ भनेर लागेकी उनी आपूmलाई ‘ग्रीन जेनरेसन’ भन्न रुचाउँछिन्। 

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले असोज पहिलो साता आयोजना गरेको ‘द जेनेरेसन ग्रीन संरक्षणमा युवा नेतृत्वको विकास कार्यक्रम’मा उनी पनि सहभागी भइन् । यस्ता कार्यक्रमको सहभागिताले संरक्षणका काम लाग्न उत्प्रेरणा दिने उनी बताउँछिन् । पाँच दिने कार्यक्रममा सहभागी भएर संरक्षणकर्मीका अनुभव सुनेपछि काम गर्ने हौसला मिलेको उनले बताइन्। 

पर्साको ठोरी गाउँपालिकाका– ५ का ३३ वर्षीय जीवन श्रेष्ठ सुनाखरी उपभोक्ता समितिमा आबद्ध छन् । समितिमा आबद्ध भएर वन संरक्षणका लागि गस्ती गर्ने, वृक्षारोपण गर्ने, समुदायमा रहेको वन्यजन्तु र मानिसको द्वन्द्व हटाउन उनी क्रियाशील छन् । संरक्षणमा लागेका उनी यसलाई निरन्तरता दिन कार्यक्रममा सहभागी भएका थिए। 

चितवन, बारा, पर्सा, नवलपुर र मकवानपुर जिल्लाका ४५ जना युवा कार्यक्रमा सहभागी भएका थिए । उनीहरूले चितवनको माडी, कसरा, सौराहा र नवलपुरको पिप्रहर, अमलटारी पुगेर संरक्षण र समुदायको सम्बन्धलाई  नजिकबाट नियाले । संरक्षणमा लाग्न युवालाई हौसला दिनको लागि डब्लुडब्लुएफ नेपाल द जेनेरेसन ग्रीन अभियान सञ्चालन गरिरहेको छ। 

डब्लुडब्लुएफ नेपालकी सिनियर अफिसर एजुकेसन एण्ड क्याम्पेन शिखा गुरुङ युवालाई संरक्षणमा सहभागी गराउन अभियान सञ्चालन गरिएको बताउँछिन् । २०१४ बाट सुरु गरिएको यो अभियानमा जुनसुनै क्षेत्रमा रहेका युवालाई संरक्षणमा सहभागी गराइन्छ । अभियानमा अहिलेसम्म देशभरका ५५ हजार युवाहरू सहभागी भएको उनले जानकारी दिइन्।

प्रकाशित: १३ आश्विन २०७५ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App