छिमेकी मुलुक चीनका विश्वविद्यालयमा भइराख्ने गोष्ठीमा भाग लिई नविनतम प्रविधि खोज्न चीन गएका थियौं हामी (सुवोध त्रिपाठी, ध्रुव शर्मा र म)।
गत जेठ ५ गते काठमाडौंबाट उड्यौं हामी । तीन घन्टा उडेपछि हाम्रो पहिलो ट्रान्जिट प्वाइन्ट सिचुवान प्रान्तको राजधानी चेंन्दू थियो । चेंन्दूमा दुई वर्षअघि पनि पुगेको थिएँं म । त्यसबेला एयरपोर्टको छेउछाउमा जमिनमुनि गुड्ने मेट्रो ट्रेन बन्दै थियो । यसपाली काम पूरा भइसकेको देखें।
चिनियाँहरू प्रान्तीय सहरमा मेट्राे ट्रेन गुड्दा गर्व गर्छन् । मेट्रो लाइन (मेट्रो हिँड्ने ट्रेन लिक)को संख्यालाई कुनै सहर विकासको सूचांकका रूपमा पनि लिइँदो रहेछ ।चेंन्दूबाट डोमेस्टिक प्लेनमा हुवे प्रान्तको सियानज्याङमा जाने योजना थियो । मौसम खराबीले फ्लाइट क्यान्सिल भयो । त्यसपछि ट्रेनमा जाने भयौं।
एयरपोर्टबाटै मेट्रो ट्रेन चढी जमिनमुनिबाट लगभग २० किलोमिटर परको चेंन्दू ट्रेन स्टेसन पुग्यौं । स्टेसनमा अशक्तहरूले मागिरहेको देख्यौं । उनीहरू मोबाइलबाटै पैसा ट्रान्सफर गरी मागिरहेका थिए । मगन्तेले पनि आधुनिक प्रविधि प्रयोग गरेको देख्दा सूचना प्रविधिमा चिनियाँ कति अघि रहेछन् भन्ने थाहा पाइयो ।
त्यहाँं किसान महिलाले खर्पनमा फलफूल बेचेको पनि देख्यौं।
ट्रेनको सिट यति सफा थियो कि कुरै नगरौं, कुनै तारे होटलको बेड भन्दा कम थिएन । चेंन्दूदेखि सियानज्याङसम्मको भूबनोट नेपालको जस्तै देखिन्थ्यो । खोला किनारका अग्ला पहाडमा सुरुङ छेडी रेल गुडिरहेको । हामी १५ घन्टा यात्रापछि चेंन्दूदेखि हुवे प्रान्तको सियानज्याङ पुग्यौं ।सियानज्याङ ‘हान’ नदी किनारको सहर । एयरपोर्टबाट निस्केपछि कम्पनीबाट लिन आएको दोभासेले घाम देखाउँंदै ‘यू आर लक्की टुडे’ भने । किन लक्की भनेर सोध्दा आज घाम लागेको छ नि भन्ने उत्तर पाइयो । प्रदूषणले गर्दा त्यहाँं विरलै घाम लाग्दो रहेछ । उनी भन्दै थिए, ‘यहाँ त वर्षभरिमा ६० दिन जति मात्र घाम लाग्छ ।’
डिनरमा चिनियाँले अतिथिलाई गर्ने सत्कारबाट हामी ज्यादै प्रभावित भयौं । मेन होस्ट ढोकाको विपरित दिशामा रहेको मेचमा बस्ने र मेन गेस्टहरूलाई दायाँ–बायाँ बसाल्ने । मेन होस्टले तीन पटकसम्म बियर चियंर्स गराएर खुवाउने।
चिनियाँंहरू राष्ट्रपति सी जिनपिङका कुुरालाई दिव्य वाणीका रूपमा मनन गर्दा रहेछन् । सन् २०११ मा त्यहाँको रेस्टुरेन्टमा धेरै खानाका आइटम अर्डर गरी फाल्ने गरेको पाएको थिएँं । खाना फाल्नुलाई व्यापारी सम्पन्नताको प्रतीक मान्थे । बीचमा जिनपिङले खाना खेर फाल्नु हुँंदैन भनेर कार्यक्रममा बोलेको हुँंदा त्यसलाई आत्मसात गरी चिनियाँहरू बढी भएको खाना अचेल होम प्याक गराउँदा रहेछन् । सियानज्याङ पुगेको भोलिपल्ट हामीले इलेक्ट्रिक बस सम्बन्धी सेमिनारमा भाग लियौं । इन्धनबाट चल्ने गाडी निरुत्साहित गर्न केन्द्रीय सरकारले नै ब्याट्रीबाट चल्ने ठुल्ठूला बसमा अनुदान दिने नीति बनाएको रहेछ । सन् २०२५ सम्ममा सबै सार्वजनिक बस इलेक्ट्रिक बनाउने केन्द्रीय नीति रहेछ।
बुलेट ट्रेनको यात्रामा राष्ट्रपति सी जिनपिङको भाषणहरूको संग्रह ‘गभर्नेन्स अफ चाइना–२’ पढ्ने अवसर मिल्यो । उक्त किताबको ५५५ पेजमा उहाँंले ‘बुद्ध धर्मको उदय भारतमा भई चीनबाट फैली पूर्वी एसियामा पुगेको’ भन्नुभएको छ । संसारकै शक्तिशाली व्यक्तिले लिखित रूपमै यस्तोभन्दा हामी नेपालीको मन दुख्नु स्वभाविक हो ।
सडकको घुमाई, उकालो–ओरालो, खाल्डाखुल्डी, ग्राउन्ड क्लियरेन्सको अवस्था अनुसार बस डिजाइन गरी बनाउनुुपर्ने भएकाले इलेक्ट्रिक बस महँंगो हुने रहेछ । बसमा लाग्ने ब्याट्री पनि त्यतिकै महँंगो ।सियानज्याङमा अरु ठूल्ठूला कारखाना पनि हेर्यौं । ती ठूला कारखानामा केन्द्र, प्रान्त र निजी क्षेत्रको संयुक्त लगानी पायौं । यो पनि हामीले सिक्नुपर्ने हो कि!
हाम्रो दोस्रो गन्तव्य स्यान्डोङको लेनी भन्ने सहर थियो । सियानज्याङबाट लेनी पुग्न सिधा ट्रेन नहुँंदा हामी हुबे प्रान्तको राजधानी उहान पुग्नैपर्ने भयो । यात्राको चौथौं दिन सियानज्याङबाट ट्र«ने स्टेसन जाने क्रममा बाटो छेउमा पेट्रोल पम्प जस्तै चार्जर स्टेसन देख्यौं । अघिल्लो दिन नै अनलाइन काटेको टिकटमा टे«न हिँड्ने समय ११ बजेर ४३ मिनेट थियो । निर्धारित समयमै ट्रेन गुड्यो।
उहान फर्कने क्रममा पश्चिम चीनको युनानबाट सांघाईसम्म बग्ने एसियाकै लामो र संसारको तेस्रो लामो ६ हजार तीन सय ८० किलोमिटर लम्बाइ भएको याङ्जी नदी पनि देख्यौं । चीनको २१ हजार पाँंच सय मेघावाट क्षमताको जलविद्युत (थ्रि गर्जेज) जुन विश्वकै ठूलो यही खोलामा बनाएको इचाङमा देख्यौं । याङ्जी नदीको ठाउँंठाउँंमा नहर बनाई ठूल्ठूला पानीजहाजमध्य चीनबाट सांघाईसम्म चलिरहेको देख्दा नेपालका ठूला नदीमा पनि यस्तो गर्न सकिन्छ जस्तो लाग्यो ।थ्रि गर्जेज जलविद्युत केन्द्रलाई पर्यटकीय आकर्षणका रूपमा विकास गरी दोहोरो फाइदा लिएको पनि देख्यौं । साथै बाढी नियन्त्रण गरी सिँचाइमा प्रयोग गरिएको पनि।
सियानज्याङदेखि दुई घन्टा टे«न यात्रापछि हामी साँंझ ५ बजेतिर उहान पुग्यौं । यसपाली उहानमा केही मिटिङ नभएकाले राति नै टे«नबाट स्यानडोङ प्रान्तको लेनी जाने निधो गर्यौं । राति ९ बजे छुटेको ट्रेन भोलिपल्ट दुई बजेतिर लेनी पुग्यो । लेनी ‘यी’ नदीको किनारमा रहेको सहर । लेनी पुगेर हामीले कारखाना अवलोकन गरी डिनर मिटिङ ग¥यौं । हामी जुन कारखाना हेर्न पुगेका थियौं, तिनीहरूले आफ्नै होटलमा हामीलाई राखे । पछि थाहा पायौं कि ठूला कम्पनीसँग पाहुना राख्ने होटल पनि हुँदो रहेछ !
डिनरमा अनौपचारिक गफ पनि भयो । प्रायः चिनियाँं युरोप र अमेरिकाले दुई सय वर्ष लगाएर गरेको विकास हामीले ३० वर्षमै ग¥यौ भनेर गर्व गर्थे । उनीहरू नक्कल गर्न पनि खप्पिस । एक जना अंग्रेजी बोल्ने इन्जिनियरलाई ‘तिमीहरूको दिमागमा नयाँ–नयाँ मेसिन बनाउने आइडिया कहाँंबाट क्लिक हुन्छ’ भनी सोध्दा उनको जवाफ सुनेर छक्क परें । उनले युरोपमा हुने प्रायः मेसिन प्रदर्शनी हेर्न नछुटाउने बताए ।
ग्राहकका रूपमा प्रदर्शनीमा गयो, मेसिन हेर्यो, फोटा खिँच्यो, बेसिक प्रिन्सिपल बुझ्यो । अनि चीन फर्की डिजाइन गरी त्यस्तै मेसिन बनायो ।चिनियाँले द्रुत विकास गर्न सक्नुको कारण उनीहरूको चाँंडो नक्कल गर्न सक्ने कला र खुवी पनि हो जस्तो लाग्यो ।प्रायः ठूला कारखानाले विश्वविद्यालयसँंग समन्वय गरी नयाँ–नयाँ प्रोडक्ट डिजाइन गर्दा रहेछन् । ठुल्ठूला कम्पनीहरूले खुद नाफाको पाँंच प्रतिशतसम्म हरेक वर्ष विश्वविद्यालयलाई अनुसन्धान गर्न अनुदान दिँदा रहेछन् । हाम्रो तेस्रो गन्तव्य फुजियान प्रान्तको सियामिन भन्ने सहर थियो । यात्राको छैटौं दिन सियामिन उडान भर्न स्यानडोङको प्रान्तीय राजधानी जिनानमा रहेको एयरपोर्ट पुग्नुपर्ने थियो । त्यसैले त्यो दिन चाँंडै उठ्यौं । लेनीबाट कारमा जिनान एयरपोर्ट पुग्यौं।
तीन सय किलोमिटर पार गरी लेनीबाट जिनान एयरपोर्ट पुग्न तीन घन्टा लाग्यो । एयरपोर्टबाट हामी त्यही रात फुजियान प्रान्तको सियामिन उड्यौं । टापुमा बसेको सियामिन व्यवस्थित छ ।सियामिनमा दुई सय वर्षअगाडि आएका बहराइनका आप्रवासी मुस्लिमहरूको जनसंख्या प्रशस्तै छ । चीनमा पनि नेपाली स्वाद आउने मुसलमानको रेस्टुरेन्टमा खान पाउँदा खुसी भयौं ।सियामिनमा हामी बाटोमा छाप्ने ब्लक बनाउने मेसिन किन्न गएका थियौं । आकाशे पानी जमिनमुनि जाने ब्लकको उत्पादन गरेको देख्दा अचम्मित भयौं ।
यो पानी छिर्ने ब्लक पनि युनिभर्सिटीको प्रोफसरले अनुसन्धान गरी डिजाइन गरेको प्रडक्ट रे । हामीले पनि यस्ता ब्लकले नेपालको सडक पेटी र कम्पाउन्डमा छाप्न सके परम्परागत इनार, पोखरी सुक्ने थिएनन् । आकाशे पानी सिधै खोलामा नगई जमिनमुनि जाने भएकाले सहरमा पानीको सतह गहिरिँदै नजाने थियो ।उनीहरूले मेसिन बनाउँंदा त्यसमा प्रयोग हुने पार्टपूर्जाहरू कुनै जापानी, कुनै ताइवानी र कुनै कोरियन प्रयोग गरेको भनी हामीसँग मार्केटिङ गरे । यसरी मेसिनको गुणस्तर कायम गर्न ब्रान्ड कन्सस भएको देख्दा प्रभावित भयौं।
सियामिनबाट हामी फेरि स्यानडोङकै जिनान एयरपोर्टमा फर्कियौं, हाम्रो चौथौं तथा अन्तिम गन्तव्य स्यान्डोङकै अर्काे सहर छिन्टाई थियो । यसपाली जिनानमा हामीले भर्खरै उद्घाटन भएको चीनकै पहिलो सोलार प्यानल जडित जिनान एक्सप्रेस हाइवेबाट छिन्टाईको लागि यात्रा ग¥यौं । यो हाइवेमा सोलार प्यानल विछ्याई नवीकरणीय उर्जा उत्पादन गरिँदो रहेछ । अचम्म के भने हाइवेमाथि इलेक्ट्रिक गाडी गुड्दा त्यसमा रहेका ब्याट्री स्वतः वायरलेस प्रविधिमा चार्ज हुँंदो रहेछ।
जिनानबाट कारमा छिन्टाई जाने क्रममा राजमार्ग छेउछाउमा रहेका भिर–पाखामा सोलार प्यानल जडान गरेको देखियो । हामी पनि नेपालमा उब्जनी नहुने दक्षिण फर्केको भीर पाखामा सोलार प्यानल जडान गरी सौर्य–ऊर्जा उत्पादन गर्न सक्छौं । छिन्टाईका विभिन्न अफिस पुग्दा त्यहाका सेक्रेटरी फुर्सद भयो कि टेबल सफा गरेको देख्यौं । पसलका सेल्स म्यानहरू फुर्सदमा भुइँ पुछ्थे । हामीले उनीहरूबाट सिक्नुपर्छ।
चीनमा केही वर्षयता लेवर कस्ट बढी भएकाले भरसक प्रायः ठूला कम्पनीहरूले अटोमेटिक मेसिनबाट सामान उत्पादन गरिरहेको देखें ।छोराछोरी ठूला सहरमा बसेर काम गर्न जाने भएकाले छिन्टाईको गाउँंमा प्रायः बुढाबुढी मात्रै देखिन्थे । जग्गा बाँझो नहोस् भनेर पछिल्लो समय केन्द्रीय सरकारले नै खेतीयोग्य जमिन निजी कम्पनीहरूलाई लिजमा दिने नीति अबलम्बन गरेको पायौं । ती कम्पनीले किसानलाई पनि ज्यालामा काम गराउँदा रहेछन्।
कम्पनीहरू अधिकतम कृषि औजार प्रयोग गर्छन् । धनाढ्य किसान सौखका रूपमा कृषि गर्दा रहेछन् । चिनियाँहरू यति मिहेनती देखियो कि एक से एक धनाढ्य पनि काम नगरी एकछिन पनि नबस्ने । फुर्सद हुनासाथ खेतमा काम गर्ने ।जग्गा बाँझो नरहोस् भनेर सरकारले आफैं कमाउन चाहने किसानलाई प्रोत्साहन रकम दिने गरेको पनि थाहा पायौं । बीउबिजन, मल र कृषि औजारमा त अनुदान छँदैछ । चीनको विकास यसबाट पनि देखिन्थ्यो कि गाउँंगाउँंका सबै बाटो ढलान भएको पायौं । मुलुकको समृद्धि भनेको यही होइन ?
छिन्टाईका किसान नेपालमा जस्तो थ्रेसरमा गहुँं चुटदै गरेको र ढलानको बाटोमा गहुँं सुकाउँंदै गरेका देख्यौं । यहाँंका गाउँंलेहरू यति संवदेनशील जस्तो लाग्यो कि गहुँं काटेको छ्वालीको धुलोलाई हामीकहाँं जस्तो नबाल्ने । छ्वाली बाल्दा वायु प्रदूषण हुन्छ । बरु छ्वालीको धुलोलाई कुहाएर अग्र्यानिक मलका रूपमा खेतमै प्रयोग गर्ने ।
राति १० बजेतिर हामी बाहिर निक्कँंदा छिन्टाईका किसान बूढाबूढी मानसिक अनि शारीरिक तन्दुरुस्तीका लागि भन्दै खुला चोकहरूमा म्युजिक बजाउँदै एक्ससाइज गर्दै बसेका देख्दा खुसी लाग्यो ।गाउँंका घरहरू नेपालको जस्तो छरिएर रहेको देखिएन । बरु एकै ठाउँमा गुच्चमुच्चु देखियो । घर बनाएपछि बाटो, बिजुली, पानी, विद्यालयलगायत पूर्वाधार पु¥याउनुपर्छ, यसो गर्दा एकैठाउँंमा पूर्वाधार पुर्याउन सजिलो हुने बताइयो।
छिन्टाईमा पाँंच दिनको बसाईपछि हामी चेंन्दु पुगी नेपाल फर्कनु थियो । छिन्टाईबाट कारमा थाइयान टे«न स्टेसन जाँदा धेरै अनौपचारिक कुराकानी भयो । दोभासेले भनेको एउटा कुरा ज्यादै नै घत लाग्यो । उसले विवाह सम्बन्धी दुःखेसो पोख्यो । गाउँंबाट सहर छिरेको केटाले बिहे गर्न केटी पाउनै मुस्किल ।
उनी भन्दै गए, ‘जतिसुकै पढेलेखेको भएता पनि राम्रो कम्पनीमा जागिर, आफनै कार र अपार्टमेन्ट नभइकन केटीले विवाह गर्न नमान्ने ।उनी थप्दै गए, ‘चीनमा पनि गरिबहरू आर्थिक अभावले रोग पहिचान भएता पनि उपचार खर्च नभएर मर्छन् ।’ नेपालमा जस्तो गरिबहरूको आफ्नै बेच्न मिल्ने जमिन नहुने भएकाले गर्दा उपचार खर्चको अभाबमा मर्नु पर्दोरहेछ ।चीनमा केही रोगको उपचार सरकारले निःशुल्क गरिदिएता पनि क्यान्सर जस्तो रोग लाग्दा ठूला सहर गई उपचार गराउन आर्थिक क्षमताले नभ्याउने रहेछ।
चीनमा प्राध्यापकको आम्दानी मनग्गे हुँदोरहेछ । अमेरिकामा छोराछोरीलाई पढाउने कसैले हैसियत राख्छ भने कि त त्यो प्रोफेसर हो कि व्यापारी । केही दिन विभिन्न सेमिनार, मिटिङ तथा फ्याक्टी अवलोकन भ्रमणपश्चात छिन्टाई नजिकको थाइयान टे«न स्टेसनबाट हामी बुलेट टे«न चढी चेंन्दु फर्कियौं । बुलेट टेनमा फर्कंदा तीन सय १० किलोमिटर प्रतिघन्टा तीव्र गतिमा हुँइकियौं।
बुलेट ट्रेनमा यात्रा गर्ने क्रममा सी जिनपिङको भाषणहरूको संग्रह ‘गभर्नेन्स अफ चाइना–२’ पढ्ने अवसर मिल्यो । उक्त किताबको ५५५ पेजमा ‘बुद्ध धर्मको उदय भारतमा भई चीनबाट फैली पूर्वी एसियामा पुगेको’ पढें । संसारकै शक्तिशाली व्यक्तिले लिखित रूपमै यस्तो कुरा भन्दा हामी नेपालीको मन दुख्नु स्वभाविक हो । रेलमार्गमा पर्ने सियानबाट चेंन्दु फर्कदा पनि यहाँंको भूबनोट नेपालकै जस्तै महसुस भयो । बुलेट ट्रेनमा यात्रा गर्ने क्रममा नेपाल जस्तो पहाडैपहाड भएको मुलुकमा अरु इन्जिनियरिङ शिक्षाको साथै टनेल इन्जिनियरिङको पढाई र अनुसन्धान हुन आवश्यक देखियो।
नेपालको छिटोभन्दा छिटो विकास गर्ने हो भने चीनबाट यो कुरा सिक्न विलम्ब गर्नु हुँंदैन । हामीले हाम्रै देशमा टनेल इन्जिनियरहरू उत्पादन गरी टनेल बोरिङ मेसिन निर्माण गर्ने कोशिश गर्नुपर्छ ।१० औं पटक चीन घुमेपछि बल्ल मलाई साँचो चीन देखेको महसुस भयो । सहरी क्षेत्रमा मात्रै नभई गाउँगाउँ पुगेपछि त्यहाँंको सामाजिक परिवेश सुक्ष्म रूपमा अध्ययन गर्ने मौका मिल्यो ।
प्रकाशित: ९ असार २०७५ ०१:२२ शनिबार