२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मोटोपन पुरुषका लागि तीन गुणा बढी घातक

एउटा समय थियो, मोटोघाटो मानिसलाई खाइलाग्दो मानिन्थ्यो । हुनेखाने नै मोटोघाटो देखिने एउटा समय पनि थियो । खान्कीमा आएको परिवर्तनसँगै मोटोपन अब सौन्दर्यको मापक रहेन । बरु संसारभर भइरहेका विविध अध्ययन र शोधले यो रोगको खानी हो भन्ने प्रमाणित भइसकेको छ । बरु दुब्लाउनु चाहिँ यतिबेला एउटा चल्तीको विधिविधान बन्न थालेको छ ।
हालैको एउटा अध्ययनले मोटोपन महिलाभन्दा पुरुषका लागि अझ बढी खतरनाक हुने देखाएको छ । मोटा पुरुषहरु उत्तिनै मोटा महिलाभन्दा चाँडो ज्यान गुमाउनेमा पर्न थालेका छन् । अहिलेसम्म गरिएका सबैभन्दा वृहद् अध्ययनले सो कुराको खुलासा गरेको हो ।
मोटा पुरुषहरुको मृत्यु त्यत्ति नै मोटा महिलाको तुलनामा चाँडै अर्थात् तीन वर्षअघि नै हुने गरेको छ । अक्सफोर्ड, क्याम्ब्रिज र हार्वर्ड विश्वविद्यालयहरुले संयुक्त रुपमा गरेको अध्ययनले सो कुरा देखाएको हो ।
१० मोटा पुरुषमध्ये ८ जनाको चाँडै मृत्यु हुने देखिएको हो । त्यस्तै अध्ययनमा १० जना महिलामध्ये एक जनाको मात्रै चाँडै मृत्यु हुने देखिएको छ । त्यस्तै मोटा महिलामा देखिने विविध खतरामा १० मध्येमा तीन जनामा मात्र रोगले सताउने पाइएको छ ।
‘मोटोपनले तपाईंलाई चाँडै मार्छ तर ज्यादै मोटालाई अझ चाँडो काल आउँछ । यसका उपाय समयमै लिनुपर्छ,’ क्याम्ब्रिज विश्वविद्यालयका डा. इम्मानुएल डि एन्जेलान्टोनियोले टिप्पणी गर्दै भने, ‘पहिलेकै अध्ययनलाई हामीले थप बल पाएका छौँ किनभने महिलाभन्दा पुरुषलाई मोटोपनले बढी दुःख दिइरहेको छ ।’
बेलायतमा ६१ प्रतिशतभन्दा बढी वयस्क ज्यादा तौल वा मोटोपनको शिकार भएका छन् । सन् १९७० को दशकयता मोटोपन क्रमशः बढ्दै गइरहेको छ । १९७५ मा एक बेलायतीको औसत बडी मास इन्डेक्स २३ थियो । यत्तिको व्यक्तिलाई स्वस्थ मान्ने चलन थियो । यतिबेला बडी मास इन्डेक्स बढेर २७ को मापनमा पुगेको छ । बेलायतीको प्रति दशक डेढ केजीले तौल बढ्न थालेको अध्ययनले पुष्टि गरेको छ ।
अति बढी तौलले क्यान्सर तथा टाइप २ को चिनी रोग, मुटु, स्ट्रोक, श्वासप्रश्वाससम्बन्धी रोग आदि चाँडै टिप्ने अध्ययनले देखाएको छ । मोटोपनका कारण बेलायतमा मात्रै ४७ अर्ब पाउन्ड प्रतिवर्ष स्वास्थ्यका लागि खर्च हुने गरेको छ ।
पछिल्लो अध्ययन ३२ वटा विभिन्न मुलुकमा २३९ शोधअन्तर्गत निकालिएको निष्कर्ष हो । १ करोड ६ लाख मानिसमाझ १९७० देखि २०१५ सम्म गरिएको अध्ययनको यो निष्कर्ष हो ।
अध्ययनले साह्रै कम तौल भएका मानिसहरुको चाँडै मृत्यु हुने पनि देखाएको छ । त्यस्तै साह्रै बढी तौल हुनेहरुको जीवन लीला चाँडै अन्त्य भएको देखिएको छ ।
बडी मास इन्डेक्स व्यक्तिको उचाइ र वजनको गणनाबाट निकाल्ने गरिन्छ । बडी मास इन्डेक्स (बिएमआई) बढी हुनेको मृत्यु चाँडै हुने र पुरुषहरुमा यो खतरा चार गुणा बढी हुने देखिएको छ । १० जनामध्ये ८ जनाको कारक मोटोपनले सिर्जना गर्ने रोगबाट हुने गरेको छ भने त्यस्तै १० महिलामध्ये २.७ जनालाई मात्र मोटोपनले सिर्जना गर्ने रोग घातक बन्ने गरेको छ ।
अध्येताहरुले सातमध्ये एक जनालाई समयअगावै बचाउन सकिने पनि जनाएका छन् । त्यसका लागि सर्वसाधारणले आफ्नो शरीरको आकार घटाउन इच्छा चाहिँ देखाउनु पर्यो । ‘युरोपमा चुरोटपछि सबैभन्दा बढी ज्यान लिने चिज नै मोटोपन भएको छ,’ अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक सर रिचर्ड पेटोको धारणा छ । त्यसो त मोटोपनले कतिपयलाई फाइदा पनि पु¥याएको तर धेरैजसो चाहिँ बेफाइदा नै रहेको उनको धारणा छ ।
यो शोधलाई ‘द लान्सेट’ले प्रकाशन गरेको थियो ।
द टेलिग्राफ

 

प्रकाशित: १८ श्रावण २०७४ ०५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App