‘५ वर्षिया बालिकाको दिनचर्या कसरी बित्छ ?’
यस प्रश्नको जवाफ हामी सबैले अन्दाज गर्न सक्छौ– ‘बुबा–आमाको काखमा खेल्दै, साथीहरुसँग रमाउँदै वा स्कुलमा रमाउँदै बित्छ ।’
दक्षिण पश्चिम चीनको गुइजोउ प्रान्तकी ५ वर्षिया चिनिया बालिका वाङ एनाका हृदयविदारक तस्बिरहरुले धेरैको मन छोएका छन् । तस्बिरहरुमा एनालाई चपस्टिक समाएर हजुरआमाहरुलाई खाना खुवाएको, उनीहरुको सरसफाई गरिदिएको र घरको सफाई गरेको देख्न पाइन्छ ।
तर चीनको ग्रामिण हिमाली भेगकी बालिकाको दैनिकी यसरी बित्दैन । स्कुल जाने उमेरकी बालिकालाई अन्य काममा रमाउने फुर्सद नै छैन । उनी बिहान उठेदेखि बिरामी हजुरआमा र जिजु हजुरआमाको स्याहार गर्न थाल्छिन् । सुन्दा नौलो लाग्यो होला । तर यो कुरा यतिबेला देशी–विदेशी सञ्चारमाध्यमहरुमा धेरै नै पढिएको छ । दक्षिणपश्चिम चीनको गुइजोउ प्रान्तकी ५ वर्षिया चिनिया बालिका वाङ एनाका हृदयविदारक तस्बिरहरुले धेरैको मन छोएका छन् । एनाका तस्बिरहरु यतिबेला अनलाइनहरुमा निकै नै पढिएका छन् । धेरै पटक हेरिएका छन् र सेयर पनि भएका छन् । तस्बिरहरुमा एनालाई चपस्टिक समाएर हजुरआमाहरुलाई खाना खुवाएको, उनीहरुको सरसफाई गरिदिएको र घरको सफाई गरेको देख्न पाइन्छ ।
अभिभावकको समिपमा रहनु पर्ने बालिका एक्लै हजुरआमाहरुको स्याहार सुसार गर्दै बस्नुपरेको छ । उनी दिनभरी नै वृद्धावस्थाका अभिभावकलाई खाना पकाउँदै, घरको सरसफाई गर्दै र स्याहार गर्छिन् । मम्मीले घर छोडेर अर्कैसँग विवाह गरेर गएकै कारण चीनको हिमाली ग्रामिण इलाका जुन्यीमा घर भएकी एनाले यस्तो दिन गुजार्नुपरेको हो । उनका बुबा उनी कलिलै छँदा जेल परेका थिए । बुबा जेल किन परे उनलाई थाहा छैन । बुबा जेल परेपछि नै मम्मीले पुनः विवाह गरिन् । मम्मी हिँडेपछि हजुरआमा र जिजु हजुरआमाको स्याहार एनाकै काँधमा प¥यो ।
रिर्पोटहरुमा जनाइए अनुसार उनी सबेरै उठ्छिन् र हिमाली भेगमा रहेको जिमा गाउँमा रहेको ढुंगाले छापेको घरमा हजुरआमाहरुलाई खानेकुरा तयार गर्न तल्लिन हुन्छिन् । ताजा तरकारीका लागि उनी छिमेकीको बारीमा पुग्छिन् । उनको दयनिय अवस्था देखेरै छिमेकीहरुले उनलाई सहयोग गर्दै आएका हुन् । ल्याइएका तरकारीलाई केलाएर स्टोभमा बसाएर पकाउँछिन् । स्टोभमा तरकारी बसाउन उनलाई हम्मेहम्मे हुन्छ । उनका साना हातले अग्लो ठाउँको स्टोभ भेट्दैनन् । त्यसैले उनले मेचमा उभिएर खानेकुरा पकाउँछिन् ।
हजुरआमाहरुलाई बाथरुम जान समेत एनाकै सहयोग चाहिन्छ । वृद्धावस्थाका हजुरआमाहरु प्रायजसो ओछ्यानबाट हिँडडुल गर्ने अवस्थामा पनि नभएको मेल अनलाइनले बताएको छ । एनााकी हजुरआमा हाडजोर्नीकी बिरामी भएकी र जिजु हजुरआमा ९२ वर्षकी भएको त्यहाँ पुगेका पत्रकारले लेखेका छन् । उमेर सानो भएपनि उनलाई हजुरआमाहरुको सहयोग गर्नुपर्दा कुनै गुनासो छैन । पत्रकारको प्रश्नमा उनी हाँस्दै भन्छिन्, ‘म हजुरआमाहरुलाई खुसी र स्वस्थ भएको हेर्न चाहन्छु ।’ एनाको परिवारलाई अन्य कसैले सहयोग गर्दै आएको छ, छैन भन्ने कुरा खुलाइएको छैन । अन्ना तीन महिनाकी हुँदा उनका बुबालाई
बिनाकारण जेल लगिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
–एनाले बिरामी हजुरआमाहरुलाई चपस्टिकबाट खाना खुवाउँदै ।
–सम्पूर्ण घरायसी काम एनाले नै गर्नुपर्छ ।
–९२ वर्षे जिजु हजुरआमालाई बाथरुम जान सहयोग गर्दै एना ।
–हजुरआमाको खुट्टा धोइदिँदै एना ।
–तरकारी काट्दै एना । उनी दुई हजुरआमाहरुकी एक्लो सहारा हुन् ।
–खानेकुरा पकाउने तयारी गर्दै एना ।
–होचो कदकै कारण उनलाई खानेकुरा पकाउन गाह्रो हुन्छ । उनी मेचमा उभिएर खानेकुरा पकाउँछिन् ।
–छिमेकीको बारीमा तरकारी टिप्दै एना । आवश्यकता पर्दा उनलाई छिमेकीले तरकारी टिप्न दिन्छन् ।
–हजुरआमाको मुख पुछिदिँदै एना ।
–जब उनीजस्ता बालिकाहरु खेल्न, पढ्न व्यस्त हुन्छन् उनी भने बिहानदेखि घरायसी कामकाज गर्नुपर्छ ।
–जेल परेका बुबाको तस्बिर नियाल्दै एना ।
–सानी भएपनि एना मनकारी छिन् । बेला बेला बुबालाई सम्झदै उनी भक्कानिन्छिन् ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित: १९ चैत्र २०७३ ०४:०६ शनिबार