२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

‘सिंगै संसद नाङ्गै नाच्न मिल्दैन’

महाअभियोगमाथिको छलफलमा भाग लिँदै सांसद धनराज गुरुङ। तस्विरः दिपेश श्रेष्ठ

आज बिहान म पशुपतिनाथको दर्शन गर्न जाँदै थिएँ। गौशाला नजिकै पुग्दा एकाबिहानै बाटो जाम भयो। सडकको बीच बाटोमा छाडा छोडेको साँढे छोडिएको रहेछ। त्यसैले सडक जाम भएको रहेछ। पशुपतिनाथ मन्दिर परिसरमा पुगेपछि त्यहाँ अर्को साँढे देखियो जो शालीन भद्रताका साथ कर्तव्य निर्वाह गरिरहेको थियो। त्यो देखेपछि मैले त्यहीँ नेर पशुपतिनाथ अगाडि उभिएर संकल्प गरेँ। गौशालाको चौबाटोमा नियम कानुन संविधान मिचेर उभिइरहेको छाडा छोडिएको साँढेलाई पनि पशुपतिनाथ अगाडि बसिरहेको साँढेजस्तै तह लगाउँछु। म त्यही संकल्प बोकेर आज यहाँ उँभिएको छु। त्यही संकल्पका साथ महाअभियोग प्रस्तावमाथिको यो छलफलमा आएको छु।

गौशालाको चौबाटोमा नियम कानुन संविधान मिचेर उभिइरहेको छाडा छोडिएको साँढेलाई पनि पशुपतिनाथ अगाडि बसिरहेको साँढेजस्तै तह लगाउँछु। म त्यही संकल्प बोकेर आज यहाँ उँभिएको छु। त्यही संकल्पका साथ महाअभियोग प्रस्तावमाथिको यो छलफलमा आएको छु।

लोकतन्त्रमा संविधान र कानुनभन्दा माथि कोही हुन सक्दैन। लोकतन्त्रको मेरुदण्ड कानुनी राज्य हो। कानुनी राज्यको खिल्ली उडाउने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख लोकमानसिंह कार्कीले अदालतको सूचना हप्तौंसम्म टाँस गर्न अवरोध गरेको दुनियाँको आँखा अगाडि छिपेको छैन। के लोकमानसिंह कार्की कानुन र संविधानमाथि हुन्? संसदभन्दामाथि पनि कोही पनि हुन सक्दैन। तर संसदका समितिहरुले बोलाउँदा अटेर गर्ने, छल्ने, संसदीय समितिले बोलाउँदा बोल्नै नहुनेगरी बिरामी छु भनेर पत्र पठाउने र सञ्चारमाध्यममा अन्तर्वार्ता दिने कार्य भएको छ। के यो संसदलाई छलेको होइन? अटेर गरेको होइन? त्यसैले महाअभियोग लगाउन यही दुई आधार पर्याप्त छन्।

डा.गोविन्द केसीले पटक पटक घच्घच्याइरहेपछि हाम्रो मानसपटल उघ्रियो। त्यसपछि कांग्रेसका गगन थापा, माओवादी श्याम श्रेष्ठ र म तीन जना मिलेर लोकमानसिंह कार्कीविरुद्धका आरोप संसदमा छलफल हुनुपर्छ भनेर संसदीय समितिमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थियौं। त्यसपछि माननीय राधेश्याम अधिकारीले यो सवालमा अर्को इँटा थप्नुभयो। घर बनाउँदा जग देखिँदैन। त्यसैले अहिले हामी देखिएका छैनौं। अहिले घरका झ्यालढोका मात्र देखिएका छन्। छानो छाउन तीन दल एकै ठाउँमा उभिन आवश्यक छ। यो कसको एजेन्डा हो भनेर अलमलिरहन पनि आवश्यक छैन। यो नेपाली जनताको एजेन्डा हो, यो सबै दलको एजेन्डा हो।

अदालतले सिंहदरबारसँग लोकमानसिंह कार्कीको नियुक्तिको फायल माग्दा सिंहदरबारले नृवस्त्र नांगो नृत्य देखायोे। तर सिंगो संसद त्यसरीे निवशस्त्र नाच्न मिल्दैन ।

र्कीले केही पार्टीका ठूला नेतालाई भ्रष्ट्राचार अभियोग लगाउने तयारी गरेपछि महाअभियोग लगाउन खोजियो भन्ने कुरा पनि सुनिँदैछ। वास्तविकता के हो भने जब अदालतले लोकमानसिंह विरुद्धको मुद्दा ब्युँतायो। त्यही दिन राती हतारहतार अख्तियारले पत्रकार सम्मेलन गरी छानवीन थालेको जनायो। यो छानवीन गर्न खोजेको हो कि ब्ल्याकमेल गर्न खोजेको? छानवीन गर्नुभन्दा अगाडि यसरी पत्रकार सम्मेलन कुन कुन प्रकरणमा गरिएका छन्? कात्तिक २२ गते अख्तियारले नै जारी गरेको वक्तव्यले बोल्छ— दलका नेताहरुमाथि त्यतिबेला कुनै पनि मुद्दा चलाइँदै थिएन।  

कार्कीले पदीय दुरुपयोग गरेर मच्चाएको उदण्डताको उपज नै महाअभियोग प्रस्ताव आएको हो। पदको दुरुपयोग गरी उदण्डता मच्चाउन पाइँदैन। अहिले यसलाई असफल पार्न विभिन्न तानाबाना बुनिँदैछन्। धेरै चलखेल सुरु भएका छन्। संवैधानिक निकायको उच्च पदमा बसेर जसरी उदण्डता मच्चाइयो त्यसविरुद्ध एकबद्ध हुन जरुरी छ। कोही कोही संवैधानिक निकायको प्रमुखविरुद्ध महाअभियो प्रस्ताव ल्याउँदा अख्तियारको साख खस्किँन्छ भन्छन्। यो प्रस्ताव अख्तियारविरुद्ध होइन लोकमानसिंह कार्कीविरुद्ध हो। यदि साँच्चै महाअभियोग लगाउन नमिल्ने हो भने संविधानको धारा १०१ खारेज गर्दिए हुन्छ।

अदालतले सिंहदरबारसँग लोकमानसिंह कार्कीको नियुक्तिको फायल माग्दा सिंहदरबारले नृवस्त्र नांगो नृत्य देखायोे। तर सिंगो संसद त्यसरीे निवशस्त्र नाच्न मिल्दैन ।

लोकमानसिंह कार्कीविरुद्धको यो महाअभियोग नेपालीको स्वाभिमानसँग जोडिएको विषय हो। यो प्रस्तावको सन्दर्भलाई लिएर मलाई पदको माया छैन। पद त आउँछ जान्छ। नेपालीको स्वाभिमान गुम्यो भने त्यो फर्काउन धेरै वर्ष हामीले कुर्नुपर्ने हुनसक्छ। त्यसैले मेरो पदको लागि म लोभी छैन। म पद लिप्स छैन। तर नेपालीको स्वाभिमान कुनै हालतमा डगमगाउन दिन्न।

महाअभियोगको पक्षमा उभिन माननीय सदस्यहरुलाई मेरो हार्दिक अनुरोध छ।

(नेपाली कांग्रेसका सांसद धनराज गुरुङले शुक्रबार महाअभियोगमाथिको छलफलमा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित: २६ कार्तिक २०७३ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App