१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

जन्मभूमि र देश प्रेम

फाइल तस्बिर।

जन्मभूमिबाट आज विस्थापित भइयो। २००७ सालमा प्रजातन्त्र ल्याउन ज्यान बाजी लगाई स्टेनगन बोकी हिँडेको म आफूलाई नेपालको बढी माया गर्ने व्यक्ति ठान्छु। २०७९ साउन १३ गते नागरिकमा प्रकाशित युवराज गौतमको वीरेन्द्रको प्राण भन्ने शीर्षकको लेखमा मेरो भनाइ भन्दै शंकर होटलको सम्झनासाथ यो लेख तयार पारेको छु।

निजको लेखमा ‘शंकर होटलमा आयोजित कार्यक्रममा हर्कबहादुर गुरुङलाई धेरैले समर्थन गरे, उनको प्रस्ताव देश भक्तिपूर्ण थियो, त्यहीँ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले नेपाल-भारत सम्बन्ध बिगार्न चाहने गुरुङलाई मृत्युदण्ड दिनुपर्ने माग गरे। ऐन र संविधान मात्र होइन, विश्व कानुनको ज्ञाता भण्डारीको बाध्यता के थियो सहजै अनुमान गर्न सकिन्छ’ भनिएको छ।

यस शब्दबाट मलाई भारत पक्षीय बनाइ मेरो चरित्र हत्या गर्ने भनाइ दुःखदायी ठहर मेरो छ। झुट बोली अपमान गर्नु मानव धर्म होइन। मेरो भनाइ सो प्रतिवेदनले मधेसका, मधेसी जनताको अपमान गरियो। राजा महेन्द्रले २०१८ सालमा ‘यो मानिस विद्वान् र निडर छ, चाहेको पदमा नियुक्त गर’ भनी तुलसी गिरीलाई हुकुम बक्स भयो। मलाई त्यसबेला प्रधान न्यायालयमा न्यायाधीश बनाउन भनी प्रयासस्वरूप मेरो डेरामा कानुन मन्त्री अनिरुद्रप्रसाद सिंह तीन पटक आए।

‘बाघ जतिसुकै बूढो भए पनि घाँस खाँदैन’ भन्ने उखानसरह मानव हित सोची कार्य गर भन्ने सोचको मेरो मन थियो। त्यसैले सो पद मेरा निमित्त ग्राह्य भएन। मैले लेखेको छु-सुँगुर वैकुण्ठ गएन। म पनि जनसेवा गर्ने मनले राजस्व खान मन नलागी कानुन व्यवसायी भई आफ्नै पौरखमा लागि काम गरेको आज ६६ वर्ष भयो। मानिसले झुटो बोल्दा पनि केही अंश साँचो हुन आउँछ। उहाँको भनाइमा ऐन र संविधान मात्र होइन, विश्व कानुनको ज्ञाता भण्डारी भन्ने शब्दबाट म कृतज्ञ छु।

अदालतको मर्यादा राख्न मेरो बोलीको आधारमा पाँचपटक अवहेलनाको मुद्दा खेपेकामा सुरु मुद्दामा दुई रुपियाँ जरिवाना खान पुगेँ। स्वच्छ न्यायको पक्षमा बोल्दा जरिवाना खान पुगेकामा आज पनि मुटु काम्छ। म मात्र होइन, मेरो छात्र कुसुम श्रेष्ठलाई पनि अवहेलना मुद्दा लगाई पाँच सय रुपियाँ जरिवाना गर्दा हामीले ४९९ रुपियाँ उत्तिनै खेर सर्वोच्चमा बुझाइ एक रुपियाँ तिर्न नसक्दा एक दिन वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ सेन्ट्रल जेलमा बसी भोलिपल्ट वकिलका लस्करले फूलको माला लगाइदिएर सर्वोच्च अदालतमा पुर्‍याए।

मेरो हकमा तीनवटा मुद्दामा सफाइ पाएँ। अन्तिमको मुद्दामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी कानुन र न्यायको रक्षकले अदालतको अवहेलना गर्न सक्दैन भनी सफाइ पाएँ। यो लालमोहरभन्दा पनि ठूलो सौभाग्य मेरो। २०२८ सालमा स्नातकहरूले राष्ट्रिय पञ्चायतमा पुर्‍याएपछि पूर्वप्रधानमन्त्री कृतिनिधि विष्टले मलाई कानुन मन्त्री बन्न अनुरोध गर्दा र साथै श्री ५ ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि पुनः तुलसी गिरीले मलाई कानुन मन्त्री बन्न अनुरोध गर्दा सुँगुर,वैकुण्ठ गएन भन्ने पुराणको भनाइ ममा चरितार्थ हुन गयो।

चार वर्षे स्नातकबाट राष्ट्रिय पञ्चायतको सदस्य हुँदा १७ महिना कारागारकै बास बसियो। राष्ट्रिय पञ्चायतमा रहँदा बेलायतमा पार्टीको जन्म हिग र टोरीबाट सुरु भएसरह हामीले राष्ट्रिय पञ्चायतमा अनुदारवादी पञ्च र उदारवादी पञ्च गरी दुई खेमा तयार पारी निर्दलीय पञ्चायतलाई दलीय कायम गरियो। इटुमबहालमा पञ्चायतको घोर कालरात्रिमा पनि मानव सागरलाई बटुली जनस्तरमा सभा गरियो र पञ्चायतको धज्जी उडाइयो।

माथि लेखिए अनुसार १७ महिना कारागारमा बसियो। साना/ठूला गरी सात पटक कारागार बास र चार पटक कुटाइ पनि खाइयो तर अर्जुनले वज्र वाण प्रहार गर्दा पनि भीष्म पितामहलाई मार्न सकेनन्। बुद्धले भनेका छन्, कसैले गाली गरे नलिनू, सो गाली निजको साथमा रहन्छ। माउत्सेतुङ्गले भनेका छन्-शत्रुले तारिफ गरे पनि नलिनू। शत्रुले तिम्रो भलो गर्न सो शब्द भनेको होइन।

पोलपोटलाई कम्युनिस्टको जामा लगाइ लाखौँ मानिस मार्न लगाउने षडयन्त्रको पहिचान भएन र साथै सात लाख कम्युनिस्ट मार्ने इण्डोनेसियाका राष्ट्रपति सुहार्तोलाई बिर्सनु तथा सिद्धान्तयुक्त गन्जागोललाई कारागार वासमा राखी मृत्युवरण गरेको कुरा तथा आगे संसारभरमा रोजको ५ हजार कम्युनिस्ट मारिने गरेको गलत कार्य धेरैलाई थाहा हुन पनि सक्छ। तर शोषण, सामन्त इत्यादिले राष्ट्र दोहन गरी भोक, रोगको सिकार तथा खान नपाई कुपोषणबाट मरेका ती बालबच्चा संसारको विगत पल्टाइ हेर्‍यो भने हत्या आज पनि कायम छ आदि।

१९८६ मा कुमार खड्गविक्रम शाह मेरो चेलासमेत भएको उपस्थितिमा दिल्लीको भेलामा भारतले गरेको अन्याय अत्याचारको सत्य तथ्यको आधारमा बोलेको मेरो भाषणमा पूर्वराजदूत राशगोत्रा (अध्यक्ष) ले स्वीकार गर्दै भने-अतीतमा भारतले धेरै गल्ती गर्‍यो भन्ने स्वीकार गरेको सुन्ने हाल जीवित कृष्णमुरारी भण्डारी कायम नै हुनुहुन्छ। आफ्नो परिश्रमबाट उठेको मलाई कैयौँ शत्रुले खेदो गर्दा पनि अटुट रूपमा गरेका सेवा र राष्ट्र जनताप्रति मेरो  कर्तव्य दर्जनौँ सम्मान प्राप्तबाट प्रमाणित छ।

हालको रुसले पनि मैत्री र शान्ति कार्यमा गरेको कार्यको मूल्यांकन गरी सम्मान गरेको मेडल मसँग कायम छ। मेरो भाषामा ‘कुत्ता भुके हजार, हात्ती चले बजार’मा मैले शंकर होटलमा भनेको यस प्रतिवेदनले मधेसका मानिसप्रति अवहेलना गरेको मेरो ठहर भयो। मैले मधेसमा धेरै राष्ट्रभक्त मानिस देखेको छु।

यसप्रकार मधेसका मानिसलाई अवहेलना गर्नेगरी तयार पार्ने प्रतिवेदक डा. हर्क गुरुङलाई ‘म प्रधानमन्त्री भएमा झुण्डाइ मारिदिन्छु’ भनेको ठीक हो।तर गौतमजीले भनेअनुसार नेपाल-भारत सम्बन्ध बिगार्न चाहने गुरुङलाई मृत्युदण्ड दिनुपर्छ भनेको होइन। मेरो नजरमा झुट बोली कसलाई रिझाउन चाहनुभएको हो मैले बुझन सकिन। अगर तपाईको उक्त लेखमा सत्य प्रमाणित भएमा म तपाईँको भाँडा माझी शेष जीवन बिताउन तयार छु। गौतमजी, सत्य जाहेर गर्नोस्, यही प्रार्थना छ।

तार लगाइ करोडौँ खर्च गरी राष्ट्रलाई घेरामा राखी राष्ट्र बाच्न सक्दैन। भोका, नाङ्गा जनतालाई सक्षम बनाउनूस्, राष्ट्रलाई कसैले पनि समाप्त पार्न सक्दैन।

तपाईको लेख मैले बराबर पढ्ने गरेको छु। तार लगाइ करोडौँ खर्च गरी राष्ट्रलाई घेरामा राखी राष्ट्र बाच्न सक्दैन। भोका, नाङ्गा जनतालाई सक्षम बनाउनूस्, राष्ट्रलाई कसैले पनि समाप्त पार्न सक्दैन।  भारतललाई कैयौँले चिढ्याए। आज नेपाल भारतको अर्ध उपनिवेश बनाइछाड्ने देशभक्त हुन सक्दैन। मधेसबासीलाई अपहेलना गरेको शब्दले गर्दा मधेसवासी राष्ट्रमा विभेद उत्पन्न गर्न सफल भएसरह कार्यले आज म जन्मभूमिमा खुट्टा राखेको र सकेको छैन।

प्रतिवेदन तयार गर्दा बद्रीबहादुर कार्की र विश्वकान्त मैनाली पनि भएको सुनेको थिएँ। देशभक्त प्रभुनारायण चौधरीले विश्वकान्त मैनालीलाई झण्डै कुटेका उदाहरणबाट मधेसबासीलाई कति रिस उठेको रहेछ भन्ने उदाहरण हो यो। आज प्रजातन्त्रको नाममा तपाई समेतले दिएका मतले राष्ट्र अधोगतिमा पुगेको छ। दोषी को? भोका दरिद्र नेपालीको उद्धार र विकासबारे कार्य गर्दै जनचेतना उत्पन्न्न गरेमा नेपाललाई तार जालीले घेर्न आवश्यक छैन।

तार लगाउने खर्चले गरिबी उन्मूलन गर्नोस्। सिटामोल नपाई मर्ने नेपाली धेरै छन्।  सत्यतथ्यका आधारमा लेखनले ठाउँ पाओस्। अतितमा मैले लिएको स्टेनगनका मर्यादा राखी राष्ट्र उत्थानमा लाग्नोस्। लेखनीको महत्त्व झुटमा होइन, सत्य तथ्यका आधारमा मानव उत्थानमा प्रयास गर्नोस्, यही मेरो प्रार्थना छ। आज म ९६ वर्ष पाको उमेरको दौडमा छु। न्याय क्षेत्र लगायत मेरो कार्यलाई अवलोकन गर्नोस्। झुटले राष्ट्रको भलो गर्दैन। राष्ट्रप्रति गरिने जगत् भलो हुने कार्यले नै राष्ट्र भक्ति झल्कन जान्छ।

मेरो गाउँका में कृष्णप्रसाद भण्डारी (वरिष्ठ अधिवक्ता), मोहन यादव र सीता भण्डारी बराल (वरिष्ठ अधिवक्ता) र मोहन यादव न्यायाधीश हुन गएन। घूस खान त न्यायाधीश हुन गोरखा जाँदैछ भन्दा निज गोरखा गएन। यसैबाट बुझ्नोस्, न्याय आज विकृति/विसंगतिमा रहेको जनमानसको भावना। न्याय सबभन्दा महान् अधिकार हो भने गरिबी ठूलो श्राप हो। न्याय प्राप्ति र गरिबी उन्मूलनतर्फ बाटो देखाउने तपाईँको कलमले सत्मार्ग लेओस्। यही मेरो ईश्वरसँग प्रार्थना छ।

(वरिष्ठ अधिवक्ता)

प्रकाशित: २७ श्रावण २०७९ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App