१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

नागरिक नेपाली–नेपाली नागरिक–वसन्तपुर डबली

लोकप्रिय दैनिक ‘नागरिक’ प्रकाशनमा आएको चौध वर्ष भइरहेको छ। अविरल प्रकाशन भइरहनु यसको नैरन्तर्य लगनशीलताको दसी प्रमाण बनेको छ। नेपाली पत्रकारिता जगतको गैरवशाली महिमा ठान्छौं, नैरन्तैर्य लगन–दीर्घायु!

वर्तमान नेपाली वाङ्मय जगतका लागि सार्थक देन बनेको छ, यसको गतिशील क्रम। नैरन्तर्य दृढ संकल्पबाट प्राप्तिन्छ। नागरिक व्यवस्थापनका परिचायक दृष्टान्त हो... यो। नगरिक दैनिक समाचरपत्रको व्यवस्थापन भन्नाले पक्कै पनि यसका यावत व्यवस्थापकीय पक्ष समाहित हुन्छ।

परन्तु, मूल आत्मा भन्नु यसका विविध अङ्गप्रत्यङ्गलाई समुचित तवरले सन्तुलनमा राखी कामयाव राख्नु हो। विविध अंगप्रत्यंगलाई निरन्तर कर्मयोगी राख्ने मूल संयन्त्रमा मनमस्तिष्क नै प्रमुख हुन्छ। संस्थागत आधारमा विवेचना गर्दा संस्थापनको पक्ष नै मूलभूत मेरुदण्ड हुन आउँछ। मेरुदण्डमा आघात लाग्दा जसरी सम्पूर्ण अवयव नै पङ्गु बन्छ, त्यसरी नै संस्थागत आचार पद्धतिमै आघातित हुन्छ।

नागरिक दैनिक एकांगी छैन। विधामा मातृभाषा र विश्वभाषामध्ये एकलाई अन्तर्राष्ट्रिय सम्वादसूत्रको धार बनाएको छ। तात्पर्य, यसको अंग्रेजी दाैँतरी रहेको अंग्रेजी बोलीको प्रकाशन ‘रिपब्लिका’सित छ। कर्मठ छँदा आक्कलझुक्कल म पनि त्यसमा आर्टिकल छपाउँथेँ भन्दा गौरवान्वित हुन्छु। पूर्वीय जीवनदर्शनअनुसार यति त पूर्वाञ्चन मात्र भयो। श्री गणेशाय नमः। कर्मठ जीवनकालका अधिकांश भाग मातृ एवं मित्र भूमि विचरन अध्ययनमै बित्यो। अहिले त्यो सम्भव छैन, त्यसलई वचत अनुभूति, बैंक वचत ठानेमानेको छु।

यो नागरिक सञ्चारमूलक संवादको मुहूर्त बनेको छ। यहाँहरूको सार्थक अनुभूतिमूलक संगतका सूक्ष्म मधुरिमा गायन गर्नुपर्ने बेला छ। कर्तव्य नै ठानेको छु। कर्तव्यबोध धर्म बन्छ। बनेको छ नै। अध्ययन र कार्यानुभवविनाको फलक्याइँ बकम्फुसे बकवाद बन्छ। आम सञ्चारको स्तुत्य सम्वाद रहन्न। धर्मनिष्ठताबाट विचलन हुने धृष्टता सम्वरण गर्न चाहन्नँ।

अध्ययन अवस्थाको तन्नेरी कालको आम सञ्चार माध्यम रहेका छापा र मुद्रण उस्तै नरहे पनि भयंकर फड्को मार्दै अग्रगण्य अवस्थामा अवतरण भएको छ। यो तथ्य युगबोधी ज्ञानको अन्तर्य बनेको ठान्छु, मान्छु। हेर्दाहेर्दै आम सञ्चारको माध्यम केवल गोरखापत्र एउटै छापा थियो। त्यो पनि सीमित संख्यामा मुद्रण हुन्थ्यो। न गतिलो मुद्रणालय, न केही वितरण प्रणाली ! गोरखापत्रमा न अहिलेझैँ धेरै संख्या, पाना, विज्ञापन नै हुन्थ्यो। अब आम सञ्चारको युग। अनगिन्ती राष्ट्रिय दैनिक, साप्ताहिक, अद्र्धसाप्ताहिक, सन्ध्याकालीन के के के के। युगकै वरदान बनेको छ–‘नागरिक,’ आम नागरिक नेपाली र विश्व नागरिकलाई।

पत्रकारिता जगतका थाप्लोको नाम्लोमा सही सलामत समाचार सञ्चार गर्ने भारी त छँदैछ। त्यसका लागि जिल्ला जिल्लामा संवाददाता राखेर सत्य, तथ्य वस्तुस्थिति संकलन सम्प्रेषण गरिरहेकै पाइन्छ। सम्प्रेषणीय सन्देश, समाचार जनहितार्थ छापिएकै पढ्न पाएका छौं। यसले देशका कुनाकाप्चा सचेत, सजग बन्न बनाउन योगदान पुर्‍याएको छ। यस क्षेत्रमा निजी, कर्पोरेट सञ्जालहरूले लोकतन्त्रलाई आयामिक योगदान पुर्‍याइरहेछ।

लोकतन्त्र सुधारात्मक आलोचना–प्रत्यालोचनामा अग्रगण्य राज्य व्यवस्था भएकाले खुलमखुला आलोचनादायक पद्धति नै रहेको छ। यस कारण आम सञ्चार माध्यमले अभूतपूर्व खुला आकाश पाएको छ। यसै हेतु नेपाली सामाजिक सञ्जालसित जनता जनार्दनले पनि निर्बन्ध उडान भर्न पाएका छन्, स्वस्थ तवरले।

नागरिक अभियानको वार्षिकोत्सव नेपाल संस्कृतिकै मुटु रहेको मल्लकालीन राजधानी काष्ठमण्डप क्षेत्रको प्रांगणमा आयोजित छ। यसको नामैले मण्डप शैलीमा निर्मित यो मन्दिर मण्डप शैलीको हो भन्ने प्रमाणित हुन्छ। काठमाडौं महानगरपालिकाका सम्पूर्ण पदाधिकारी तथा प्रमुख/मेयरज्यूमा मण्डप शैलीमा निर्मित रहेको सत्यतथ्यप्रति गम्भीर चिन्तन मनन, विश्लेषण, संश्लेषण हुने गर्ने जमर्को गर्न नागरिक मञ्चको यस कार्यक्रम ध्यानाकर्षण गर्ने अनुमति माग्दछु। दक्षिणपूर्वी एसियाका केही मुलुकका प्यागोडा शैलीका मन्दिरभन्दा मण्डप शैलीका आफ्नै विशिष्टता छन्। तीमध्ये एक ज्वलन्त उदाहरण मन्दिरको ‘छिँडी’ भूइँतलाका बीच भागको चारकुने ‘मण्डप’ नै जीवन्त रहेको छ।

यो डबली—बसन्तपुर डबलीका नाम संज्ञाले प्रसिद्ध छ। यस डबलीमा बसन्त मेलाको राजर्षि भेला हुने गथ्र्यो। मल्लकालीन थ्यासफु भजन गाना गुठी दीपावली मेला हुने गथ्र्यो। इतिहासको गर्भगृहमा यस तथ्यको सुगन्ध सुँघ्न पाइँदो छ। नागरिक सञ्चार माध्यमले वसन्तपुर डबलीलाई कर्यक्रमको साधन मञ्च बनाई सर्थकता सिद्ध गरेको ठान्छु। डबली भनेकै हाम्रा मौलिक अभिव्यक्ति बनेको छ, मञ्च शब्दको। यो नेपालभाषाको आफ्नै वर्चश्वशाली अभिव्यक्ति रहेको छ।

वसन्त ऋतुको मेला यहीँ लाग्छ, अद्यावधिक पनि। यही डबलीको सामुन्ने नौ तले दरबारकै प्रांगणमा वसन्त ध्वजायुक्त सप्तरंगी चिरछत्तरी हर साल गाडिन्छ। यो सर्वविदित तथ्य हो। यथार्थ हो। शासकहरूको मरण हुन्छ। शासन छल्छन्। फेरिन्छन्। तर संस्कृति सदाबहार रहन्छ। पुर्खाले बिजारोपण गरेका परम्परा कालान्तरमा संस्कार बन्छन्। तिनै संस्कार त नागरिक संस्कृति बन्छन्।

आम नागरिक नेपाली समाजको नशानशामा अन्तरनिहित नागरिक सांस्कृतिक संचेतना अमर छन्। वसन्तपुर डबलीमा आयोजित १४औं नागरिक वार्षिक कार्यक्रमले नेपालको सम्पूर्ण नगर, गाउँपालिकाव्यापी स्थानीय संस्कृतिहरूलाई संरक्षण, संवद्र्धन गर्न प्रतिवर्ष संस्कृति विशेष अंक प्रकाशन गर्न सकुन्। शुभकामना। स्थानीय संस्कृति प्रवद्र्धनद्वारा पर्यटनसाथै आर्थिक समुन्नतिले राष्ट्रलाई टेवा पुर्‍याउन सकौँ। जय देश! जय नागरिक!

प्रकाशित: ११ वैशाख २०७९ ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App