६ आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

रोमाञ्चक अभ्यास

प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख २१ गते राष्ट्रका नाममा संवोधन गरेर राजिनामाको घोषणा गर्दा इमेज च्यानलले पनि प्रत्यक्ष प्रसारण गरेको थियो। घोषणा लगत्तै त्यही विषयमा कांग्रेसका मनमोहन भट्टराई एमालेका गोकर्ण विष्ट र माओवादीका अग्नि सापकोटासँग प्रत्यक्ष छलफल पनि चलाएको थियो।
संयोग त्यही साँझ ४-५ घण्टापछि इमेज च्यानलले ७ बजेको समाचार बुलेटिनको बीचमा दाहालको १६ महिना पुरानो भिडियो टेपबाट लगभग १० मिनेटको समाचार प्रसारण गर् यो । २०६४ पुस १८ गते माओवादीको तीन नम्बर डिभिजनको शक्तिखोर शिविरमा सिनियर कमाण्डरहरुलाई दिइएको प्रशिक्षणको टेपको त्यो अंश प्रसारण भइनसक्दै प्रतिक्रिया ओइरिन थाले ।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले बैशाख २३ गते पत्रकार सम्मेलन गरेरसमेत जवाफ दिन नसकेको भिडियो टेपको सन्दर्भ नेपाली राजनीतिमा लामै अवधिसम्म बहसमा रहनेछ । बहसमा द्वन्द्वविद् राजनीतिक विश्लेषकसँगै प्रेस जगत् पनि उत्रिएला र नेपालमा शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउन 'अतुलनीय योगदान पुर् याएको' अन्मिन र त्यसमार्फत् राष्ट्रसंघ पनि तानिएला । अन्तर्वस्तु माथि बहसको अवसर सायद पटकपटक आउनेछ भविष्यमा ।
तैपनि अहिले धेरैबाट सुन्न परेको जिज्ञासा भोग्नु परेको दबाव र खेप्नुपरेको आलोचनाका सन्दर्भमा समाचार समूहको नेतृत्व गरिरहेको नाताले केही अनुभव बाँड्नु उपयुक्त नै होला ।

प्रधानमन्त्री दाहाल र माओवादीका थुप्रै नेताले उनको राजीनामा आएलगत्तै भिडियो टेप सार्वजनिक हुनुमा 'नियोजित षडयन्त्र' देख्नु दृष्टिभ्रम मात्र हो । दाहालले सोचेजस्तो यसमा 'राष्ट्रिय आत्मसमर्पणवादी प्रतिक्रान्तिकारी एवं यथास्थितिवादी' को हात छैन र यसको मनसाय 'सैनिक सर्वोच्चता कायम राख्ने योजना एवं असंवैधानिक कदमबाट ध्यान विचलित गर्ने' पनि छैन । राजीनामा दिएकै भए पनि दाहाल देशको प्रधानमन्त्री हुन् । एउटा ठूलो पार्टीको नेता हुन् । आफूलाई मन नपर्ने विषय आउनासाथ मिडियाविरुद्धै प्रत्याक्रमण गर्नु उनको व्यक्तित्व सुहाउँदो हैन।

लोकतन्त्रमा विषय लुकाइन्न प्रकाशमा ल्याइन्छ । प्रकाशमा आएको विषयको तार्किक जवाफ दिनु बुद्धिमानी हुन्छ । जेमा पनि 'षडयन्त्र' देख्ने मनोग्रन्थीबाट बाहिर निस्कनुपर्छ । यो पारदर्शिताको शताब्दी पनि हो । लोकतन्त्र गायत्री मन्त्र नभएर जीवन शैली र व्यवहारको परीक्षा हो । लोकतन्त्रमा विचार र अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । त्यो अप्रिय भए पनि हेर्न सुन्न सक्नुपर्छ ।

भिडियो टेप त्यही दिन प्रसारण हुनु संयोग मात्र हो । प्रधानमन्त्रीको संवोधन भोलिपल्ट भएको भए भिडियो टेपको प्रसारण संबोधनको अघिल्लो दिन पर्न जान्थ्यो । भिडियो टेप प्रसारणपछि राजीनामा आएको भए अर्कै व्याख्या हुनसक्थ्यो । राजीनामापछि प्रसारण हुँदा समेत असहिष्णु समूहले आक्रमणको प्रयाससहित जस्तो प्रतिकि्रया जनायो त्यसबाट धेरै कुरा बुझ्न सकिन्छ।

पत्रकारिताको मूल्य मान्यता सिद्धान्त व्यवहार वा नेपालको विषम परिस्थितिमा साचार माध्यमले निर्वाह गर्नुपर्ने भूमिकाको कसीमा हेर्ने हो भने उक्त भिडियो टेप सार्वजनिक भएकोमा आलोचना आक्रोश वा आपत्ति जनाउनुपर्ने ठाउँ रत्तिभर पनि भएजस्तो लाग्दैन । समाचारका प्रत्येक शब्द दोहोर् याएर सुने हुन्छ कँही पनि सनसनीपूर्ण पारिएको छैन । बरु सन्दर्भ प्रष्ट गरिएको छ - यो सम्बोधन कार्यकर्ताहरु माओवादीले जित्दैछ कि हार्दैछ भनेर दोमन भएको बेला उनलाई सम्झाउनका लागि हो भनेर।

त्यसमा कुनै टिप्पणी गरिएको छैन । विचार कतै घुसाइएको छैन । छैन गलत अर्थ लाग्ने गरी व्याख्या पनि गरिएको । मिति '२०६४ पुस १८' भनेर समाचार अंशको अवधिभर देखाइएको छ । समाचारको पहिलो शेङ्खला अरु कसैले भनेजस्तो ३÷४ दिन देखाइएको पनि हैन । अघिल्लो साँझको ७ बजेदेखि भोलिपल्ट बेलुकी ६ बजेसम्मका नेपाली समाचार बुलेटिनमा प्रसारण गरिएको थियो । हजारौं टेलिफोन आएर माग दुई तीन दिन दोहोरिए पनि आश्चर्य हुन्न । फेरि हाम्रो जस्तो टेलिभिजन हेर्न पनि बिजुलीको अवसर र आफ्नो भाग्यबीच मेल खानुपर्ने परिवेशमा त त्यो आवश्यक नै हुन्छ । इमेजले भोलिपल्ट बेलुकी ७ बजे त्यो भिडियो टेपको दोस्रो शृङ्खला दिएको हो र मुख्य अंश लुकाइयो भनेर माओवादी तर्फबाटै गुनासो आएपछि दोस्रो दिन साँझ पौने ८ बजेबाट पूरै वक्तव्य दिइएको थियो ।

त्यो वक्तव्यको प्रसारण समाचार मूल्यका दृष्टिले उच्चतम थियो । रोमााचक र साहसिक पनि थियो । इमेज च्यानल र त्यसमा संलग्न सबै त्यसको प्रसारणका निम्ति गौरवबोध गरिरहेका छन् । पत्रकारिताको सिद्धान्त धर्म आचारसंहिता हरेक दृष्टिले त्यसको प्रसारण सही छ । जारी शान्ति प्रकि्रयाका सन्दर्भमा त झनै आवश्यक छ । राष्ट्रियताको मूल्यमा भनांै वा लोकतन्त्र अग्रगमन संघीयता र गणतन्त्र जुन कसीमा जाँचेर हेरे पनि यसको प्रसारण उचित छ । र विल्कुल सान्दर्भिक पनि छ ।
विष्ट एमेज च्यानलका समाचार प्रमुख हुन्।

प्रकाशित: २६ वैशाख २०६६ २०:०९ शनिबार