९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

भाइटीकाको मनोवैज्ञानिक पक्ष

क्याप्शन

यमपञ्चकको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर  मनाइन्छ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन पर्ने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन हो।

हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूका अनुसार यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। 

सम्बन्ध मनोसामाजिक सुस्वास्थ्यकोे आधारभूत तत्व हो। हाम्रा चाडबाडमा खासगरी सम्बन्धहरू विस्तार गरी आफ्नोपन वृद्धि गर्न सहयोगी सिद्ध भएका छन्। 

यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ, दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने÷गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिँने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीनकालदेखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मान्ने गरिएको हो।  

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ। शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय विश्वासअनुुसार भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनु उत्तम मानिन्छ।  

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलको माला लगाइदिने गरिन्छ। 

टीका लगाउनभन्दा पहिला लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको पूजाराधना गरिन्छ।  

टीका लगाएपछि दाजुभाइले दिदीबहिनीलाई आर्थिक क्षमताअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई र दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने धार्मिक एवं सामाजिक परम्परा छ।

भाइटीकाको मनोवैज्ञानिक पक्ष  

सम्बन्ध मनोसामाजिक सुस्वास्थ्यकोे आधारभूत तत्व हो। हाम्रा चाडबाडमा खासगरी सम्बन्धहरू विस्तार गरी आफ्नोपन वृद्धि गर्न सहयोगी सिद्ध भएका छन्। अनुभव, जसले सुस्वास्थ्यमा योगदान पु¥याउँछन्, प्रायः हाम्रो सम्बन्धका माध्यमबाट जोडिएको छ। सकारात्मक मनोविज्ञानले व्यक्तिको जीवनमा उपयुक्त भूमिका उजागर गर्न सकारात्मक भावना, संवेग, चरित्र, शक्ति र सकारात्मक मानव कल्याण र आनन्दको सेवा गर्दै उपयुक्त जीवन निर्माण गर्ने संस्थाको अध्ययन क्षेत्रका रूपमा परिभाषित गरिन्छ।  

शिक्षा र रोजगारीका लागि सहरी क्षेत्रमा बसोवास गरिरहेका मानिस अरू चाडमा भन्दा भाइटीकाका बेला ग्रामीण क्षेत्रतर्फ जाने गर्छन्। यसबाट आत्मीयता वृद्धि गर्ने अवसर प्राप्त हुन्छ। 

उच्चस्तरको मनोसामाजिक सुस्वास्थ्यले मानिसमा काममा राम्रो प्रदर्शन गर्न, अधिक सन्तोषजनक सम्बन्ध राख्न, अधिक सहयोगी भावनाको विकास गर्छ। बलियो प्रतिरक्षा प्रणाली, राम्रो शारीरिक स्वास्थ्य हुन्छ। लामो अवधिसम्म बाँच्न सहयोगी हुन्छ। हृदय रोगका कारण हुने मृत्यु, अनिद्रा हुने जोखिम कम गराउँछ। अधिक आत्मसंयमी बन्न र सकारात्मक सामना गर्ने कला बढाउँछ।

शिक्षा र रोजगारीका लागि सहरी क्षेत्रमा बसोवास गरिरहेका मानिस अरू चाडमा भन्दा भाइटीकाका बेला ग्रामीण क्षेत्रतर्फ जाने गर्छन्। यसबाट आत्मीयता वृद्धि गर्ने अवसर प्राप्त हुन्छ। जसलाई व्यक्तिले आफ्नो उपलब्धि ठान्छ।  

जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सामान्य हुन मद्दत गर्ने मनको गुण वा क्षमतालाई मानसिक लचकता भनिन्छ। सांस्कृतिक र मानसिक लचकता क्षमताका कारण व्यक्तिले जीवनमा आइपर्ने असामान्य परिस्थिति, पीडा, दुःख आदिको सजिलै सामना गर्न सक्छ। यस्ता व्यक्तिको जीवनमा नकारात्मक प्रभाव हुँदाहुँदै पनि त्यसलाई सजिलै सामान्यीकरण गर्ने क्षमता राख्छ। सांस्कृतिक लचकता अभिवृद्धिमा बाल्यकाल, परिवार, सम्बन्ध, शिक्षा, समाज, देश, परिस्थिति, आर्थिक पक्ष आदिको प्रभाव रहन्छ। सांस्कृतिक र मानसिक लचकता वृद्धि गर्न यस चाडले सहायता गर्छ। हाम्रो नेपाली संस्कृतिमा चाडबाड, धर्म, जातीय विश्वास र कुल देवतासम्बन्धी धारणाले मानसिक लचकता निर्माणमा भूमिका खेल्छन्।  

आधुनिक मनोविज्ञान र मनोचिकित्साको युगमा सांस्कृतिक लचकता र मानसिक सुस्वास्थ्यका लागि सांस्कृतिक लचकतामा आधारित मनोचिकित्साको खोज/अनुसन्धानतर्फ सम्बन्धित निकायको ध्यान बेलैमा जान जरुरी छ। जसले सांस्कृतिको जगेर्नाका साथै कलामा आधारित सांस्कृतिक लचकताको प्रवद्र्धन पनि गर्न सकिन्छ। 

द स्कुल अफ साइकलोजि नेपालका अध्यक्ष लेखक पिके क्याम्पसमा पढाउँछन्

प्रकाशित: १ मंसिर २०७७ १२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App