१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

कोइरालाको खुम्चिँदो भूमिका

अविकसित देशहरुमा विज्ञान तथा प्रविधिमा गरिने लगानीलाई विलासिताको विषय मान्दा भोग्नु परिरहेको क्षतिका बारेमा लेख्न बसेको थिएँ। तर परराष्ट्रमन्त्री ज्वरोले थला परेको समाचारको प्रभावले विज्ञानका बारेमा लेख्ने एकाग्रता जुट्न सकेन। एउटै दलको सदस्य साथीका रुपमा रहेकी परराष्ट्रमन्त्रीलाई केही भन्न सुनाउन दलभित्रकै चौताराहरु प्रयोग गर्नु उपयुक्त र विधिसम्मत हुन्छ। तर रंगमंचमा पर्दा अगाडि पात्रहरु जति प्रभावशाली देखिए पनि आखिर तिनको हाउभाउमा समेत पर्दा पछाडिको निर्देशककै नियन्त्रण रहन्छ। केटाकेटीमा काखी मुनि प्याज राखी ज्वरो आएको स्वाङ गरेर आमालाई झुक्याइन्थ्यो। यहाँ त पिता स्वयंले पुत्रीलाई काखीमुनि प्याज राख्ने चतुर्याईँ सिकाउनु पर्यो । हुन त परराष्ट्र मन्त्रीका पिताजी हाम्रो पार्टीका प्रमुख हुन् तर पार्टीका छलफलमा अनुपस्थित रहने र आपुनो खोपीमा आफूले छानेकालाई मात्र प्रवेशाज्ञा जारी हुने भएकोले खबर पठाउने यो नै उपयुक्त माध्यम हो जस्तो लाग्यो। किनभने बिहान सखारै आपुना सहयोगीहरुलाई पत्रपत्रिका वाचन गर्न लगाउने बानी छ अरे भन्ने सुनिएको छ।

संविधानसभाको सदस्यको जिम्मेवारी पाएपछि नेपाली कांग्रेस संसदीय दलको पहिलो बैठकमा सहभागी हुँदा बाहिर हस्ती भनेर चिनिने नेताहरुले समेत चियागफमा हामी विद्यार्थीले कांग्रेसको नेतृत्व यस्को कार्यशैलीका बारेमा गर्ने टीकाटिप्पणी कै शैलीमा बोलेको सुनेपछि छेउमा बस्ने एक केन्द्रीय नेतालाई भने - 'दाइ! मलाई ठूलो भ्रम रहेछ । कांग्रेस त जम्मा १५ जनाले चलाएका रहेछन् । बाँकीको हालत त सडकमा बस्ने कांग्रेसको जस्तै रहेछ' उनले सोधे -'को १५ ?' मैले भने -'कांग्रेसका सभापति पदाधिकारी र केही डाक्टरसापहरु' उनले मुस्कुराउँदै भने -'यहाँसम्म आइपुग्दा तिम्रो एउटा भ्रम हट्यो । अब त्यो १५ भित्र पुग्यौ भने अर्को भ्रम टुट्ला। हामी १४ कोही र केही होइन रहेछौँ कांग्रेस त जम्मा एकजनाले चलाउने रहेछ।' संसदीय दलको बैठकमा मैले यो किस्सा सुनाउँदा १५को समूहमा पर्ने नेताहरुले मलाई धाप दिँदै भनेका थिए- 'भाइ आज तिमीले बडो चित्त बुज्दो कुरा गर्यौ।' यसपछि पनि सकेपछि १५को समूहका बाँकी नेतालाई सिकायत सुनाउने अर्थहीन काम किन गर्नु
आपुनो विख्यात पुस्तक'दि एण्ड अफ पोभर्टी'मा जेफरी स्याक्स लेख्छन् - 'विकास र प्रगतिको भर्याङ अचम्मको हुन्छ। जमीन र पहिलो खुड्किलोबीचको खाडल नै सर्वाधिक फराकिलो हुन्छ। जुन देशले यो खाडल नाघ्ने छलाङ मारेर विकासको पहिलो खुड्किलामा टेक्छ थप सिँढी उक्लन कसैले रोक्न सक्दैन।' हामीले विकासको भर्याङको पहिलो खुट्किला टेक्ने प्रयास धेरै पटक गर्यौ तर सधैँ पछारियौँ । एकपटक फेरि यस्तो प्रयास गर्दै छौँ । थाहा छैन यस पटक पनि पछारियौँ भने उठ्न कति वर्ष लाग्ने हो यस पटक नपछारिन प्रत्येकले आपुनो जिम्मेवारी पूरा गर्नु नै पर्छ - प्रत्येक नागरिकले, प्रत्येक क्षेत्रले, प्रत्येक दलले, कांग्रेसले, एमालेले माओवादीले । म र मेरोजस्तो भूमिका पाएका सबैले। हाम्रो थाप्लोमा आएको जिम्मेवारी निर्वाह गर्न आवश्यक योग्यता र दक्षता प्रदर्शन गर्न नसकेको जायज गुनासोलाई मैले र मेरोजस्तै जिम्मा पाएका साथीहरुले स्वीकार्नै पर्छ। तर फेरि पनि जसको भुमिका धेरै हुन्छ उसैको जिम्मेवारी पनि अधिक हुनु स्वाभाविक हो । त्यसैले सत्य यही हो माओवादीभित्रको 'बिग सेभेन'को विचार र कर्मले नै हाम्रो शान्ति प्रत्रि्रुयामा माओवादीको भूमिका तय गर्छ अनि कांग्रेसभित्र परराष्ट्र मन्त्रीका पिताजीको विचार र कर्मले नै कांग्रेसको भूमिका । कांग्रेस र माओवादीको भूमिकाले शान्ति प्रवि्रुयाको भविश्य तय गर्छ । यसरी सूत्र बनाउँदा कांग्रेस = अन्य राजनीतिक दलहरु = सफल शान्ति प्रवि्रुया कांग्रेस = गिरिजाप्रसाद कोइराला गिरिजाप्रसाद कोइराला = सुजाता कोइरालाको पिताजी बन्न आउँछ । त्यसैले पनि नेपाल फेरि नपछारियोस् भन्ने प्रयत्न गर्नेहरुका निम्ति आज 'दिज्यू'को ज्वरोलाई शान्ति प्रवि्रुयाको भविष्यसँग जोडेर हेर्न वाध्यता बन्न पुगेको छ ।

नेपालजस्तो राष्ट्रको प्रगतिका निम्ति अन्तत एउटा 'परोपकारी तानाशाह' अनिवार्य भएको तर्क गर्नेहरु प्रशस्त भेटिन्छन् । तर वंशानुगत राजतन्त्रको अधिनायकत्वमा शाताब्दियौँ खेर फालेको हाम्रो अनुभवले सिकाएको पाठ हो - नेपालजस्तो देशको प्रगतिका निम्ति आवश्यक भनेको परिष्कृत लोकतन्त्र नै हो । प्रभावकारी पारदर्शी जनउत्तरदायी र कार्यदक्षतायुक्त लोकतान्त्रिक संस्थाहरु नै परिष्कृत लोकतन्त्रका आधार हुन् । कुनै समय गिरिजाप्रसाद कोइरालाको सहयोगी र सल्लाहाकार समेत रहेका पुराजन आचार्यले भनेजस्तै २०४८ सालको जननिर्वाचित सरकारको कालखण्डमा गिरिजाबाबु खिइएर गिरिजादाजुमा रुपान्तरित हुँदा यस्तो संस्था र यस्का निम्ति चाहिने संस्कार र संस्कृतिको जग नै बसाउन सकिएन । समयले फेरि गिरिजाप्रसाद कोइरालालाई गिरिजादाजुबाट गिरिजाबाबु बन्ने ठाउँ दिएकै हो । र यो भाग्यले गर्दा भएको वा कागताली परेको पनि होइन यस्को जस उनको कर्मलाई नै दिनुपर्छ बरु केही जस पूर्वराजाको मूर्खतालाई पनि दिन सकिएला । संविधानसभाको निर्वाचनको व्रुममा देशभरि डुल्दा मैले नजिकबाट देखेको थिएँ जनताका पंक्तिले गिरिजाबाबुलाई परिवर्तनको सर्वोच्च नेताको रुपमा स्वीकार गर्न थालिसकेको थियो । तर निर्वाचन पश्चात राष्ट्रपतिको लालसा राख्दा राष्ट्रपिताको सम्मान गुम्न गयो । त्यसपछि कांग्रेसको जागरण अभियानको व्रुममा पार्टी सभापतिसँग देशका महत्वपूर्ण स्थानमा आयोजित जनसभामा सहभागी हुने व्रुममा देखेको थिएँ आपुनो जीवननै कांग्रेसमा समर्पित गरेका कांग्रेसका सदस्यहरुको ठूलो पंक्तिको कत्रो श्रद्धा कत्रो भरोसा यिनीमाथि ! यो श्रद्धा वास्तवमा छोराछोरीले बाबुलाई गर्नेजस्तो थियो । हामी सबैले उनलाई सबैको पितामह बनाउन चाह्यौँ तर उनको रोजाइ भने धृतराष्ट्र बन्नमा रह्यो।
केहि दिनअगाडि कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्न रुचिपूर्वक विशेष पहलकदमी गरेको सुनियो । दलहरुबीच टुट्दै गएको सम्बन्धलाई हार्दिक बनाउन यस्तो संयन्त्र अपरिहार्य छ । यस्तो संयन्त्रलाई वि्रुयाशील बनाउन सके नै शान्ति प्रवि्रुयामा देखिएका अनपेक्षित जटिलता पछाउँदै सबै दलहरु सम्मिलित सरकार बनाएर नयाँ संविधान घोषणा गर्ने मार्ग प्रशस्त हुन सक्छ । सायद यस्तै अपेक्षाले होला कोइरालाको पछिल्लो प्रयत्नले सबैलाई उत्साहित बनाएको थियो । तर छोरीलाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्रीलाई कोइरालाले दिएको दबाबले त्यस्तो प्रयत्न केबल पुत्रीको लाभका लागि राजनीतिक प्रकि्रयामा आपुनो प्रभुत्व निरन्तर राख्ने अभिप्रायले गरिएको पुष्टि गर्छ । गिरिजाबाबु वास्तबमै अब सानोबुबा मात्र रहे सुजाता कोइरालाको सानोबुबा । हाम्रो भाग्य र भविष्यलाई यति विघ्न प्रभावित गर्ने भूमिका ओगटेर पुत्रीको भविष्यमा मात्र आपुनो विचार र कर्म केन्द्रित गर्नु गम्भीर कसुर हो इतिहासप्रतिको बेइमानी । अब पनि शान्ति प्रत्रि्रुयाको सफलतामा गिरिजाबाबुको भूमिका खोज्नु आत्मघाती मात्र हुनेछ ।

आफ्नो सहयोगीले वाचन गरेको यो लेख सुन्दै गर्दा गिरिजाबाबुमा आफ्नै दलको भूराको दुस्साहसप्रति रणझोक चढ्ला नै वा गणेशमान त थला परेको यो पार्टीमा यस्ता नाथेको राजनीतिक भविष्यको के गति होला भनेर दया पनि जागेको होला। तर यति मात्रै भन्छु हामीलाई हाम्रो नेता बीपी कोइरालाले यही सिकाएका थिए 'तिम्रो हितभन्दा पार्टीको हित ठूलो, अनि पार्टीको हितभन्दा राष्ट्रको हित ठूलो।' पार्टीको सदस्यतालाई नागरिकताले जित्नुपर्छ। एउटा सही कांग्रेसले यसरी नै सोच्न सक्नु पर्छ। त्यसैले मेरो आवाज नपुग्ने खोपी भित्र रहेका मेरो श्रद्धेय नेतालाई चिच्याई चिच्याई भन्न मन लागेको छ - भो अब तपाईँ विश्राम लिनुस् । पार्टीका हितका निम्ति अनि यो राष्ट्रको हितका निम्ति। किनभने समाजमा यसरी जरा गाडेको वंशानुगत राजतन्त्रको जरा किल्ला उखेल्ने हातहरु नयाँ राजतन्त्रको किल्ला ठोकेको टुलुटुलु हेरेर बस्न तयार छैनन्।

अन्त्यमा
कैयन पटक मानिसहरु नेतृत्व र अधिकारमा भेद छुट्ट्याउन असमर्थ हुन्छन्। अधिकार चुनाव या चयनबाट प्राप्त हुन्छ। नेतृत्व अन्य स्थितिमा पनि प्राप्त हुन्छ तर यस्को आशय उत्तरदायित्व स्वीकारसँग जोडिएको हुन्छ। के नेपाली कांग्रेसको नेतृत्व गरिरहेको दाबी गर्ने कार्यवाहक सभापति सुशिल कोइरालाले पार्टीको निर्णयबेगर यस्तो निर्णय गर्ने परराष्ट्र मन्त्रीलाई फिर्ता बोलाएर आपुनो दाबीको पुष्टी गर्न सक्लान् अनि सिंगो नेपालको नेतृत्व गर्ने प्रधानमन्त्री माधवकुमार नेपालसँग राष्ट्रिय स्वाभिमानभन्दा आपुनो अभिमानलाई ठूलो ठान्ने यस कर्मलाई दण्डित गर्ने साहस छ होला ?

thapagk@gmail.com

प्रकाशित: ३ भाद्र २०६६ २१:३६ बुधबार