८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

भौतिक दूरी बढाउँ बरि लै...!

संस्कृति र मानव व्यवहारबीच गहिरो सम्बन्ध छ किनभने यी दुईले एक अर्कालाई निरन्तर प्रभाव पारिरहेका हुन्छन्। यी दुवैलाई चाहिँ समयक्रममा हुने घटनाक्रमहरूले निर्देश गर्दाेरहेछ। कम्तीमा कोरोना महामारीले ल्याएको संकटलाई दृष्टिगत गर्दा यो निष्कर्ष मान्नैपर्ने हुन्छ।

वास्तावमा अब हाम्रा सांस्कृतिक पर्व/परम्परा कसरी अगाडि बढ्लान् ? यो आजको विश्लेषणको विषय हो। विगत वर्षहरूमा यतिखेर तिजको भव्य चहलपहल हुन्थ्यो। काठमाडौँलगायतका सहरमा त खास पर्वको महिना दिनअघिदेखि नै दर खाने सामाजिक जमघटहरूव्यापकभइसकेका हुन्थे।बजार झिलिमिली देखिन्थ्यो। तर यसपालि तिज आउनै लाग्दासमेत त्यस्तो कुनै छनक देखिन्न। र, यसपटक पहिले जसरी तिज मनाउने संभावना पनि छैन। यस्तै संकट लम्बिइरहे दसैँ, तिहार, छठ र ल्होसारजस्ता नेपालीहरूका महत्वपूर्ण पर्वको रौनक पनि कम हुने निश्चित छ।

नेपाल सरकारले पनिकोभिड–१९ संक्रमणका बेला चाडपर्व, जात्रा र उत्सवहरूलाई ध्यानमा राखीकसरी मनाउने भन्ने सन्दर्भमा जनस्वास्थ्यका मापदण्ड जारी गरेको छ।मापदण्डका अनुसार चाडपर्वहरू मनाउँदा घरका मानिस मात्र मिलेर मनाउन र स्वास्थ्य सुरक्षाका सबै विधि पालना गर्न भनेको छ।

कोभिड–१९ महामारीका कारणले आर्थिक गतिविधिनराम्ररी प्रभावित गरेकाले मानिसमा आर्थिकरूपमा पनि असुरक्षा र अनिश्चितता छ। धेरैको रोजगारी गुमेको छ। त्यसकारण पनि यो वर्षका चाडपर्वहरूपहिले भन्दा अति सामान्य ढंगले मनाउनुपर्ने अवस्था देखिन्छ। दैनिक खर्चटार्न नै मुस्किल हुने वर्र्गका लागि त चाडपर्व सधैँ खुसी र रहर भन्दा पनि बाध्यता हुने गर्छ। अहिलेको अवस्थामा हुनेखानेहरूका लागि पनि हिजोकै तरिकाले चाडपर्व मनाउन संभव देखिँदैन।  

पहिलेको जस्तो हर्ष उल्लास दिने सम्भावना पनि कम छ।यो जटिल अवस्थाले कसैको मन खुसी हुने वातावरण छैन। त्यसमा पनि महिलाहरू अझ धेरै संवेदनशील हुन्छन्। अधिकार मात्र माग गर्दैनन्, कर्तव्यप्रति पनि सचेत र जिम्मेवार हुन्छन्, त्यसकारण यो वर्षको तिज पोहोर सालको जस्तो हुनेछैन भन्ने सहजै अनुमान गर्न सकिन्छ।

रमाइलो गर्ने नाममा सचेतना अपनाउन सकिएन भने ठूलो क्षति हुन सक्छ। त्यसैले यस पालिको तिज घरमै मनाउँ। भौतिक दूरी बढाउँ तर मनको दूरी घटाउँ।

वास्तवमा तिज महिलाको खुसी र स्वतन्त्रतासँग जोडिएको पर्व हो। तिजलाई हामी धर्मिक मिथक वा शिव पार्वतीको कथासँग जोडेर बुझ्ने गर्छौँ। पार्वतीले आफूले मनपराएको पात्र शिवसँग विवाह गर्नका लागि व्रत बसेको सन्दर्भ तिजसँग जोडिएको छ।तिजको ब्रत बसेपछि पार्वतीले शिवलाई पतिका रूपमा प्राप्त गरेको कथामा उल्लेख छ। यही मान्यतालाई आत्मसात गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को सुस्वास्थ्य तथा दीर्घायुका लागि तथा अविवाहितले मनपराएको र असल श्रीमान्का लागि तिजको व्रत बस्ने प्रचलन नेपाली समाजमा छ।

महिलाले आफ्नो जीवनको विषयमास्वनिर्णयको अधिकार प्राप्त गर्नसुरु गरेको अभियानका रूपमा पनि यो कथालाई बुझ्न सकिन्छ। त्यसकारण महिला हक–अधिकार र स्वतन्त्रताको आवाज उठाउने पर्वका रूपमा तिजलाई लिने गरिएको छ। त्यतिमात्र होइन, व्यवस्था परिवर्तनको माग र संघर्षको थलोकारूपमा पनि तिजपर्वलाई उपयोग गरिएका उदाहरण हामीसँग छन्। तिजका गीतले आर्थिक, सामाजिक, राजनीतिक अधिकार र समानताको पैरवी पनि गर्दै आएका छन्।

अर्कोतिर, दिदीबहिनी आपसमा भेला हुने, दुःखसुखका कथासाटासाट गर्ने, नाच्ने, गाउने, राम्रो लुगा लगाउने, मीठो खाने र रमाइलो गर्ने कुरा तिजको सुन्दर पक्ष हो। नाच्ने÷गाउने कुरा सामाजिक सांस्कृतिक विषय मात्र होइन, मानसिकरूपमा खुसी र आनन्द हुने अवसर पनि हो।आफ्ना दिदीबहिनी र मन मिल्ने साथीसंगीसँगसांगीतिक माहोलमा रमाउँदा प्राप्त हुने खुसी र आनन्दले महिलालाई मानसिक र मनोवैज्ञानिकरूपमा पनि फाइदा पु-याउँछ। यसले महिलालाई शारीरिकरूपमा स्वस्थ र मानसिकरूपमा शान्त बनाउन मद्दत गर्छ।

राजनीतिक प्रणालीको अनुकूल वा प्रतिकूल दुवै हिसावले चाडपर्वको प्रयोग गरेको पाइन्छ।  एकथरी महिलालेतिजलाई धार्मिक आस्थाका हिसावले मात्रै बुझेका छन् र त्यसरी नै मनाउँदै आएका छन्। अर्काथरी महिलाले राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वकालत गर्ने माध्यमका रूपमा उपयोग गर्दैआएका छन्। अन्धविश्वास र गलत परम्पराविरुद्ध सामाजिक जागरण फैलाउने माध्यमका रूपमा पनि पर्वहरूलाई उपयोग गरिँदै आइएको छ।तर पछिल्लो समय वैचारिक चेतना, दृष्टिकोण र जीवनशैलीमा विचलन आएकाले यी भेद छुट्टाउन भने कठिन हुन थालेको छ। आफूलाई प्रगतिशील संस्कृतिको पक्षधर मान्ने र अग्रगामी विचार बोकेका छौँ भन्नेहरूमा पनि तिज कसरी मनाउने भन्ने विषयमा अन्योल देखिन्छ। उनीहरूले गाउने गीतका शब्दले परिवर्तनका सन्देश बोकेका भए पनि तिज मनाउने शैली, व्यवहार र आवरणले यसलाई सहज र सरल भन्दा महँगो र भड्किलो बनाएको देखिन्छ।  

वास्तवमा हाम्रा चाडपर्व पुँजीवादद्वारा उपयोग हुँदै गए,मौलिक संस्कृति, परम्परा र जीवनशैली नष्टहुँदैगयो। बजारले नयाँ प्रविधि, उद्योग, उत्पादन तथा सेवाहरू सिर्जना ग-यो र चाड पर्वलाई व्यापारको क्षेत्र बनाउँदै गयो। पुराना सांस्कृतिक मूल्य, परम्परा र प्रचलन अप्रचलित हुँदैगए। प्रतिस्पर्धी बजार अर्थतन्त्रले परम्परागत संस्कृतिलाई आफ्नै ढाँचामारूपान्तरण गरिदियो।चाडपर्वमा हुने सामाजिक अन्तरक्रियाको स्वरूपमा नैआमूल परिवर्तन हुँदैगयो।

पैसा, पहिरन, विलासिता वा भौतिक सम्पन्नताका आधारमा सामाजिक हैसियत निर्धारण हुन थाल्यो। यसले समाजमा महिलाबीच पनि वर्ग सिर्जना गर्न थाल्यो। सकी नसकी चाडपर्वलाई रवाफिलो, भड्किलो बनाउने र देखासिकी गर्ने चलन बढ्दै गयो। खासगरी सहर बजारमा लामो समयसम्म तिज मनाउने हुँदा धेरै ठाउँमा तिजको निम्ता मान्न जान एउटा पहिरनले पुग्ने कुरा भएन। उपहार आदान–प्रदान पनि बाक्लै हुन थाल्यो। यहाँनेर बजारले हाम्रा पर्वमा आफ्नो प्रभाव र नियन्त्रण स्थापित गर्दै गयो।

चाडपर्वले तत्कालीन समाजको आर्थिक, सामाजिक, राजनीतिक अवस्था कस्तो थियो भन्ने तस्बिर छर्लङ्ग पार्छन्। तिजका पुराना गीतले तत्कालीन समाज,उत्पादन सम्बन्ध र महिलाको अवस्थाबुझ्न सजिलो बनाउँछन्। पहिले पहिले विवाह गरेका छोरीचेलीलाई माइतीमा बोलाएर मीठो खानेकुरा ख्वाउने र गीत गाएर रमाइलोे गर्ने प्रचलन थियो। समाज परिवर्तन हुँदैगयो। उत्पादन सम्बन्धमा पनि परिवर्तन हुँदैगयो। भौगोलिक विकटता, यातायात, सञ्चारको असुविधाले तिजमा चेलीलाई माइतीले लिन जाने चलन थियो। चेलीहरू माइतीमा आइसुख, दुःख, पीडा, खुसी, आफ्ना भोगाइ र भावना गीतका माध्यमबाट व्यक्त गर्थे।

आजभोलितिजमा दिदीबहिनीलाई लिन दाजुभाइ गइरहनुपर्दैन। प्रविधिले सजिलो बनाएको छ। फोन वा इमेलबाट निम्ता गर्र्दा हुन्छ। महिलाको अवस्था पनि हिजोकै जस्तो छैन। आर्थिक, सामाजिक, राजनीतिक अवस्था परिवर्तन हुँदै गएको छ। आज पनि कतिपय स्थान विकट छन्, गरिबी छ, भोकमरी छ र त्यसमा पनि महिलाको गरिबी तुलनात्मकरूपले बढी छ। तर पहिलेको तुलनामा कम छ। मीठो खान र राम्रो लगाउन तिज, दसैँ नै कुर्नुपर्दैन। गाउँ गाउँमा रहेका महिला समूह, सहकारी वा अन्य वित्तीय संस्थाले महिलाको वित्तीय पहुँच बढाएका छन्। अधिकांश दिदीबहिनीले बचत गर्न थालेका छन्। कुनै न कुनै हिसाबले आर्थिक कारोबारमा संलग्न छन्। त्यसैले आज धेरै दिदीबहिनीले टीका,चुरा वा एकसरो नयाँ लुगा फेर्न र मीठोमसिनो खान आमा, हजुरआमाका पालामा झैँतिज नैपर्खनुपर्दैन।

चाडपर्वहरूको सामाजिक महत्व असाध्यै धेरै छ। तिज मात्रै होइन, हाम्रा चाडपर्वले समाजलाई जोड्न एकताको सूत्रको भूमिका निर्वाह गर्छन्। वर्षाैँको मनमुटाव दसैँको एउटा टिकोले अन्त गरिदिएको हामीले देखे÷सुनेका छौँ। यति हुँदाहुँदै पनि केही अन्धविश्वास, अवैज्ञानिक मान्यता र अनावश्यक प्रतिस्पर्धा जस्ता चाडपर्वका पक्षले भने सुधार माग गर्छन्। जस्तै– तिजमा भएभरको गहना र लुगामा सजिने सामाजिक होड नै लाग्ने गथ्र्याे विगतका वर्षहरूमा। यसले एकातिर बढीभन्दा बढी कमाउने दबाब सिर्जना गर्छ। र, भ्रष्ट संस्कृतिलाई मलजल गर्छ भने अर्कातिर समाजमा वर्गीय विभेदलाई पनि बढावा दिन्छ। समाज परिवर्तनसँगै हुँदै गएका स्वाभाविक र सकारात्मक परिवर्तनलाई आत्मसात गर्नुपर्छ तर सामाजिक सांस्कृतिक मूल्य, परम्परा बिर्सनुहुँदैन र स्वच्छन्दता, उच्शृंखलता एवं भड्किलोपनालाई प्रश्रय दिनुहुँदैन।

आजपनि समाजमा लैङ्गिक असमानता र वर्गीय विभेद कायम छ। अन्धविश्वास हटिसकेका छैनन्। त्यसैले तिजलाई महिला सशक्तीकरणका ती सबै आयामसँग जोड्दै लैजान आवश्यक छ। सशक्तीरणका लागि यी बहुआयामिक क्षेत्रमा क्षमता विकास गर्न आवश्यक हुन्छ। समाजका हरेक क्षेत्रमा समान सहभागिता र सहअस्तित्व महिलाको निराहार व्रतले प्राप्त हँुदैन, आफ्नो ज्ञान, सिप, क्षमता र पहुँच विकास गर्न जरुरी छ। श्रीमान्–श्रीमतीबीचको सम्बन्ध त आपसी प्रेम, विश्वास, सम्मान, र सहअस्तित्वले मात्र बलियो बनाउँछ।

सामान्यतया कहिलेकाहीँ खाना नखानु शारीरिकस्वास्थ्यका लागि राम्रै होला। शारीरिक श्रम कमगर्ने मानिसका लागि विभिन्नखालका उपवासका विधि विकास गरिएका छन्। तरदिनभर निराहार व्रत बस्ने प्रचलनले अनेक स्वास्थ्य समस्या भएका महिलालाई भने निरोगी होइन थप रोगी पार्छ। पानी नै नखानु भन्ने परम्परागत विश्वास त स्वस्थ महिलाको पक्षमा पनि छैन। धार्मिक हिसावले पनि बाल, वृद्ध, अशक्त र आतुरले छूट पाउने लेखेको छ।तिज मनाउने यस्ता कतिपय शैली र प्रक्रियाले कुनै न कुनै रूपमा अन्धविश्वास र कुरीतिका साथै पुरुष प्रधानतालाई थप अनुमोदन गरिरहेको छ।

महिलाको सामूहिक ऊर्जालाई सकारात्मक ढंगले सामाजिक एवं आर्थिक रूपान्तरणमा लगाउने प्रयास गरौँ। भड्किलो र उच्शृंखल नबनाउँ, यसका राम्रा पक्षको संरक्षण र विकास गरौँ। चाडपर्वलाई आर्थिक, सामाजिकरूपमा शिष्ट, अनुशासित, मर्यादित र मितव्ययी ढंगले मनाउँ। आजको युवा पंक्तिलाई हाम्रा परम्परागत पर्वहरूले समेट्न सकेका छैनन्। उनीहरू विस्तारै हाम्रो संस्कृति, परम्परा र मूल्य/मान्यताबाट विमुख हुँदै गइरहेका छन्।यसतर्फ ध्यान दिउँ।

कोभिड–१९ का कारण हाम्रो अर्थतन्त्र, समाज, संस्कृति र जीवनशैली परिमार्जन र रूपाान्तरण गर्ने मौका मिलेको छ। त्यसैले चाडपर्वका राम्रा पक्षको संरक्षण गरौँ। अन्धविश्वास र गलत परम्परा हटाउँदै जाउँ।रमाइलो गर्ने नाममा सचेतना अपनाउन सकिएन भने ठूलो क्षति हुन सक्छ। त्यसैले यसपालिको तिज घरमै बसेर आफन्तसँग मनाउँ। भौतिक दूरी बढाउँ तर मनको दूरी घटाउँ।

प्रकाशित: ३ भाद्र २०७७ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App