१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

बन्दाबन्दीमा वन्यजन्तुकाे संरक्षण र सुरक्षा

चीनको वुहानबाट पुसमा सुरु भएको कोभिड–१९ महामारीका रूपमा फैलिइसकेको छ । वैज्ञानिकहरूलाई पनि कोरोनाले हायलकायल तुल्यायो । कोरोना भाइरस उत्पत्तिका बारेमा विभिन्न अड्कल र अनुमानका समाचारआइरहेका छन् । त्यसमध्ये वन्यजन्तुबाट मान्छेमा सरेको केही दलिल भएपनि पुष्टि हुन सकेको छैन । उपचारको विधि र औषधि पत्ता लाग्न सकेको छैन । कोरोना रोकथामका लागि संसारमा नै आवतजावतका सम्पूर्ण माध्यम अवरुद्ध गरिएका छन् या कम गरिएको छ । नेपालमा पनि यो भाइरसबाट बच्नसीमा बन्द गरिएको छ । हवाई यातायात पूर्ण बन्द छ भने देश चैत ११ गतेदेखि लकडाउनमा छ । र, यो अझै लम्बिने निश्चितछ । 

राज्यमा कुनै किसिमको अस्थिरता पैदा भएको समयमा राज्यशक्ति त्यो समस्या समाधान गर्न लाग्दा त्यसको असर सबैभन्दा पहिले प्राकृतिक स्रोतमाथि पर्ने गरेका दृष्टान्तछन् । २०३६ र २०४६ सालको राज्यव्यवस्था परिवर्तनका लागि भएको संघर्षका बेला भएको वन फँडानी होस् वा माओवादी द्वन्द्व उत्कर्षमा पुगेकाबेला चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ वटा गैँडा चोरी सिकारीका कारण मरेका घटनालाई लिन सकिन्छ । 

कोरोना भाइरसको कारणले मानव सभ्यता र विकासक्रमको सम्पूर्ण क्षेत्र प्रभावित भइरहेका छन् । वन र वन्यजन्तु संरक्षण पनि यसबाट अछूतो रहन सकेको छैन । संरक्षणमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा असर गरिरहेको छ । एकातर्फ यो महामारीबाट ज्यान जोगाउनबन्दाबन्दी गरिएको छ भने अर्कोतर्फ यही बन्दाबन्दीको फाइदा उठाएर तस्करहरूले वन तथा वन्यजन्तुमाथि हमला बढाएका छन् । 

यस अवधिमा अतिलोपोन्मुख घडियाल गोहीदेखि विभिन्न जनावर मरेको÷मारिएका छन् ।२०७६ साल चैत १४ गते पर्सा राष्ट्रिय निकुञ्जको गस्तीमा रहेको नेपाली सेना टोली र चोरी सिकारी समूहबीच निकुञ्जभित्र भएको गोली हानाहानमा एक जना सिकारीको मृत्यु भएको छ भने एक जना पक्राउ परे । यस्तै चैत २७ गते राति बर्दिया राष्ट्रिय निकुञ्जभित्रबाट वन्यजन्तु चोरी सिकार गर्ने दुई जना भरुवा बन्दूकसहित पक्राउ परे । चैत २९ गते कोसी टप्पु वन्यजन्तु आरक्षमा हरिण सिकार गरेको आरोपमा दुई जनालाई मारेको हरिणसहित पक्राउ गरेको छ । 

वन्यजन्तु संरक्षणमा नेपालले हासिल गरेका उपलब्धिहरूलाई बचाइराख्न कोरोनाका कारण चुनौती थपिएको छ । अग्रपंक्तिमा बसेर संरक्षण क्षेत्रमा खट्ने कर्मचारीलाई संक्रमण फैलिने जोखिम पनि उत्तिकै छ ।

यसैगरी डिभिजन वन कार्यालय मोरङको गस्ती टोली र राष्ट्रिय वनमा मृग र बँदेल मार्न गएका सिकारी समूहबीच २०७६ साल चैत २१ मा भएको भिडन्तपछि दुईवटा बन्दूकसहित दुई जना पक्राउ परे । बन्दाबन्दीमा संरक्षित क्षेत्रभित्र प्रवेश गरी अवैधानिक गतिविधि गर्ने ८ सय ५०जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको तथ्यांक छ । यसैगरी दाङ, अर्घाखाँची, कञ्चनपुर र रौतहटमा काठ तस्कर र वन कर्मचारीबीच काठ तथा काठ तस्करीमा प्रयोग हुने ट्रयाक्टर, मोटरसाइकल, काठ काट्न प्रयोग गरिने विभिन्न किसिमका औजार र बन्दोबस्तीका सामान वरामद भएका छन् ।यी तथ्यांकले बन्दको समयमा वन तथा निकुञ्जमा मानिसको अनधिकृत गतिविधि धेरै भएको प्रष्ट हुन्छ । 

अहिले अत्यावश्यक वस्तु ओसारपसार गर्ने सवारी साधन, सुरक्षा तथा स्वास्थ्यकर्मी र कूटनीतिक नियोगका सवारी साधन मात्र चल्न पाउँछन् जसले गर्दा आमरूपमा भइरहेका वन्यजन्तुको अङ्गप्रत्यङ्गओसारपसार र अवैध व्यापार प्रायः असम्भव देखिन्छ । तरपनि संगठित अपराध भएकाले सुविधाप्रप्त यस्ता सवारी साधनलाई प्रलोभनमा पारी अपराध हुनसक्ने तथ्य नकार्न सकिन्न । चोरी सिकार हुने सम्भावना भने टरेको छैन । 

विशेषगरीतराईका संरक्षित क्षेत्रहरूलाई मानव बस्तीबीचको टापु भन्दा फरक पर्दैन । कोरोना भाइरसका कारण देश÷विदेशमा रोजगारीका लागि गएका मानिस घर फर्किँदा निकुञ्ज, आरक्षको वरिपरि जनघनत्व बढेको छ । बन्दमा मानिस लामो समयसम्म घर बस्दाको उकुसमुकुस मेटाउन नजिकैको जंगलमा प्रवेश सामान्यजस्तै देखिन्छ । परम्परादेखि खाँदै आएका निउरोलगायतकन्दमूलसंकलन गर्नेदेखि दैनिक जीविकोपार्जनका लागि घाँस दाउरा जोहो गर्ने बहानामा अनधिकृतप्रवेश गरिरहेका छन् ।

स्थानीयको अधिकारजस्तो देखिने यस्ता गतिविधिलाई माध्यम बनाएर चोरी सिकार हुनसक्ने सम्भावना धेरै छ । कोरोना छल्न गाउँफर्किएकाहरूलाई समेत प्रलोभनमा पारेर चोरी सिकारीले प्रयोग गर्न सक्नेसम्भावना उत्तिकै छ । चोरी सिकारविरुद्ध सधँै सक्रिय रहने स्थानीय समुदाय घरबाट बाहिर निस्कन नपाउने अहिलेको अवस्थामा चोरी सिकार गर्ने गिरोहलाई सुरक्षा निकायले मात्रै निगरानी गरी अपराधनियन्त्रण गर्नु चुनौतीपूर्ण छ ।

त्यसो त वन्यजन्तुको संरक्षण आफैँमा जोखिमपूर्ण काम हो । कोरोना त्रासका बीच संरक्षणको जिम्मा पाउने कर्मचारीहरूअन्य सबै काम बन्द गरेर संरक्षणमा मात्र केन्द्रित छन् ।संरक्षित क्षेत्रभित्र हुने अवैधानिक गतिविधिलाई निगरानी गर्न निकुञ्ज प्रशासन र नेपाली सेनाले गस्ती बढाएका छन् । निकुञ्ज क्षेत्र बाहिर डिभिजन वन कार्यालयहरू सक्रिय छन् । वन्यजन्तुको तस्करी रोक्न नियमित गस्तीका अलावा विशेष गस्तीहरू सञ्चालन गरिएका छन् । जसमा स्विप अपरेसन, एम्बुसिङ्ग, लङ रेञ्ज पट्रोलिङ,क्याम्पिङ आदि पर्छन् । विशेष अनुगमनका लागि विभिन्न ठाउँमा क्यामेरा ट्रयापिङ, सिसि क्यामेरा, स्मार्ट–आइलगायतका प्रविधि प्रयोग गरिएका छन् । बन्दाबन्दीको अवस्थामा चोरी सिकार नियन्त्रण गर्न राज्य संयन्त्रले जुन प्रयास गरेको छ त्यो सराहनीय छ । यसलाई अझ सशक्त बनाउन थप स्रोत÷साधन उपलब्ध गराइ निरन्तरता दिनुपर्छ ।कोरोनाले विश्व अर्थतन्त्रमा पु¥याएको असरले धेरै मानिसको रोजगारीमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने निश्चित छ । यसको प्रभाव वन तथा वन्यजन्तु संरक्षणमा लामो समयसम्म देखिनेछ । 

वन्यजन्तु संरक्षण आफैँमा एउटा युद्ध होजुन निरन्तर चलिरहन्छ । सामान्य अवस्थामासंरक्षणकर्मीबाहेक राज्यका अन्य अंगपनि वन्यजन्तु संरक्षणमा खटिने गर्थे । तैपनि वन्यजन्तुको चोरी सिकारका छिटपुट घटनाभइ नै रहन्थे । अहिले राज्य संयन्त्र कोरोनाविरुद्धको लडाइँमा केन्द्रित छ । यसबेला चोरी सिकार बढ्न सक्ने तथ्य नकार्न सकिन्न । यसका साथै संरक्षणमा सबैभन्दा ठूलो योगदानगर्न सक्ने स्थानीय समुदाय घरमै बन्दी छ । यस्तो अवस्थामा चोरी सिकार हुनसक्ने सम्भवना रहन्छ नै । यसले संरक्षणकर्मीलाई रातो दिन खटिनुपर्ने थप जिम्मेवारी पैदा भएको छ । 

कोरोनाको डर र त्राससमेत थपिएको संरक्षणको युद्धमा अहिलेको आवश्यकता भनेको अग्रपंक्तिमा अहोरात्र खट्ने कर्मचारीको मनोबल बढाउनु नै हो । यसका लागिसंरक्षणमा आवश्यक थप स्रोत र साधन सम्बन्धित निकायबाट यथासम्भव छिटो उपलब्ध हुनुपर्छ। काम गर्दाकुनै किसिमको अप्ठेरा आए त्यसलाई आफूभन्दा माथिल्लो निकायले तत्काल सम्बोधन गर्छ भन्नेमा संरक्षणमा खटिने सबै कर्मचारीलाई विश्वस्त तुल्याउन सक्नुपर्छ । साथै संरक्षणमा खट्ने कर्मचारीलाई पनि प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्छ ।कोरोना महामारीका बेला गस्ती गर्दा वा पक्राउ परेकालाई कानुनी प्रक्रियामा लैजाँदा संरक्षणकर्मी पनि संक्रमित हुनसक्ने जोखिम छ । यस्ता जोखिम न्यूनीकरणका लागि संरक्षणमा खटिने कर्मचारीलाई मेडिकल सुरक्षाका साधन (जस्तै– मास्क, पर्सनल प्रोटेक्सन इक्विपमेन्ट, पञ्जा, स्यानिटाइजर) उपलब्ध हुनुपर्छ ।संसारभरि नै खोसाखोसको अवस्थामा रहेका यस्ता सामग्री स्थानीय स्तरमा उपलब्ध नहुनेहुँदासंघीय तहबाट नै यसको जोहो गरिनुपर्छ ।

वन्यजन्तुको अंग÷प्रत्यंगको अवैध व्यापार तथा ओसारपसारका आँकडा हेर्दा चिरुलगायत केही सीमित वन्यजन्तु चीनबाट नेपालहुँदै भारततर्फ गएका देखिन्छ । बाघ, गैँडा, सालकलगायत अधिकांश वन्यजन्तुको ओसारपसार तथा व्यापार भारतलगायत अन्य देशबाट नेपाल हुँदै चीनतर्फ गएको भेटिएको छ ।कोरोना भाइरसको महामारी वुहानको वन्यजन्तुको मासु बजारबाट सुरु भएको शंकापछि चीनमावन्यजन्तुकामासु व्यापारमाथि स्थायीरूपमा प्रतिबन्ध लगाइएको छ । अपराध नियन्त्रणमा यो निर्णय एउटा अवसर पनि हो । तरमासुको व्यापारप्रतिबन्धित भएपनि औषधि, कपडा र गहनाका लागि प्रयोग हुने वन्यजन्तुको सामग्रीमा छैन । 

सन् २००३ मा पनि सार्स भाइरसको महामारीपछि चीनले वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएको थियो । तर सो महामारी हराएको केही समयपछि नै प्रतिबन्ध खुकुलो भयो । वन्यजन्तुको अवैध व्यापार पूर्व लयमा नै फर्कियो । अहिलेको अवस्थामा पनि कोरोना भाइरसको औषधि पत्ता लाग्यो र महामारी साम्य भयो भने त्यसको केही समयपछि नै परम्मपरागत औषधि, कपडा र गहनाको नाममा अहिलेको प्रतिबन्धकाछिद्रहरूप्रयोग गरी वन्यजन्तुको अंग÷प्रत्यंगको कालोबजारी हुने सम्भावना उत्तिकै प्रवल रहन्छ । प्रतिबन्धका छिद्रहरूलाई सधैँका लागि बन्द गर्न वन्यजन्तुको अंग-प्रत्यंगबाट गरिने सबै किसिमको व्यापार र प्रयोगमा रोक लगाउनुपर्छ । 

यसका लागि चीनको वन्यजन्तुसम्बन्धी कानुन नै संशोधन गरेर यी कुरा समावेश हुनुपर्ने बहस पनि सुरु भएका छन् । यसको अलावा चीनको ठूलो जनसंख्या वन्यजन्तुबाट उत्पादित परम्परागत औषधिहरूबाट धेरै किसिमका रोगनिको हुन्छ भन्ने अन्धविश्वासमा रहेका पाइन्छ । यो अन्धविश्वास हटाउन नसक्ने हो भने भोलिका दिनमा पुनः वन्यजन्तुको अंगको माग बढ्न सक्छ । र, आपूर्ति बढाउने नाउँमा फेरी वन्यजन्तु मार्ने र अवैध व्यापार गर्ने कार्य लुकीचोरी नहोला भन्न सकिन्न । सधैँका लागि चोरी सिकारको समस्या अन्त्य गर्न चीनको कानुन संशोधनका अलावा सचेत युवाहरूलाई संरक्षणको मूलधारमा ल्याइ जनचेतनाको कार्यक्रममार्फत अन्धविश्वास हटाउनुपर्छ । 

निष्कर्ष 
कुनै पनि मुलुकले गर्न नसकेको शून्य चोरी सिकार वर्ष मनाउन सफल भएर नेपालको वन्यजन्तु संरक्षण संसारकै लागि उदाहरणीय भएको छ । र, यसलाई अन्य मुलुकले पनि अनुशरण गरेका छन् । यस्तो संक्रमणको बेलामा भइरहेको संरक्षणको कामलाई निरन्तरता दिँदै ड्रोनलगायतका नवीनतम प्रविधिहरू प्रयोग गर्न सके संरक्षण थप प्रभावकारी हुनेछ । वन्यजन्तु संरक्षणमा नेपालले हासिल गरेका उपलब्धिहरूलाई बचाइराख्न कोरोनाका कारण चुनौती थपिएको छ । अग्रपंक्तिमा बसेर संरक्षण क्षेत्रमा खट्ने कर्मचारीलाई संक्रमण फैलिने जोखिम पनि उत्तिकै छ । यो अवस्थामा संरक्षणका उदाहरणीय कार्यलाई निरन्तरता दिइ जस्तोसुकै प्रतिकूल अवस्थामा पनि संरक्षण कार्यमा सम्झौता हुँदैन भन्ने सन्देश दिनु जरुरी छ । साथै संरक्षणलाई सफल बनाउन उच्च मनोबलका साथ आफूले आफैँलाई पुनः प्रमाणित गर्ने अर्को एउटा अवसर अग्रपंक्तिमा रहेर संरक्षण गर्ने रेन्जरहरूलाई आएको छ । 
(वरिष्ठ कार्यक्रम प्रबन्धक– वन्यजन्तु व्यापार अनुगमन, डब्लुडब्लुएफ नेपाल)

प्रकाशित: ४ वैशाख २०७७ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App