सन् १९८९ को कुरा हो। बैंककमा एउटा छलफल चल्दै थियो। के विश्वव्यापीकरणले विकासशील देशहरूलाई फाइदा हुँदैछ ?त्यो समयमा विश्वव्यापीकरणको दौड चल्दै थियो। पश्चिमा नेता तथा विद्वान्हरूले यो प्रकरणले खासगरी एसिया तथा अफ्रिकी देशहरूलाई लाभ हुँदै गरेको कुरामा विशेष जोड दिने गर्थे। यसमा मेरो विमति थियो। हुन त त्यो विश्वका विभित्र देशमा विकसित भइरहेको अन्तरसम्बन्ध र निर्भरताको युग थियो। विकसित देशहरूले विकासशील देशहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रचलन चलेको थियो। तर मेरो विचारमा यसबाट विकासशील देशहरूलाई भन्दा विकसित देशहरूलाई नै धेरै लाभ हुने गरेको ठम्याइ थियो।
यो वास्तविकतालाई कसरी उजागर गर्ने भनेर मैले एउटा काल्पनिक संसारको सिर्जना गरेँ र सबैको अगाडि राखेँ। मैले भनेँ– मानौँ संसारमा यस्तो समय आयो जब सबै महादेश आ–आफ्नो घेराभित्र बसे। एकअर्कासित कुनै सम्बन्ध रहेन। उनीहरूमा भइरहेको व्यापार बन्द भयो। एउटा महादेशका मानिस अरु महादेशमा जान पाएनन्। सबै महादेश आफूसित जे छ त्यसैमा निर्भर गरे। यस्तो अवस्थामा विभित्र महादेशको के हाल हुनेछ ?त्यसको एकपटक कल्पना गरेर हेरौँ। यस्तो एकांकीपनबाट सबभन्दा ठूलो धक्का जापानलाई लाग्नेछ। जापान एउटा टापु हो र यसले कुनै वस्तुको पैठारी र निकासी गर्न पाएन भने यो देश बुङ्गो हुनेछ। किनभने जापानी अर्थतन्त्र कच्चा पदार्थ पैठारी गरेर अनेक सामान निकासी गर्ने गर्छ। सबभन्दा ठूलो कुरा यो देशले मध्यपूर्वबाट पेट्रोल पैठारी गर्न पाउने छैन। त्यस अवस्थामा यहाँका सबै कलकारखाना बन्द हुनेछन्।
सोचेको थिइन कि यस्तो अवस्थापनि साँच्चै आउन सक्दोरहेछ। कोरोनाका कारण त्यस्तो अवस्था अझ पनि पूरा आइसकेको छैन। तर आउन सक्दोरहेछ भत्रे थाहाभयो।
त्यसबेला जापान संसारको सबभन्दा धनी मुलुकमध्ये दोस्रो थियो। त्यसैगरी युरोपका उद्योगधन्दा पनि बन्द हुन जानेछन्। किनभने त्यहाँका उद्योग पनि मध्यपूर्वबाट पैठारी गरिएको तेलमा निर्भर छन्। अहिले पनि उनीहरू यसैमा निर्भर छन्। नर्वे जस्तो देशमा अलिअलि तेल उत्पादन हुन्छ तर त्यतिले युरोपका कलकारखानालाई सुँघ्न पनि पुग्दैन। युरोपका सबै देशपनि बाहिरबाट आयात हुने कच्चापदार्थमा निर्भर छन्। सो नपाएपछि युरोपेली देशहरू गरिब हुन थाल्नेछन्। एकपटक धनीभएका मुलुक गरिबीको चपेटामा परे भने त्यहाँ सामाजिक, आर्थिक र राजनीतिक अशान्ति हुनेछ। अब एकपटक अमेरिकातिर हेरौँ। अमेरिका र क्यानडा जस्ता मुलुकमा राम्रो खेतीपाती हुने हुनाले खान त पाउलान् तर उनीहरू अरु मुलुकमा जान र घुम्न नपाएपछि ठूलो छट्पटी हुन थाल्नेछ। उनीहरूसित तेलको कमी हुने छैन। त्यसकारण गाडी गुड्न सक्नेछ। कलकारखाना चल्न सक्नेछ तर मानसिक रूपले त्यहाँका मानिस असन्तुलित हुनेछन्।
यसको मुख्यकारण अरु देशमा गएर हामी धनी र जात्रेसुत्रे मानिस हौँ भनेर धाकधम्की गर्न पाउने छैनन्। अमेरिका दक्षिणी अमेरिकाका मुलुकहरूमा पस्न नपाएपछि त्यहाँ शान्ति आउनेछ। किनभने दक्षिणी अमेरिकामा जति अशान्ति र गृहयुद्ध आदि लाभ रहन्छन् त्यसको पछाडि अमेरिकाकै हात देखिन्छ। अमेरिकी र युरोपेली मानिसहरू आउन बन्द भएपछि दक्षिणी अमेरिकाको जंगलको राम्रो सुरक्षा र संरक्षण हुनेछ। यस मानेमा त्यहाँ प्राकृतिक वातावरणको राम्रो हेरचाह हुन सक्नेछ। अर्को विकसित मुलुक या भनुँ महादेश अस्ट्रेलिया हो। आजसम्म यो मुलुक दुग्ध पैदावरबाट धनी भएको छ। तर अरु महादेशहरूसित सम्बन्ध विच्छेद भएको दिनमा यसले गर्दै आएको निकासी सब बन्द हुनेछ। यसका डेरी उत्पादन आफैँले खाएर सकिँदैन। यहाँका जनताले खान त पाउलान् तर उनीहरूको कमाइमा ठूलो ह्यास आउनेछ। मानिस गरिब हुन थाल्नेछ। गाईवस्तु पालिराख्न नसकिने हुनेछ। त्यस्तो अवस्थामा उनीहरूलाई छाडिदिने र वनतिर धपाउनु पर्नेछ।
अब बाँकी रह्यो एसिया र अफ्रिका। एसियाका ठूला देशहरूमा पर्ने भारत र चीन हुन्। भारतीयहरू कैयौँ शताब्दीदेखि दुइटा चपाती र अलिकता सागसब्जी खाएर हुर्केका हुन्। त्यति खाना उनीहरू आफैँ उत्पादन गर्न सक्छन्। हो, उनीहरूले आधुनिक विकास गर्न नसक्लान् जसका लागि उनीहरू आज कोसिस गर्दैछन्। तर भारतीयहरू दैनिक जीवन चलाइराख्न कुनै ठूलो मेहनत गर्नुपर्दैन। धेरै वर्षदेखि गरिबीमा बाँचेकाले त्यसैमा सन्तोष गरेर बस्न सक्छन्। चीनपनि त्यस्तै मुलुक हो। चिनियाहरूपनि अलिकति नुडल र माछा खाएर बाँच्न सक्छन्। मा ओत्से तुङले अरु विकास गर्न नसके पनि चीनका जनतालाई खान पु¥याएर राखेका छन्। त्यहाँका जनता पनि गरिबीसित राम्ररी परिचित छन्। अरु मुलुकसित सम्पर्क टुटे पनि उनीहरू आफ्नो संस्कृति र परम्परामा भिजेर बाँच्न सक्छन्। एसियाका अरु मुलुकपनि आधारभूतरूपले गरिब नै हुन् तर उनीहरूको जीवन चलिरहेको हो र चलिरहने पनि छ। अरु मुलुकसित सम्पर्क नरहे पनि आत्मनिर्भर छन्।
त्यसपछि बाँकी रह्यो अफ्रिका। अफ्रिकी मुलुकहरू पनि युरोपेलीहरूबाट शोषित भएका हुन्। त्यो हुन छाडेपछि उनीहरूलाई पनि बाँच्न र जीवन चलाइराख्न कुनै कठिनाइ पर्दैन। विकासको नाउँमा जति उनीहरूले विदेशी हस्तक्षेप बेहोर्ने गरेका छन् र अशान्ति र घरेलु युद्ध भोगेका छन् त्यसबाट छुटकारा पाउने छन्। जीवनको गति मन्द हुन्छ तर शान्ति कायम रहन्छ। यस्तो संसारको कल्पनाबाट के देखिन्छ भने गरिब र विकासशील देशहरू शान्तिसित बाँच्न सक्छन् जबकि विकसित देशहरू आर्थिक रूपमा तहसनहस हुन्छन्। यसबाट सामाजिक अशान्ति र राजनीतिक खलबली सुरु हुन्छ। केहीवर्ष यस्तै रहिरह्यो भने विकासशील देशहरू बाँचिरहन सक्छन्। तर विकसित देशहरूको के हाल हुन्छ कसैले भत्र सक्दैन। त्यसकारण विश्वव्यापीकरणबाट जति विकसित देशहरूलाई लाभ हुँदैछ उति विकासशील देशहरूलाई भएको छैन। यो नै तर्क थियो।
त्यो बेला मैले सोचेको थिइन कि यस्तो अवस्थापनि साँच्चै आउन सक्दो रहेछ। कोरोनाका कारण त्यस्तो अवस्था अझ पनि पूरा आइसकेको छैन। तर आउन सक्दोरहेछ भत्रे थाहा भयो। एउटा काल्पनिक संसार वास्तविकतामा परिणत भएको देखिन थालेको छ। आखिर महादेशबीच मात्र होइन, साना÷ठूला देशबीच पनि सम्पर्क टुट्न सक्दो रहेछ। तर के विश्वव्यापीकरणको अवस्था पुनः स्थापित भएपछि सबै देशले सत्य पाठ सिक्न तयार होलान् त?
प्रकाशित: २७ चैत्र २०७६ ०३:४९ बिहीबार