९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

ब्राह्मणवादी राजनीति

अयं निजः परो वेति, गणना लघुचेतसाम्।

उदारचरितानाम्, तु वसुधैव कुटुम्बकम्।।

(यो मान्छे मेरो हो, यो होइन भन्ने भेदभाव संकुचितमस्तिष्क भएका व्यक्तिले मात्र गर्न सक्छ। उदार चरित्रका मानिसका लागि पूरै विश्व एउटा परिवारजस्तै हो।)

माथिको श्लोकभारतीय संसद् भवनको भित्तामा लेखिएको छ। जसले भारतीय लोकतन्त्रको आधारभूतमूल्यको परिचय दिन्छ। त्यसकारण सन् २०१० मा अमेरिकाकातत्कालीन राष्ट्रपति बाराक ओबामाले भारतीय संसद्को संयुक्त सत्र सम्बोधन गर्दा उक्तश्लोकअंग्रेजीमा अनुवाद गर्दै उच्चारण गरेका थिए। ओबामालाई संस्कृत भाषाप्रतिकुनै लगाव थिएन,वास्तवमा उनले भारतीयलोकतन्त्र र भारतीय संविधानको आधारभूतमूल्यप्रतिगहिरो सम्मान प्रकट गरेका थिए।

भारतीयलोकतन्त्र र संविधानप्रतिजुन सम्मान भारतबाहिर छ, त्यो राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस) तथाभारतीयजनता पार्टी (बिजेपी) नेतृत्वको मोदी सरकारसँग किन छैन ? आरएसएस÷बिजेपीलाई वर्तमान संविधानले के समस्या पा¥यो ?नोटबन्दी,  आर्टिकल ३७०, राममन्दिर, सिएए, एनआरसीभारतीय जनताका मुद्दा होइनन्। यी मुद्दा आरएसएस÷बिजेपीका ‘लाइफलाइन’हुन्।

विश्व एउटा परिवार हो भन्नेले आफ्नै देशलाई परिवार बनाउन सकेन। आजपनि जातीयभेदभाव, लैंगिक विभेद, साम्प्रदायिकदंगा, असहिष्णुता आरएसएकोआध्यात्मिक फाँसीवादबाट निर्देशित छ। यी कुरा तब झन् भयानक हुन्छ, जब आरएसएसद्वारा पोषित ‘हिन्दुत्व’आन्दोलनको विचार सत्तासंरक्षणमा मुखरित हुन्छ।हिन्दुत्वको अर्थ सारमा ब्राह्मणवाद हो।

नागरिकता संशोधन ऐन

हिन्दुत्ववादी स्वतन्त्रताआन्दोलनदेखि भारतलाई हिन्दू राष्ट्र बनाउन राष्ट्रिय स्वयम् सेवक संघ(आरएसएस) र भारतीय जनता पार्टी (बिजेपी) लागिपरेका हुन्। सन् २०१४ मा सत्तामा आएदेखि बिजेपी हिन्दू राष्ट्रको लक्ष्यतिर अग्रसर छ। आरएसएसलाई थाहाथियो– कुनै पनि इसाई वामुस्लिम– हिन्दू हुने कुनै सर्त स्वीकार्न त परै जाओस्, सोच्नपनि सक्दैनन्। यस्तो अवस्थामा सावरकर इसाई वामुस्लिमलाई दोस्रो दर्जाको नागरिकतादिनचाहन्थे र त्यसैको कार्यान्वयन गर्ननागरिकता संशोधन ऐन २०१९,दुवै सदनबाट पास गराइएको हो।

तर, वर्तमाननागरिकता संशोधन ऐन (सिएए) हिन्दू वा मुस्लिमको सवालमात्र होइन।विनायकदामोदरसावरकर भारतीय बौद्धलाई हिन्दू मान्छन्, तर चीन, जापान आदि देशका बौद्धलाई हिन्दू मान्दैनन्। कारण भारत उनीहरूको पुण्य भूमि भएपनिपितृभूमि होइन। पुण्य भूमिका आधारमा चीन, जापान, कोरिया, श्रीलंका इत्यादि देशका बौद्ध हिन्दू हुनपर्ने हो। सावरकरकाअनुसार नेपालका नागरिकको पितृभूमि भारत होइन, तर पनि बहुसंख्यक व्यक्ति हिन्दू धर्म मान्छन्। उनको परिभाषायहाँपनि अन्तरविरोधी देखिन्छ।

हिन्दुत्व दर्शन

हिन्दुत्व कुनै धार्मिक दर्शन होइन। यो आतंकमाआधारित बहुसंख्यावादहो। आतंकको आधार आध्यात्मिकफाँसीवाद हो। यो बहुसंख्यावादको कार्यप्रणालीको नमुनासन् २००२ मा गुजरातमा दक्षिण एसियामात्र होइन, विश्वले देखिसकेका छन्। गोधरा काण्डपछि लाखौं मुस्लिमलाई नरसंहार गर्यो। मोदी सरकारका सम्पूर्ण शासनतन्त्रतमासा हेरिराख्यो।

हिन्दुत्वविचारधाराबाट बहुसंख्यकलाई मुस्लिमविरोधीको नाउँमा एक सुत्रमाबाँधेर एकातिर राजनीतिक सत्ताप्राप्त गर्ने उद्देश्य छ भने अर्कातिर देशको दलितबहुजनलाई धार्मिक उन्मादमाफसाएर उनीहरूमा जागेको सामाजिक, आर्थिक तथा राजनीतिक अधिकार प्राप्तिको चेतना दबाएर वा नष्ट गरेर सवर्ण ब्राह्मणवादको वर्चस्वकायम राख्ने।

वर्तमान सिएएतथाएनआरसीविरुद्धकोप्रदर्शनले जनआन्दोलनको रूप लिँदै छ। सिएएतथाएनआरसीका पछाडिजुनहिन्दुत्व राजनीति लुकेको छ, त्यसको उद्देश्य मुस्लिमलाई छिन्नभिन्न गर्नु मात्र होइन, द्विजवादीवर्चस्वको विरोध पनिदबाउनु हो। भारतलाई हिन्दू राष्ट्र बनाउने संघ र भाजपाको अजेन्डा नयाँ होइनर यसलाई लागू गर्न पूरै शक्ति लगाइएको छ। वर्तमान राष्ट्रपति र प्रधानमन्त्री संघका स्वयंसेवकहुन्।लोकसभामा प्रचण्ड बहुमत र राज्यसभामाप्राविधिकबहुमतप्राप्त छ। यस्तो अवस्थामाभाजपाआफ्नो सपना सकार पार्न विलम्ब गर्न चाहँदैन। यसैका लागिभाजपाले अनुच्छेद ३७० व ३५ ए पास गर्‍यो। नागरिकता संशोधनबिल २०१९ पास गर्‍यो। यसको एउटै उद्देश्य भारतलाई सवर्ण–पुरुष वर्चस्ववाला ‘हिन्दू राष्ट्र’ बनाउने हो।

अम्बेडकरी तथाबहुजन अध्येता

 

 

प्रकाशित: १३ पुस २०७६ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App