२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

डिएनए जाँचका चुनौती र शक्ति

सम्पूर्ण जीवको अस्तित्वको आधार आणुवांशिक पदार्थ ‘डिएनए’ हो। प्रत्येक जीवमा आआफ्नै किसिमको डिएनए हुन्छन्। मानिस, भ्यागुतो, चराका आणुवांशिक पदार्थ फरक फरक हुन्छ। डिएनएको अध्ययनले अभूर्त आणुवांशिक पदार्थ कुन प्राणीको हो भनी सहजै पहिचान गर्न सकिन्छ। आणुवांशिक पदार्थ लामो धागोका रूपमा रहन्छ। डिएनए निर्माणमा केवल ४ किसिमका एकाइ प्रयोग भएका हुन्छन् जसलाई ‘न्युक्तियोटाइडस’ भनिन्छ। चार रड्गको दानाहरू प्रयोग गरेर भिन्नभिन्न व्यक्तिले लामो माला बुन्दा तयार भएका लुड्ग निकै फरक फरक भएझैँ केवल ४ न्युक्लियोटाइड्स प्रयोग भएर बनेका भए पनि भिन्न भिन्न जन्तुका डिएनएका त्यान्द्रा धेरै फरक देखिनु अन्यथा भएन। मानिसको डिएनए झण्डै ४ अरबको संख्यामा रहेका न्युक्लियोटाइडसको नियोजित बनोट हो भने ब्याक्टेरिया आणुवांशिक पदार्थमा केबल ४० लाख एकाइ हुन्छन्। न्युक्लियोटाइडको संख्या र तिनीहरू कुन क्रमले बसेका छन् उक्त सिलसिलाको अध्ययनले फलानो डिएनए कुन जीवको हो भनी एकिन गर्ने हो। 

सन् २०१० मा अमेरिकी वैज्ञानिक क्रेग भेन्टरले ल्याबमै फरक डिएनएमात्र बनाएनन् बरु प्रकृतिले निर्माण गरेभन्दा नवीन सूक्ष्म जीवाणु उत्पत्ति गरे। भगवानले मात्र जीव निर्माण गर्ने होइन, बरु ल्याबमा पनि जन्तु बन्न सक्छ भनी पुष्टि गरे डा. भेन्टरले। तत्कालका लागि प्रयोगशालामा सरल प्रारम्भिक जीव निर्माण भए पनि उक्त अध्ययनले भविष्यमा क्लिष्ट प्राणी विकास गर्नसमेत विज्ञान सफल हुन सक्ने देखियो। संरक्षित चट्टानको उत्खननमार्फत लोप भइसकेको डाइनासोरको डिएनएको बनोट ठम्याउन विज्ञान सफल भएको अवस्थामा ल्याबमै फेरि डाइनासोर बनाउन नसकिएला भन्ने केही छैन। 

श्याम वर्णका अफ्रिकी, श्वेत युरोपियन अनि नेपाली नागरिकको अध्ययन गर्दा उनीहरूको डिएनएको बनोट ९९.९९ प्रतिशत समान हुन्छ। अथवा ०.०१ प्रतिशत डिएनएको ढाँचामा आउने भिन्नताका कारण नै संसारका प्रत्यक मानिस फरक फरक देखिन्छन्। झण्डै ४ अरब न्युक्लियोटाइडले बनेको मानव डिएनएमा आउने त्यति सानो अनुपातको फरकले त्यत्रो ठूलो मानवीय विविधता ल्याउनुले डिएनएको ढाँचा कति महत्वपूर्ण छ भन्ने प्रष्ट देखियो। 

कुनै पनि मानिसको डिएनए उसको विशेष पहिचान हो। औँठा छाप जस्तै आणुवांशिक पदार्थ व्यक्तिको हुलिया हो। प्रत्येक व्यक्तिको डिएनएको बनोट फरक फरक हुन्छ।

सन्तानोत्पत्तिका क्रममा बच्चामा आमा र बुबा दुवैतर्फबाट डिएनए आएका हुन्छन्। अथवा सन्तानको आणुवांशिक पदार्थ अभिभावकहरूको डिएनएको समिश्रण हो। तसर्थ, सन्तानको डिएनए पिता/माताको आणुवांशिक पदार्थसँग तुलनायोग्य हुन्छ। त्यसो नभएको अवस्थामा उक्त बच्चा ती दम्पतीको सन्तान होइन भनी एकिन गर्न सकिन्छ। कदाचित बच्चाको आणुवांशिक पदार्थको ढाँचा आमासँग मात्र तुलनायोग्य देखिए दाबी गरिएको बाबु उक्त सन्तानको अभिभावक नभएको ठोकुवा गर्न सकिन्छ। जैविक रियाक्सनका कारण एकै माता/पिताका सन्तानका डिएनए ठ्याक्कै एक हुन नसके पनि दाजुभाइ/दिदीबहिनीका आणुवांशिक पदार्थको स्वरूप धेरै हदसम्म समान देखिनैपर्छ। तसर्थ, एकै माता÷पिताका सन्तान सहजै एकिन गर्न सकिन्छ। वयस्क भएर अंशबन्डाको अदालती कारबाही हुँदा कदाचित सन्ततिको डिएनए परीक्षण गर्न आदेश गरी न्यायोचित परिणाम नआए त्यसले कस्तो सामाजिक संस्कार स्थापना गर्ला ? त्यो भने आफ्नो ठाउँमा छ। जे भए पनि आधुनिक विज्ञानले माता÷पिता तथा सन्ततिको पहिचान सतप्रतिशत एकिनका साथ निक्र्याेल गर्न सक्छ। 

झण्डै १ सय अमेरिकी डलर खर्चिएर ‘एनसेस्टरी डिएनए किट’ सहजै बजारमा किन्न सकिन्छ। डिएनए प्रविधिमा आधारित उक्त साधन प्रयोग गरेर आफ्ना पुर्खा कुन इलाकाबाट स्थानान्तरण भए भन्ने कुरा ठम्याउन सकिने र भैगोलिक दूरीमा रहेका आफ्ना निकटस्थ नातेदार को को हुन् भनेर एकिन गर्न सकिने भएकाले मानिसको उक्त किटप्रतिको आकर्षण निकै बढेको देखियो। अन्यत्रलाई आफ्ना ठान्दै आएका हकमा त्यही यन्त्रको प्रयोगमार्पmत परिणाम विपरित गएको पनि देखियो। त्यसै क्रममा ‘टाइम’ को गतांकमा ड्यानी सपिरोले कसरी एनसेस्टरी डिएनए किटको प्रयोगमार्फत आफूले ‘जुविस’ धर्माबलम्बी ठान्दै आएको बाबु यथार्थमा आफ्नो साख्य पिता नभएको पत्ता लगाइन्। त्यसको बेलिविस्तार लगाइन् उक्त लेखमा। र, त्यसै सन्दर्भमा लेखिएको आफ्नो पुस्तक यसै महिना प्रकाशित हुनेसमेत बताउन भ्याइन् उनले।  

उपरोलिखित तथ्याड्कले डिएनएको सूक्ष्म अध्ययनले आफ्ना निकटस्थ नातेदारमात्र ठम्याउने होइन, बरु आफ्ना पूर्वज कताबाट आए भनेरसमेत एकिन गर्न सकिने देखियो। हिमालमा बस्ने शेर्पाहरू त्यहीँका रैथाने हुन् अथवा उनीहरूका पुर्खाहरू संसारको कुन कुनाबाट त्यहाँ आएर बसोबास गर्न थाले त्यसको ठम्याइ गर्न पनि आणुवांशिक पदार्थको अध्ययनले मद्दत गर्ने देखियो। 

घटनास्थलबाट प्राप्त भएका वस्तुबाट डिएनए निकाल्नुपर्ने हुन्छ। त्यसरी प्रशोधन गरिएको डिएनए थोरै मात्रामा हुने भएकाले दस्तावेजको फोटोकपी गरेझैँ ‘पोलिमिरेज चेन रियाक्सन (पिसिआर)’ प्रयोग गरी आणुवांशिक पदार्थको धेरै कपी बनाइन्छ। कदाचित स्वाबमा निर्मलाका कोषहरू अत्यधिक अनि नगन्य मात्रामा संदिग्ध व्यक्तिको बीर्य भएको अवस्थामा कपी गरिएका डिएनएमा अभियुक्तको आणुवांशिक पदार्थ नगन्य हुन्छ।

कुनै पनि मानिसको डिएनए उसको विशेष पहिचान हो। औँठा छाप जस्तै आणुवांशिक पदार्थ व्यक्तिको हुलिया हो। प्रत्येक व्यक्तिको डिएनएको बनोट फरक फरक हुन्छ। आधुनिक विज्ञानले ‘डिएनए सिक्बेन्सिड्ग’ प्रविधिमार्फत मानिसमा रहेका ४ अरब न्युक्लियोटाइड्सहरू कुन व्यक्तिमा कसरी बसेको छ त्यसको खोटखोट पहिल्याउन सक्ने भएपछि कुन डिएनए कुन मानिसको हो भनी एकिन गर्न कठिन रहेन। डिएनए विधिको प्रयोगमार्फत अपराधमा संलग्न व्यक्ति ठोकुवा गर्न सकिने भएकाले सभ्रान्त मुलुकले डिएनए टेस्टलाई अभियुक्त पहिचानको एक विश्वासिलो माध्यम मान्दै आएको दशकाैँ भयो। नेपालले समेत उक्त विधि अंगालेको लामै समय भयो। तर कञ्चनपुरकी  निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको घटनामा संदिग्ध व्यक्तिहरूलाई प्रहरीले लटलटमा पक्रँदै उनीहरूको डिएनए नमिलेको भन्दै छाडेपछि सर्वसाधारणमा डिएनए टेस्ट भनेको के रहेछ भनी कौतुहलता हुनु अन्यथा भएन। र, उक्त विधिको चर्चा सान्दर्भिक देखियो। 

फोरेन्सिक साइन्सले अपराधमा संलग्न व्यक्ति जतिसुकै चलाख भए पनि बारदात स्थलमा उसले आफ्नो निसानी छोड्छ भन्छ। घटनास्थलमा भेटिएका सबै स्रोत महत्वपूर्ण भए पनि डिएनए व्यक्तिको अकाट्य निसानी भएकाले घटनास्थलमा भेटिएका मानव कोषलाई सबैभन्दा ठोस प्रमाण मानिन्छ। शरीरका सबै कोषका डिएनए एकै नासको हुने भएकाले बारदातस्थलमा मानिसको कुनै पनि भागको कोस भेटिए पनि अपराधीसम्म पुग्न सहजै सकिने हो। त्यसैले बारदात स्थलमा प्राप्त भएका रगत, कपाल, बीर्यलगायतका वस्तुलाई उच्च प्राथमिकताका साथ संरक्षण गर्नुपर्ने हुन्छ। तर छापामा सार्वजनिक भएका खबरलाई आधार मान्दा अनुसन्धानमा संलग्न हुनुपर्ने निकायले निर्मलाको हत्या भएको स्थानबाट प्रमाण मेटाएको देखियो। यद्यपि प्रमाणका रूपमा ‘भेजिनल स्वाब’ भने सुरक्षित गरेको दाबी आयो। प्रमाण मेटाउनेमा संलग्न भएको सुरक्षा निकायले पीडितको स्वाब निकाल्यो होला भन्ने आधार देखिन्न। त्यसमाथि बलात्कार गर्दा अभियुक्तले सुरक्षा कबज प्रयोग गरेको भए अभियुक्तको बीर्य उक्त भेजिनल स्वाबमा पाउने सम्भावना रहन्न। हजाराैँको संख्यामा रहेका निर्मलाका कोषको तुलनामा कदाचित एकाधवटा अभियुक्तको सेल उक्त स्याम्पलमा रहे पनि डिएनए ठम्याएर अपराधी पक्रन त्यति सहज देखिन्न। अब कमर्सियल हिसाबमा डिएनए टेस्ट कसरी गरिन्छ त्यता हेरौँ। 

सर्वप्रथम, घटनास्थलबाट प्राप्त भएका वस्तुबाट डिएनए निकाल्नुपर्ने हुन्छ। त्यसरी प्रशोधन गरिएको डिएनए थोरै मात्रामा हुने भएकाले दस्तावेजको फोटोकपी गरेझै ‘पोलिमिरेज चेन रियाक्सन (पिसिआर)’ प्रयोग गरी आणुवांशिक पदार्थको धेरै कपी बनाइन्छ। कदाचित स्वाबमा निर्मलाका कोषहरू अत्यधिक अनि नगन्य मात्रामा संदिग्ध व्यक्तिको बीर्य भएको अवस्थामा कपी गरिएका डिएनएमा अभियुक्तको आणुवांशिक पदार्थ नगन्य हुन्छ। नेपालमा फरक प्रविधि प्रयोग गरेको भए बेग्ले कुरा अन्यथा पिसिआरले बनाउने डिएनएको कपीमा निर्मलाको डिएनएको मात्रा अत्यधिक हुन्छ। कुनै पनि मिसिनको थ्रेसोल्ड सीमित हुने भएकाले त्यस्तो अवस्थामा डिएनए परीक्षण गर्ने उपकरण जतिसुकै आधुनिक भए पनि परिणाम नकारात्मक नै आउँछ। अनि अभियुक्तलाई पक्रन असम्भव हुन्छ।

संदिग्घ व्यक्तिहरूमध्ये कसैको पनि डिएनए भेजाइनल स्वाबसँग म्याच नखाएका कारण नमुना नै नक्कली हो कि भनी निर्मलाको आमाको रगत प्रयोगशालामा लगिएको खबर सार्वजनिक भयो। कदाचित, जाँचमा उक्त स्वाब सक्कली देखिए पनि त्यहाँ पुरुषको डिएनए उल्लेख्य मात्रामा छ कि छैन त्यसको ठम्याइ महत्वपूर्ण हुन्छ। पुरुष र महिलाका सेक्स क्रोमोजोम फरक हुने भएकाले उक्त परीक्षण सहजै गर्न सकिन्छ। कदाचित भेजाइनल स्वाबमा पुरुषको जिन न्यायोचित मात्रामा नभएको पाइए डिएनए टेस्ट गर्नुको कुनै महत्व हुँदैन। समय खेर फाल्नुमात्र हो। 

अर्को कुरा, हजारौँ अपराधी उम्किए पनि निर्दोष व्यक्ति झ्यालखान पर्नुहुँदैन भन्ने क्रिमिनल जस्टिस सिस्टमको मुख्य मर्म हो। कुनै व्यक्तिको आणुवांशिक तत्व कदाचित निर्मलाको भेजाइनल स्वाबमा रहेको डिएनएसँग मिल्न गएमा त्यसमा थप अनुसन्धान गरिनु जरुरी हुन्छ। फोरेन्सिक साइन्समा डिएनए ठम्याउन प्रयोग गरिने एउटा मार्करले पोजेटिभ रिजल्ट दिनेबित्तिकै उक्त पुरुषलाई अभियुक्त किटानी गर्न हतार गर्नुहुँदैन। दाजुभाइ तथा नजिकको नातेदारको एक/दुईवटा डिएनए मार्कर समान हुन सक्ने भएकाले दाजुले गरेको अपराधको भागीदार भाइ हुने अवस्था नआउला भन्ने हुँदैन। उक्त कहालिलाग्दो अवस्था नआओस् भन्नका लागि उपलब्ध सबै अनि कदाचित सकिएन भने पनि कम्तीमा दशवटा मार्करको उपभोग गरेर अपराधी ठम्याउनु उचित हुन्छ। साथै, पूरा जिन सिक्विन्स गर्नसमेत धेरै समय र खर्च नलाग्ने भएकाले आवश्यक परे त्यसो गरेर वास्तविक अपराधी पहिल्याउन समेत पछि पर्नुहुँदैन। 

डिएनए टेस्टबिना नै पञ्चायतकालमा निकै चुनौतीपूर्ण मानिएको पदम ठकुराठी गोली काण्डको सफलपूर्वक अनुसन्धान गरी अपराधीलाई कठघरामा पु-याउन सफल प्रहरी संगठन लोकतन्त्रको आगमनपछि राजनीतिक चलखेलका कारण भुत्ते भएको होइन भने निर्मलाको हत्यारा पत्ता लगाउन कठिन देखिन्न। डिएनए टेस्ट अपराधीसम्म पुग्ने फोरेन्सिक साइन्सको एक सहायक विधिमात्र भएकाले त्यसैलाई सर्बेसर्बा ठानी अनुसन्धान नै हुँदैन कि भन्ने हीनता त्याग्न जरुरी देखियो।  

प्रकाशित: १ माघ २०७५ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App