३ मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

पश्चिमी हावाभन्दा पूर्वी हावा तेजिलो

थोमस होङ विङ पोलिङ
हिजोआज पश्चिमा विश्व निराशाजनक र हतोत्साहित बनाउने अलमलको समय सामना गरिरहेको छ । तर बाँकी विश्व, विशेषतः चीनको अवस्था भिन्न छ।

लामो समयदेखि प्रभुत्वशाली बन्दै आएको पश्चिमा साम्राज्यको शक्ति र प्रभाव क्रमशः क्षीण बन्दै गएको देखिँदैछ । पश्चिमा विश्वसँगै उसको शिकारी नवउदारवादी विश्व बन्दोबस्त पनि शक्तिहीन बन्दै गइरहेको छ । आफ्नै घरमा आज पश्चिमा साम्राज्यलाई चुनौती दिन आउने कुनै समाजवाद होइन, न त १ प्रतिशतको होइन ९९ प्रतिशतको हित गर्नुपर्छ भन्ने मानवीय भावना नै हो । ती आन्दोलनका उभारहरू आए र गए।

आजको परिस्थितिमा उदाएको नयाँ उदयीमान चुनौती भनेको दक्षिणपन्थी राष्ट्रवाद हो । यो राष्ट्रवाद आक्रामक, कुरूप र क्रुर हुने गर्छ । दक्षिणपन्थी राष्ट्रवाद विदेशी विरोधी, महिला विरोधी, आफ्नो नभएका सबैका विरोधी हुन्छन् । नवउदार व्यवस्थामा आफ्नो भन्ने सबै गुमाएका आक्रोशित गरिब जनताको भावनामा घियु थप्दा दक्षिणपन्थी राष्ट्रवाद मौलाउने अवस्था बनेको हो।

पछिल्ला केही वर्षमा जातीय घृणाको भावना पश्चिमा विश्वमा अचाक्ली विस्तार भएको छ । ब्रेक्सिट र अमेरिका, इटाली र अस्ट्रेयादेखि हंगेरी, पोल्यान्ड र आज ब्राजिलसम्म आएका चुनावी परिणाम पश्चिमा विश्वमा बढ्दो जातीय घृणाको प्रमाण हो । नवउदारवादका बलिया नायिका एन्जेला मार्केल पनि डुब्न लागेका घाम जतिकै बनेकी छिन् । आज सुनिने ‘अमेरिका प्रथम’को नारा इतिहासमा सुनिएको ‘सबैभन्दा माथि जर्मनी’को प्रतिध्वनि प्रतीत हुने गर्छ।

पश्चिमा संसार गहिरो संकटमा फस्दै गएको छ भने अन्यत्रको कथा अलि बेग्लै छ । विशेषतः एसियामा आशा र उत्साहको हावा चलिरहेको छ । आफ्नो गतिशील संकेन्द्रको अक्षांशमा सबैलाई आकर्षित गर्दै गएको चीनले संसारकै आर्थिक वृद्धिको नेतृत्व गरिरहेको छ । मानव जातिको अध्ययन र उपलब्धिका धेरै क्षेत्रमा चीनले पश्चिमा जगत्लाई उछिनिसकेको छ वा प्रतिस्पर्धा गरिरहेको छ।

हिजोआज पश्चिमा विश्व निराशाजनक र हतोत्साहित बनाउने अलमलको समय सामना गरिरहेको छ, तर बाँकी विश्व, विशेषतः चीनको अवस्था भिन्न छ।

सबैभन्दा महत्वपूर्ण कुरा त– एसियाले आज जति पनि उपलब्धि हासिल गरेको छ, सबै पछिल्ला झन्डै सात दशकको अन्तरालमा हासिल गरेको हो । त्यसका निम्ति त्यहाँ कुनै विनाशकारी विचारधाराको द्वन्द्व भएन । जबकि आधुनिक समयमा पश्चिमा संसारले त्यसका निम्ति लामो विनाशकारी समयको सामना गर्नुपरेको थियो । सारमा एसियालीहरूले दोस्रो विश्वयुद्ध पछिको युगमा कुनै पनि वाद जस्तै, पुँजीवाद, समाजवाद, फासीवाद, प्रजातान्त्रिक उदारवाद आदिको स्याल हइयाँ गरेनन्।

एसियालीहरू काम र कामको परिणामप्रति बढी चासो राख्छन् । कुनै हल्लाबाजी रोमान्टिक आदर्शको पछि लाग्ने गर्दैनन् । यो मान्यताको सबैभन्दा राम्रो उदाहरण त चीनमा सुधारका प्रमुख वास्तुकार तङ स्याओपिङ नै हुन् । उनले नै संसारकै सबभन्दा ठूलो देशलाई अतिवादको मृत्युशैय्याबाट नवीन महानताको यात्रामा पुनर्जीवन दिएका थिए।

तङले चिनियाँ र एसियालीसँग पहिले नै भएको सूत्रलाई आफ्नो सबभन्दा प्रसिद्ध नीति बनाएका थिए । त्यो नीतिलाई डिएनए पनि भनिएको छ । ‘समाजवाद, बजार नियन्त्रित व्यवस्था वा प्रजातान्त्रिक प्रणाली, जस्तोसुकै राजनीतिक व्यवस्था (बिरालो) किन नहोस्, मुख्य कुरा बिरालोले मुसा मार्छ कि मार्दैन भन्ने हो । बिरालोले मुसा मार्छ भने त्यो उत्तम बिरालो हो।’

तङ प्रतिबद्ध माक्र्सवादी थिए । उनी ९९ प्रतिशत चिनियाँ जनताको हितका पक्षपाती थिए । आफ्नो देशलाई बलियो र समृद्ध बनाउन चाहन्थे । उनले चीनको हितका लागि कम्युनिस्टको नाममा रहेका केही कोरा सिद्धान्तवादलाई ठीक ठाउ“मा ल्याउने काम गरे । उनले चीनको सन्दर्भमा असान्दर्भिक पक्षलाई छेउ लगाएर चीनकै आफ्नै परम्पराबाट सिकेर चिनियाँ परिस्थितिमा लागू गर्ने काम गरे । उनको त्यही नीतिले जादुमय परिणाम ल्यायो । तङले भनेको चिनियाँ विशेषतासहितको समाजवादको खास अर्थ त्यही हो । त्यसैभित्र अन्तर्निहित छ– उनको महानता।

व्यवहारवादबाहेक आधुनिक एसियामा प्रगतिका लागि अर्को महान् शक्ति भनेको राष्ट्रवाद हो । पश्चिमा विश्वमा राष्ट्रवाद अस्वीकृत भयो । पश्चिमा विश्वको इतिहास अध्ययन गर्दा त्यहाँ राष्ट्रवाद किन अस्वीकृत भयो भन्ने कारण बुझ्न सकिन्छ । राष्ट्रवादबीचको द्वन्द्वकै कारण युरोपमा असङ्ख्य युद्ध र हत्या भए । दुईवटा विश्वयुद्ध भोग्नुपर्यो । दुईवटा विश्वयुद्धहरू मूलतः युरोपेली राष्ट्रहरूबीचको पश्चिमा गृहयुद्धहरू थिए।

पश्चिमा विश्वबाहेक संसारमा अन्यत्रको अवस्था त्यस्तो होइन । पश्चिमा साम्राज्यवादले उपनिवेश वा अर्धउपनिवेश कायम गरेका देशका जनता स्वाभाविक रूपमा आफ्नो पहिचान पुनःस्थापना गर्ने प्रयासमा राष्ट्रवादी बन्ने गर्छन् । आफू को हो र के हो भन्ने कुरा नबुझेको मानिससँग न कुनै दिशा हुन्छ, न कुनै भविष्य नै । राष्ट्रवादको जगमा पत्ता लगाइएको पहिचान नै राष्ट्रिय मुक्ति आन्दोलनको पहिलो आधारभूत कदम थियो।

त्यसकारण एसिया, अफ्रिका, मध्यपूर्व र ल्याटिन अमेरिकाका सबै महान् नेताहरू राष्ट्रवादी थिए– आङ सान, जवाहरलाल नेहरु, महात्मा गान्धी, सन यात सेन, माओ त्से तुङ, गमाल अब्देल नास्सेर, क्वामे एनक्रुमा, फिडेल क्यास्ट्रो आदि । कम्तीमा एसियाली नेताहरू आफ्नो उद्देश्य प्राप्तिका लागि कुन विचारधारा अंगीकार गर्ने भन्ने विषयमा कम मात्र टाउको दुखाउ“छन् । अधिकांश देशमा माक्र्सवाद उनीहरूका लागि उपयुक्त सैद्धान्तिक साधन बन्यो । केही देशमा पु“जीवाद (वादका अरु धेरै रूप भएको झोला) उपयुक्त बन्यो।

सबैभन्दा महत्वपूर्ण कुरा त– एसियाले आज जति पनि उपलब्धि हासिल गरेको छ, सबै पछिल्ला झन्डै सात दशकको अन्तरालमा हासिल गरेको हो । त्यसका निम्ति त्यहाँ कुनै विनाशकारी विचारधाराको द्वन्द्व भएन । जबकि आधुनिक समयमा पश्चिमा संसारले त्यसका निम्ति लामो विनाशकारी समयको सामना गर्नुपरेको थियो । सारमा एसियालीहरूले दोस्रो विश्वयुद्धपछिको युगमा कुनै पनि वाद जस्तै, पुँजीवाद, समाजवाद, फासीवाद, प्रजातान्त्रिक उदारवाद आदिको स्याल हइयाँ गरेनन्।

ती महान् व्यक्तित्वका विरासत र भावनाले आज पनि एसियाको बहुआयामिकता र प्रगतिलाई ऊर्जा दिइरहेको छ । अङ्ग्रेजी भाषाका पाठकले यस्तो विषयमा कमै मात्र पढ्ने वा सुन्ने गर्छन् किनभने मूलधारका मिडिया एसियामा राष्ट्रवादले खेल्दै आएको भूमिकाबारे कमै मात्र जानकारी प्रकाशन गर्ने गर्छन् । स्वाभाविक रूपमा एसियाका राष्ट्रवादहरूबीच कहिलेकाहीँ आपसमा प्रतिस्पर्धा हुने गर्छ । त्यस्ता प्रतिस्पर्धाको परिणाम युद्ध नहोस् भनी कसरी व्यवस्थापन गर्ने हो, यो भने चुनौतीको विषय हो।

जहाँसम्म चीनको कुरा छ, त्यो देश कुनै युगान्तकारी लक्ष्यमा संलग्न छ । ‘चिनियाँ मोडल’ भनेको समाजवाद र पुँजीवादको विशिष्ट मिसावट हो जसमा चीनका आफ्नै कन्फुसियसवाद, बुद्ध दर्शन र ताओवादी दर्शन पनि समावेश गरिएका छन्।

अन्तर्राष्ट्रिय रूपमा पेकिङबाट सुरु भएको बेल्ट एन्ड रोड कार्यक्रम सिंगो युरेसियाली भूगोल जोड्न ल्याइएको संसारको इतिहासकै सबभन्दा ठूलो विकास परियोजना हो । अफ्रिका पनि यो कार्यक्रमको हिस्सा बन्दैछ । कसरी भिन्न–भिन्न संस्कृति र मूल्यमान्यता बोकेका राष्ट्रहरू आपसी हितका लागि सँगै बसेर काम गर्न सक्छन् भन्ने कुराको सजीव उदाहरण यो परियोजना बन्नेछ । एक्काइसौँ शताब्दीमा शान्तिपूर्ण, समृद्ध र दिगो भविष्यका लागि मानव जातिको सबभन्दा बलियो आशाको केन्द्र नै यो परियोजना बन्नेछ।

पश्चिम अस्ताइरहेको र पूर्व उदाइरहेको समयमा जसले अन्तर्राष्ट्रिय परिस्थितिलाई पश्चिमको आँखा र पश्चिमा मापदण्ड अनुसार मात्र विश्लेषण गर्छ, उसले समयको पदचाप पहिल्याउन सकेको हुनेछैन । एक्काइसौँ शताब्दीमा अरू कुनै पनि समयमा भन्दा बढी बहुराष्ट्रिय र बहुसा“स्कृतिक अवधारणाको खाँचो छ।

(लेखक अन्तर्राष्ट्रिय साप्ताहिक एसिया विक (अङ्ग्रेजी)का पूर्ववरिष्ठ सम्पादक र चिनियाँ भाषाको याचाओ चाओकान पत्रिकाका संस्थापक सम्पादक हुन् । स्रोतः ग्लोबल टाइम्स, नेपाली अनुवादः नीरज लवजू)

प्रकाशित: २ मंसिर २०७५ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App