२९ असार २०७७ सोमबार
विचार

नेताजी! भो, भाषण पुग्यो

केही महिना अगाडि एक प्रदेशका सांसदहरूबाट ‘प्रदेशको स्वास्थ्य : समस्या र समाधान’बारेकेही बोलिदिन आग्रह गर्नुभयो। जलपान चियापान समेतको व्यवस्था थियो। ८ः३० बजे हुने कार्यक्रम झन्डै नौ बजे सुरु भयो। मलाई ९ः२० बजेदेखि ९ः४० सम्म बोल्नका लागि भनिएको थियो। तर १०ः१५ बजेसम्म नेताजीहरूले आफैँ बोल्नुभयो । “उहाँहरूले विशेषज्ञहरूको कुरा सुन्न बोलाउनुभएको हो कि नेताहरूको लामो लामो भाषण सुन्न बोलाउनु भएको हो?”भनेर संयोजकलाई मैले प्रश्न गरेँ।

“कार्यक्रमको सुरुवातमा नेताजीहरूले बोल्ने कुनै कार्यक्रम थिएन, तर धेरै सासंद र बुद्धिजीवीहरूको उपस्थिति देखेर नेताजीहरूले आफ्नो विशेषज्ञता देखाउन लोभ लाग्यो होला,”संयोजकले मलिन अनुहार लगाएर भने,“बोल्दा बोल्दा समय अति नै बढी भयो।”

अनि मैले आफ्नो अर्को कार्यक्रम भएकाले र नेताजीहरूको व्यर्थको भाषण सुन्ने कुनै जरुरत नभएकाले मेरो कार्यपत्र प्रस्तुत नगरेर र नेताजीलाई एउटा सानो चिठी लेखेर मुख्यमन्त्रीलाई दिनुस्भनेर म हिँड्न खाजेँ । संयोजकले “होइन अब तपाईं बोल्नुपर्छ” भनेर समय दिए ।मलाई दिक्क लाग्यो।

पूर्वगृहमन्त्रीले झन्डै ४०–५० मिनेट भाषण गर्नुभयो । उहाँहरूकोभाषण विद्वताले भरिपूर्ण थियो । तर समयको ख्याल नगर्नेहरूले कसरी नयाँ प्रदेशको बारेमा कुरा गर्ने होला? प्रायः नेताजीहरूलेभाषणमा आफ्नो चुनावको बेलामा बोल्ने कुरा बोल्नुभयो, “प्रदेशलाई सुनको डल्लो बनाउनुपर्छ।”

तर त्यो डल्लो बनाउने विशेषज्ञहरूको सम्पूर्ण समय नेताजीहरूले लिइदिनु भएपछि विशेषज्ञहरूलाई विचार प्रकटगर्न समय कम हुने भयो भन्ने विचार नगर्ने कामभयो? नेताजीहरूले एउटै कुरा “नेताजीहरूले आफ्नो प्रदेशमा बिजुली पु-याउनुप-यो, ठोस योजना गर्नुप-यो,” भनेर बारम्बार दोहो-याएर बोल्नुभयो।

“अस्पताल र सडक बनाउनुपर्छ, हामीकहाँ चुनौती छ, अब यसरी समाधान गरौँ” भनेर नेताजीले भाषण गर्दा मलाई लागिरहेको थियो, सबै कुरा नेताजीलाई नै थाहा रहेछ, किन विशेषज्ञलाई बोलाउनु प-यो?

नेताजीको भाषणपछि संयोजकले मलाई बोल्ने मौका दिए । मैले सुरुमै भनेँ,“नेताजीहरूले नयाँ प्रदेश बनाउने भनेर बोल्नुहुन्छ । ढर्रा चाहिँ पुरानै छ। होटेलमा दिएको बिहानको खाजामा समेत नेपालीपन छैन । सुरुवातमा नै खाजा राख्दा स्वस्थ, सस्तो र तपाईंको अन्नबाट बनेको प्रदेशमा पाइने खाजा राखेको भए पो मौलिकता जोगिन्थ्यो। नेताजीले हाम्रो प्रदेशमा जनताको स्वास्थ्य राम्रो राख्न अस्पताल र प्रयोग रगत परीक्षण गर्ने व्यवस्था राम्रो हुनुपर्छ भन्नु भएको थियो। राम्रो स्वास्थ्यकेवल अस्पताल, औषधि र डाक्टरले गर्दा मात्र हुने होइन, सफा पानी, पौष्टिक र स्थानीय खाना चाहिन्छ । अब स्वास्थको बारेमा नयाँ तरिकाले विचार गर्नुस् । धेरैजसो औषधि नेपालमै बनाउन सकिन्छ । बाहिरबाट ल्याउन पर्दैन।”

मलाई दिएको समय सकिन लाग्दा मैले भनेँ,“अनि केवल आधुनिक औषधि होइन, परम्परागत ज्ञानलाई पनि आदर गर्नुपर्छ । विशेषज्ञहरूको भनाइ सुन्न होटेलमा होइन, आफ्नै प्रदेशमा बोलाउनुहोस्, हामी आफैँ आउन सक्छौँ ।”मेरो बोलीले नेतालाई केही चित्त दुखेपनि, मलाई लाग्यो,मैले नबोले कसले बोल्ने?

पाँचतारे होटेलमा विदेशी खाना दिएर प्रदेशको मौलिक खानाको बारेमा छलफल गर्नुको के अर्थ भयो र? नेताजीहरूले धेरै मान खोज्न भएन भनेर कसैले सलाह दिएको छ कि छैन ?कुनै ठाउँमा जाँदा धेरै मान्छे जम्मा गराएर २०–२५ किलोको माला लगाएर भाषण गर्ने बानी त छोडनु भए नै बेस हुन्थ्यो नि नेताजी!

नेताजी आउनुभन्दा अघि ४–५ दिन अफिसमा काम ठप्प हुन्छ, स्वागतका लागि। के नेताजीलाई एक घन्टाको स्वागतले पुग्दैन? यस्तो स्वागत खानुभन्दा त बरु नेपालीहरूले समुदायमा गएर स्कुल, स्वास्थ्यचौकीमा शौचालयको व्यवस्था छ कि छैन भनेर हेरे हुन्थ्यो। नेताजीले स्कुलमा शौचालय बनाउनुपर्छ भने भाषण दिएपछि प्रायः स्कुलमा शौचालय त बन्छ, तर पानी चाहिँ हुन्न। अनि स्वास्थ्य?

स्वास्थ्यचौकीमा पनि शौचालय सफा राखौँ भनेर बोर्ड त झुन्डिएको हुन्छ। तर त्यहाँको शौचालय नै फोहोर हुन्छ। लामालामा माला लगाएर भाषण दिनुको सट्टामा नेताजीले साँच्ची नै काम गरे त विकास चाँडै हुन्थ्यो होला। नेताजी आफैँसफागर्न जाने काम चाहिँ नगर्नु होला, स्कुल र स्वास्थ्यचौकीमा त सफाइ कर्मचारी नै हुन्छन् नि!

प्रकाशित: २७ जेष्ठ २०७५ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App