१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

कहिलेसम्म कर्णालीको खाद्यान्न समस्या?

कर्णाली भन्नेबित्तिकै सबैले सहजरूपमा वुुझ्ने भनेको भोग, रोग, अशिक्षा र अभाव  हो ।यातायातको असुविधा, विद्यालय तथा अस्पतालको कमी, उद्योगधन्दा र व्यापार÷व्यवसायको कमी, रोजगारी र आयआर्जनका अवसरको अभाव र जीवनयापन कष्टकर रहने कुुरा सबैमा जगजाहेर छ । हालसम्मको अति विकट र विकासमा पछाडि परेको साविक कर्णाली अञ्चलका पाँच जिल्ला हुम्ला, जुम्ला, कालिकोट, डोल्पा र मुुगुुको बाहिर आएको तत्थ्याङ्कले पनि यही कुुरा देखाउँछ ।
योसँगै कर्णालीबासीमा पछिल्लो समय देखिएको परनिर्भरतातर्फ कसैको ध्यान जान सकेको छैन । यो कुरालाई राम्रो ख्याल गर्ने हो भने पनि कर्णालीको खाद्यान्न समस्या समधान गर्न सहज हुने कुरामा द्विविधा छैन । मानव शरीरका लागि आवश्यक पर्ने पौष्टिक तŒवयुुक्त अन्नबाली कर्णालीभरि उत्पादन हुन्छ तर यो अन्न प्रयोगभन्दा बाहिरबाट आयातित चामल बढी प्रयोग गर्ने भइसकेका छन् कर्णालीवासी । त्यसैले त बेलाबेलामा आउने गरेको छ– कर्णालीमा भोकमरीको खबर ।खासमा कर्णालीमा यो समस्या केही वर्षअगाडिसम्म थिएन । आज भने छ । तर अब भोलिका दिनमा नहोस् भन्नेतर्फ सबैको ध्यान जानुु आवश्यक छ ।
मुुलुुकको कुल भूभागको १५ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली क्षेत्रमा खेतीयोग्य जमिन न्यून छ ।तर पनि यहाँ उत्पादन हुनेअन्नवाली मानव शरीरका लागि यति उपयोगी छन् कि त्यसको प्रयोगले पौष्टिक तŒवयुुक्तखानेकुरा खोज्न अन्त जानैपर्दैन ।कर्णालीमा खाद्यान्नको समस्या भनेकैउत्पादित अन्नबालीको परम्परागत प्रयोग हो भन्दा अन्यथा नहोला । जस्तो फापरको लकर, चिनो तथा कागुुनोको भात, गहुुँको रोटी,जौ तथा उवाको रोटी, कोदोको रोटी, आलुुको तिहुुन, सिमीको कोलका रूपमा मात्र प्रयोग हुुँदै आएको छ । यसको परिकार वनाउनेतर्फ ध्यान जाने सकेको छैन । जबकि कर्णालीमा उत्पादन भएका अन्नवाट काठमाडौँका तारे होटेलहरूमा बन्ने परिकार र त्यसको बिक्रीबाटप्राप्त हुने मूल्यतर्फ ध्यान दिँदा पनि सवै कुरा स्पष्ट हुन्छ । अर्को युुरोप तथा पश्चिमा देशमा आलुुको परिकारबाट मात्र पनि सहज जीवन निर्वाह भइरहेको छ र उनीहरूको समृृद्धि कता पुुगेको छ भन्ने उदाहरणसहित चेतना जोगाउनुु पनि जरुरी छ ।
कर्णालीमा उत्पाादन हुने सवै प्रकारका अन्नबालीको परिकार वनाएर कर्णालीबासीलाई खाने बानी बसाल्नुु अबको आवश्यकता हो । यसले धेरै हदसम्म त्यहाँको खाद्य समस्या समधान गर्न सहयोग पुुग्ने निश्चित छ । कर्णालीमा पाइने अन्न बालीमा मानव शरीरका लागि आवश्यक पर्ने प्रोटिन र कार्बोहाइड्रेट, चिल्लो, मिनरल,इनर्जी, क्याल्सियम र आइरनलगायत भिटामिन प्रशस्त हुने भएकाले पनि यसको महŒव पृथक छ । यो कुुरा कर्णालीमा हिजो जे थियो, आज पनि त्यही छ । यसमा झन् तत्कालीनरूपमा राहतमुुखी वितरणका कार्यक्रमहरूले खाद्यान्न तथा नगद दिनाले चामलमुुखी बनाएर परनिर्भरताबढाएको छ । अर्थात चामलको समस्या देखियो भने कर्णालीमा भोकमरी समस्या भयो भनेर बढी चर्चा गरिन्छ । अब यी कुुरालाई स्थानीय सरकारले चिरफार गर्दै स्थानीय उत्पादनको महŒव र उपयोगिताबारे चेतना फैलाउनेमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।
मुलुकको कुुल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान एक प्रतिशत छ । कर्णाली क्षेत्र वास्तवमै विकासमा पछाडि पर्नुपर्ने क्षेत्र होइन । कर्णालीमा मात्र एक हजार चार सय प्रजातिका जुडीबुुटी पाइने अनुमान छ । अहिले पन आम्दानीको मुख्य स्रोत बनेको जडीबुुटीलाई व्यावसायिक खेती गरेर आयआर्जन बढाउन सकिन्छ । अर्को कर्णालीमा प्रशस्त संभावना भएको स्याउ÷ओखर खेती हो । कर्णालीमा फल्ने स्याउ दक्षिण एसियाकै स्वादिष्ट मानिन्छ । अहिले पनि नेपालले भने विदेशबाट स्याउ निर्यात गर्दै आएको छ । यस्तो अवस्थामा कर्णाली स्याउलाई बजारीकरण गर्न सकियो भने पनि यसले कर्णाली क्षेत्रको काँचुली फेर्न सक्छ ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App